20100119

"लाखौंको बलिदानी दिएर भए पनि अझै अर्को १० वर्ष लड्न माओवादी तयारछ" : प्रचण्ड


एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिका लागि लाखौंको बलिदानी दिएर भए पनि अझै लड्न तयार रहेको बताउनुभएको छ। जनताकै मुक्तिका लागि विगत १० वर्षम्म लडेर दशौं हजार नेपाली जनताले बलिदानी दिएको प्रसंग कोट्याउँदै प्रचण्डले अझै अर्को १० वर्षलड्न माओवादी सक्षम रहेको बताउनुभयो। राष्ट्रव्यापी जनजागरण अभियानका क्रममा सोमबार एकीकृत नेकपा (माओवादी) सल्यानले सदरमुकाम खलंगामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार विदेशीहरूको रिमोट कन्ट्रोलबाट सञ्चालित भइरहेको आरोप लगाउँदै राष्ट्रवादी शक्तिहरूको नेतृत्व आफूहरूले गरिरहेको दाबीसमेत गर्नुभयो। संसद्वादीहरूले भनेजस्तो.......
उनीहरूले माओवादीलाई जंगलबाट ल्याएको नभई संसद्वादीहरूलाई माओवादीले शान्तिप्रक्रियामा ल्याएको र गणतन्त्र माओवादीको आफ्नो उपलब्धि भएको प्रचण्डको दाबी थियो। सुगौली सन्धिदेखि देश अर्ध-उपनिवेशमा रहेको विश्लेषण गर्दै प्रचण्डले सीमा अतिक्रमण, असमान सन्धि, व्यापार असन्तुलन र सांस्कृतिक हस्तक्षेप भारतीय हेपाहा प्रवृत्तिको नमुना भएको टिप्पणी गर्नुभयो।

उहाँले भर्खरै भएको भारतीय विदेशमन्त्रीसँगको भेटमा भारत, नेपाल र चीनबीच नयाँ सम्झौता हुनुपर्ने कुरा राखेको बताउँदै माओवादीले उठाएको राष्ट्रिय स्वाधीनताको मुद्दामा एकजुट हुन सबैसँग आग्रह गर्नुभयो। उहाँले नेपाली सेना र प्रहरीप्रति लक्षित गर्दै राष्ट्रघातीहरूको आदेश मान्ने कि राष्ट्रवादीको पक्षमा लाग्ने निर्णय गर्नुपर्ने बेला आएको बताउनुभयो। माओवादीविरुद्ध नेपाली सेनालाई उक्साउने भारतीय विस्तारवादी र नेपाली शासकहरूको भाषा एउटै भएको आरोप लगाउँदै प्रचण्डले राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चता कायम नभए ठूलो दुर्घटना हुने चेतावनी दिनुभयो।
आफ्नो सम्बोधनमा एमालेप्रति बढी आक्रामक देखिनुभएका प्रचण्डले एमालेको बहुदलीय जनवाद र माओवादीको एक्काइसौं शताब्दीको जनवादको तुलना गर्दै माओवादी अग्रगमन र परिवर्तनको पक्षमा रहेको र एमाले विर्सजनवादमा पतन भएको आरोप लगाउनुभयो।

1 comment:

  1. aba ten years ladna vaneko ajhae janata marne ho kyaho prachanda ji.marnus ajhae hajarau janata.janata lae bali dina janmeko rahechas aafno chora chori ko secure chadae cha janata ta ho ni takne.mar ajhae mar goli gattha timi haru sanga cha.j gare pani vaego ni,,,,,,,,,,,,,,,

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक