20100102

अमेरिका नेपाल चौपारी को आयोजनामा भर्जिनिया चेन्टिलीमा अङ्रेजी नयाँ बर्ष २०१० को उपलक्ष्यमा भब्य नेपाली कार्यक्रम सम्पन्न



अरु थप् फोटो हरु, भिडियोहरु र समाचार का लागि यस् को ठीक तल Read More >> मा क्लिक गर्नुस्...........


अमेरिका नेपाल चौपारी च्याण्टिलीको आयोजनामा सेण्टरभीलको एक सामुदायिक हलमा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा गीत नृत्य एवम् रात्रीभोजको आयोजना गरियो । रामचन्द्र भट्टराईले संयोजन गर्नु भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाली वाङमयका विशिष्ट व्यक्तित्व कृष्णप्रसाद पराजुली हुनुहुन्थ्यो । कार्यक्रममा राम वस्याल गिरिश पोखरेल राम खरेल सागर कणेल पद्मराज पोखरेल गोविन्द गिरी प्रेरणा खेम भट्टचन लगायतले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा अम्विका पोखरेलले कविता प्रस्तुत गर्नु भएको थियो भने वाल प्रतिभा स्नेहा ज्ञवालीको नृत्य सुजाता भट्टराई ईन्दु पोखरेल तथा सुशान्त भट्टराईको नृत्य एवम् रामप्रसाद खनालका गीतले मनोरंजन प्रदान गरेका थिए ।
शुरुमा खेम सँग्रौलाले राष्ट्रिय गीत प्रस्तुत गर्नु भएको थियो भने अरु गीत र नृत्यहरु पनि प्रस्तुत भएका थिए । त्यसैगरी दोहोरी गीतको प्रस्तुतिले वातावरणलाई नेपालमय तुल्याएको थियो भने अन्तमा डिजे समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सवैलाई थरिथरिका परिकारले तथा पेयले स्वागत गरिएको थियो । कार्यक्रममा सहभागी भएका सवै उमेर समुहका भीड देख्दा अव यस्ता कार्यक्रमका लागि ठूलै हल लिनु पर्ने आवश्यकताको अनुभव हुन्थ्यो । - VPK news





















 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 


 
 
 

 
 
 
 
 
 
 
 


 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 


 
 
 
 
 
 
 
 
 
 





 
 
 

 

New Year 2010 in Centreville from dcnepaltv on Vimeo.
All Photos by Nepalmother.com But only Second one photo by Girish Pokhrel/Nepalipost

1 comment:

  1. PRESIDENT JI,
    YOU ARE ABSOLUTELY WRONG.PERHAPS YOU DID NOT KNOW WHO WAS THE ORGANIZER.you can not say mr.......is the only person making this program possible. pls Apologize for that and get your words back. ok.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक