20100101

लोकगायक प्रेमराजा महतलाई अवैतनिक महावाणिाज्यदूत नियुक्त गरेको उपलक्षमा तनहुँ अमेरिका समाजद्वारा स्वागत


वाल्टिमोर/ नेपाल सरकारले लोकगायक प्रेमराजा महतलाई पेन्सिलभेनिया तथा मेरिल्याण्डका लागि अवैतनिक महावाणिाज्यदूत नियुक्त गरेको उपलक्षमा तनहुँ अमेरिका समाजले टाउसन पुस्तकालयको सभाकक्षमा एक स्वागत अभिवादन कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रमलाई सम्वोधन गर्दै श्री महतले आफूले सारँगी वोक्दै नेपाली संस्कृतिको पहिचान वोकेर ४० राज्य घुमिसकेको उल्लेख गर्दै नेपाली संस्कृतिको माध्यमवाट नेपालीकोपहिचान आफूले गर्दै जाने वताउनु भयो । उहाँले भन्नुभयो यो पद मेरो लागि मात्र नभएर साँस्कृतिक राजधानी.......



 
 
वाल्टिमोरका लागि हो अतः नेपाल सरकारले अपेक्षा गरेका कुरा सवै मिलेर पूरा गरौं ।
कार्यक्रमको शुरुमा समाजका महासचिव कृष्णजीवि पन्तले स्वागत अभिवादन गर्नु भएको थियो भने विभन्न संघसंस्थाका तर्फवाट तथा व्यक्तिगत तर्फवाट वानाका अध्यक्ष रविना थापा एलायन्स फर डेमोक्रेसी वाल्टिमोरका रिसभ खरेल ह्यूरोन यूएसएका किरण पन्त तमु समाजका तर्फवाट हितमान गुरुँग वाल्टिमोर सिटी कम्युनिटी कलेजका अन्तरराष्ट्रिय विद्यार्थी शाखाका विलियम हग अनेसास वाल्टिमोरका एचवी भण्डारी म्याग्दी समाजका पारसमणि श्रेष्ठ नाजाका मनोज अधिकारी चित्रा केसी पासापुच अमेरिकायका लक्ष्मण प्रधान डा। श्याम केसी कृष घिमिरे नासोका पदम विश्वकर्मा कलाकार करिष्मा मानन्धर गणेश मलेगो विजय श्रेष्ठ नारायण थापा एएनएसका अध्यक्ष खेम भट्टचन लगायतले श्री महतलाई वधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
तनहुँ अमेरिका समाजका अध्यक्ष पर्ल रेग्मीको अध्यक्षतामा भएको सो कार्यकैममा अध्यक्ष श्री रेग्मीले श्री महतलाई ढाकाको टोपी लगाएर स्वागत गर्नु भएको थियो भने विभिन्न संघसंस्था व्यक्तिहरुले फूलको गुच्छाले स्वागत गर्नु भएको थियो ।
समाजका सदस्य दीपक घिमिरेले धन्यवाद ज्ञापन गर्नु भएको सो समारोहको संचालन राजन त्रिपाठीले गर्नु भएको थियो । कार्यक्रममा डिसी मेरिल्याण्ड भर्जिनियाका विविध क्षेत्रका उल्लेख्य व्यक्तिहरुको उपस्थिति रहेको थियो


कुमार बस्नेत, प्रेमराजा महत र म, हामी तीन जना सँगै बसेर...
लोक सम्राट कुमार बस्नेत दाई, अमेरिकामा रहेका मेरा अर्का अभिन्न मित्र लोक गायक एबम महा-बाणिज्यदुत प्रेमराजा महत र म हामी तीन जना आज सँगै बसेर देस र संस्कृतिको बिषयमा मन्थन गरियो, मन्थनको केही भाग मात्र भिडियोमा तल हेर्नुस् ...

Kumar Basnet, Ram Prasad Khanal and Prem Raja Mahat talking about Their Field, in USA, Part -1 from Ram Prasad Khanal on Vimeo.






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक