20091227

अमेरिकामा फेरी अर्का नेपाली सुरेन्द्र डंगोलको निर्ममता पूर्वक हत्या, हत्यारा फरार !

छ जना भुटानी नेपालीहरुमाथि आक्रमण गरी लुटपाट


अमेरिकाको बोस्टनस्थित जमैका प्लेन भन्ने ठाउँमा  शनिबार दिउँसो करिब ३ बजे एक अपराधिको गोलीबाट नेपाल साँखु घर भएका सुरेन्द्र डंगोल, वर्ष ४० को मृत्यु भएको छ ।स्थानीय टेडेस्की नामक फूड स्टोरमा कार्यरत डंगोललाई अपराधीले छातीमा गोली हानेको थियो ।अपराधीले डंगोलले काम गर्ने स्टोरको क्यास रजिस्टरबाट पैसा लुटेको छन् ।पाकिस्थानीमूलका व्यक्तिद्धारा संचालित उक्त स्टोरमा डंगोल गत सातादेखि मात्र काम शुरु गरेको कुरा बोस्टनबाट मिलन कार्कीले गराउनुभएको छ । डंगोलको शबलाई हाल अनुसन्धानका लागि स्थानीय ब्रिङहाममा महिला अस्पतालमा राखिएको र अनुसन्धान प्रक्रिया पूरा गर्न झै तीन दिन लाग्ने स्थानीय प्रहरीले.........
जनाएको छ । यसअघि हाइट पार्कमा सोही कम्पनी अन्तर्गतको फूड स्टोरमा काम गर्दै आएका डंगोल विगत तीन वर्षदेखि अमेरिकाको बोस्टनमै बसोबास गर्दै आएका थिए । गत दशैंमा मात्र नेपाल पुगेर दशैं मनाएर आएका डंगोलका श्रीमती र एक ९ वर्षकी छोरी हाल काठमाडौंस्थित बालाजुमा रहँदै आएका र परिवार पनि अमेरिका आउने प्रक्रियामा रहेको थाहा भएको छ ।स्थानीय प्रहरीले अपराधीको पहिचानका लागि अनुसन्धान शुरु गरेको छ ।
                 नेपालबाट अमेरिका स्थानान्तर गरिएका कोलोराडो राज्यको पूर्वी डेनभर क्षेत्रमा बसोबास गर्दै आएका छ जना भुटानीहरु स्थानीय अपराधिक समुहको आक्रमणबाट घाइते बनेका छन् । गत डिसेम्बर ११ तारिख डेनभर नगरमा सार्वजनिक बस चढ्ने क्रममा छ जनाको समुहमा हिडिरहेका भुटानी नेपालीहरुमाथि स्थानीय अफ्रीकीमूलका पाँच छ जनाको समुहमा आएका अपराधिहरुले आक्रमण गरी लुटपाट गर्दै भागेका थिए । आक्रमणमा परेका केही भुटानी नेपालीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि समेत भर्ना गर्नुपरेको थियो । स्थानीय प्रहरी-प्रशासनले अपराधिहरुको पहिचान गर्न खोजिरहेको भए पनि अहिलेसम्म कुनै अपराधी पक्राउ परेका छैनन् । अपराधीहरुले बसमा चढेदेखि नै पछ्याउँदै बसबाट ओर्लेपछि लुटपाट गरेका थिए ।

निम्न आय भएका परिवार बसोबास गर्ने बासस्थानमा राखिएका भुटानी नेपालीहरुको सुरक्षा प्रबन्धका लागि यसघटनापछि स्थानीय प्रहरी-प्रशासनले समेत सहयोग गरेको छ । सुरक्षासमक्ष उजुरी गर्न सजिलो होस भन्दै ५० वटा भन्दा बढी मोवाइल फोन वितरण गरेको छ भने उनीहरुलाई सुरक्षाका उपायका बारेमा समेत शिक्षा तथा तालिम दिन शुरु गरिएको छ । यस घटनापछि स्थानीय प्रशासनले सार्वजनिक बसमा समेत अपराधीहरु पत्ता लगाउन सजिलो होस् भन्ने उद्देश्यले क्यामरा जडान गर्ने भएको छ । हाल नेपालको पूर्वी झापामा रहेका भूटानी शरणार्थीहरुमध्ये ३ सयभन्दा बढीको परिवार कोलोराडोस्थित डेनभरमा रहँदै आएका छन् ।
छ महिनाअघि पनि एक जना भुटानी नेपालीलाई कामबाट फर्कदैं गर्दा साँझ लुटपाट गरेर मरणासन्न हुनेगरी पिटेर बाटोबाट तल फ्याँकिएको अवस्थामा भोलिपल्ट विहान फेला परेका थिए । -नेपाली पोष्ट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक