20091231

हार्दिक मंगलमय शुभकामना...................!

अङ्रेजी सम्बत् २०१० को उपलक्ष्यमा तपाईं र तपाईंको परिवार जन सबैमा हार्दिक मंगलमय शुभकामना...................

- रामप्रसाद खनाल - अध्यक्ष्य,अन्तरराष्ट्रिय कलाकार मँच,अमेरिका
प्रधान सम्पादक - नेपाल मदर डट कम
http://www.ramprasadkhanal.blogspot.com
www.youtube.com/rampdkhanal
http://www.iafusa.blogspot.com
http://www.nepalmother.com
Email : rampdkhanal@gmail.com

चन्द्रकोट क्याम्पसलाई अमेरिकावासीको सहयोग
विभिन्न अवस्था र परिस्थितिबाट आफ्नो समाज र देशबाट टाढा रहन परे पनि मातृभूमिको स्नेहबाट ओतप्रोत भएका अमेरिकामा बस्दै आएका नेपालीहरुले शिक्षा, स्वास्थ्य एवं मानवीय कार्यको क्षेत्रमा....
नेपाली माटोमा बहुमूल्य योगदान पुर्‍याउँदै आएका छन्। यसै सर्न्दर्भमा गुल्मीको चन्द्रकोट सेरोफेरोबाट अमेरिकामा बसोबास गर्दै आएका सकृय व्यक्तिहरुको संस्था ‘चन्द्रकोट सेवा समितको सक्रियतामा र अन्य ठाउँ बाट बसोबास गर्दै आयक नेपालीहरुले गुल्मी जिल्लाको शान्तिपुरमा निर्माणाधीन चन्द्रकोट क्याम्पसका लागि आवश्यक पर्ने फर्निचरका लागि ३४ सय ३५ डलर (अन्दाजी २ लाख ५० हजार नेपाली रुपैया) प्रदान गरिएको छ। रकम सहयोग गर्ने महानुभावहरुमा चन्द्रकान्त शर्मा (१४ सय डलर), रुपा अमृता राना (५ सय ५ डलर), राजेश थापा (५ सय १ डलर), हरि थापा (खत्री) (२ सय डलर), सुन्दर थापा (१ सय १५ डलर), परशुराम खरेल (१ सय ५ डलर) र राजेश खत्रीबाट (१ सय १ डलर) रहनु भएको छ। यस्तै तुलसीराम गैरेबाट (१ सय डलर), धनञ्जयनरसिंह केसी, भक्तबहादुर थापा, आमोद पोखरेल, रविन्द्र र्राई, राम श्रेष्ठ, अशोक गौतम, हरिहर दाहाल र छत्र श्रीस थापाबाट जनही ५१ डलर सहयोग प्राप्त भएको समितिले जनाएको छ। रकम प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई चन्द्रकोट सेवा समितिले हार्दिक धन्यवाद दिएको छ। अमेरिकाको टेक्सास राज्यमा निजी व्यापार सञ्चालन गरिरहनु भएका समाजसेवा चन्द्रकान्त शर्माको अध्यक्षता एवं अमृता रानाको सक्रियतामा चन्द्रकोट सेवा समिति, अमेरिका गठन गरिएको छ । समितिका सदस्यहरुमा अमृता अल्डरमेन राना, तुलसीराम गैरे, परशुराम खरेल, हरि थापा (क्षेत्री), लालमणि बराल, सुन्दर थापा, रुपा राना, छत्र श्रीस थापा, सुमन श्रेष्ठ, डम्मर थापा, श्रीराम थापा, राजेश खत्री र राजेश थापा रहनु भएको छ । समितिले अन्य इच्छुक महानुभावहरुलाई पनि हार्दिक आमन्त्रण गरेको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक