20091231

माओवादी विरुद्ध कांग्रेस-एमालेले संयुक्त रूपमा प्रतिवाद र जनपरिचालन गर्ने

नेपाली कांग्रेस र नेकपा (एमाले) ले शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन समयमा संविधान निर्माणका लागि दबाब दिन तथा नागरिक सर्वोच्चताको माग गर्दै आन्दोलनमा उत्रिएको एकीकृत नेकपा (माओवादी) को नीति र कार्यको जनस्तरसम्म संयुक्त रूपमा प्रतिवाद गर्न जनपरिचालन गर्ने निर्णयगरेका छन्। राजनीतिक दलहरूको निष्त्रियताका कारण शान्ति प्रक्रिया र संविधान निर्माण ओझेलमा पर्दै गएको तथा माओवादीले आफना एजेन्डालाई जनस्तरसम्म पुर्याए पनि सत्तामा रहेका नेपाली कांग्रेस र एमालेले प्रतिवाद गर्न नसक्दा माओवादी एजेन्डाहरू स्थापित हुँदै गएको भन्दै ती दुइ पार्टी अब केन्द्रदेखि...
जनस्तरसम्म जनपरिचालन गर्ने भएका हुन्। माओवादीविरुद्धको रणनीति तय गर्न लगातार बस्दै आएको दुइ दलको बुधबारको बैठकले माओवादीको प्रतिवादका लागि बृहद् जनपरिचालन गर्ने निर्णयगरेको कांग्रेस महामन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो।

बैठकमा माओवादीले सत्ताबाट बाहिरिएपछि पनि राजनीतिक रूपमा धेरै फाइदा प्राप्त गरेको दुवै दलका नेताहरूले विश्लेषण गरेका थिए। आन्दोलनमार्फ माओवादीले आफना निष्त्रिmय कार्यकर्तालाई सक्रिय बनाएको र सुविधामुखी हुँदै गएको नेतृत्व एवम् कार्यकर्ताहरूलाई पार्टीाममा खटाएर राजनीतिक फाइदा गरेको विश्लेषण नेताहरूले गरेका छन्। नेपाली कांग्रेस र एमालेका नेता-कार्यकर्ताहरू भने सरकारलाई चाकडी गर्न वा गाली गर्न तथा झगडा गर्न केन्द्रमा नै व्यस्त रहेका बेला माओवादीचाहिँ जनस्तरमा गएर संगठन विस्तारमा लागेको निष्कर्षपनि बैठकमा निकालिएको छ।

सत्तासाझेदार दलहरूले राष्ट्रपतिको कदम ठीक र माओवादी कदम गलत भएको विश्लेषण जनतासामु नगर्दा नै जनतामा राष्ट्रपतिले गरेको कार्य गलत हो कि भन्ने अवस्था देखिएका समेत बैठकमा ठहर गरिएको छ।

शान्ति र संविधान निर्माणका लागि दबाब दिन पनि यो जनपरिचालन कार्यक्रम प्रभावकारी हुने एमाले नेता केशव बडालले बताउनुभयो। माओवादी लडाकूहरूको समायोजन तथा पुनःस्थापनाबिना शान्ति सम्भव नभएकाले पनि जनपरिचालनमार्फ दबाब सिर्जना गरिने बडालले बताउनुभयो।

बैठकमा दुवै दलका नेताहरूले दुइ महिनाभित्र माओवादी लडाकूहरूको समायोजन तथा पुनःस्थापनाका लागि कार्य अगाडि बढाउन सरकारलाई दबाब दिने सहमति पनि भएको छ। माओवादी लडाकूहरूको समायोजन तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा रहेको विशेष समितिलाई तुरुन्त कार्ययोजना बनाई समितिमा टेबल गरी प्रक्रिया अगाडि बढाउन पनि सुझाव दिएको छ। बैठकले प्रशासनिक कार्य सरकारले तीव्रताका साथ अगाडि बढाउनुपर्ने तथा राजनीतिक दलहरूले जनमत सिर्जना गरी सरकारका कामलाई सहयोग पुर्याउनुपर्ने निष्कर्षपनि निकालेको छ।

संयुक्त बैठकले माओवादीको प्रतिवाद गर्नका लागि साझा अवधारपणा पनि तयार गर्ने भएको छ।

तरुणहरूको प्रदर्शन
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बुधबार राजधानीमा माओवादी ज्यादतीविरुद्ध प्रदर्शन गर्यो। माइतीघरबाट शुरू भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै पार्टीहामन्त्री विमलेन्द्र निधिले माओवादी क्रमशः अपराधी र हत्याराहरूको जत्थामा परिणत हुँदै गएकाले त्यसको दलहरूले सशक्त प्रतिवाद गर्नुपर्ने बताउनुभयो। उहाँले माओवादी जनताको मतको आधार तथा संसद् र विधिको बाटो छोडेर भारतलाई चाकडी गरेर र रिझाएर सत्तामा जाने दाउमा रहेको आरोप लगाउनुभयो। कार्यक्रममा तरुण दलका अध्यक्ष महेन्द्र यादव, सभासद् गगन थापालगायतले सम्बोधन गर्नुभएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक