20091231

चीन प्रधानमन्त्री माधवकुमार नेपालको सरकारकै निरन्तरताको पक्षमा रे !!!


 चीनले प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा शान्ति प्रक्रिया र्सार्थक निष्कर्षा पुग्ने बताउँदै वर्तमान सरकारकै निरन्तरताको पक्षमा आफू रहेको उल्लेख गरेको छ। त्यस्तै नयाँ संविधान निर्माणका लागि नेपालका सबै दलबीचको सहमति नै आफूलाई मान्य हुने चीनले बताएको छ।  अर्को छिमेकी मुलुक भारतले पनि यही सरकारको निरन्तरताको पक्षमा आफू रहेको बताइरहेका बेला चीनले समेत सोही......
खालको धारणा प्रस्तुत गरेको छ। चिनियाँ राष्ट्रपति हु जिन्ताओले प्रधानमन्त्री नेपालसँग बुधबार भएको भेटमा सो धारणा व्यक्त गर्नुभएको हो। ँतपाईंको नेतृत्वमा नयाँ संविधान निर्माण हुन्छ र शान्ति प्रक्रिया निष्कर्षा पुग्छ भन्नेमा म आशावादी छु’ -राष्ट्रपति हुले प्रधानमन्त्री नेपालसँग बताएको प्रसंग उद्धृत गर्दै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टर्राईले भन्नुभयो। भट्टर्राईका अनुसार नेपालका दलहरूबीच नयाँ संविधान निर्माणका लागि गरिने सबै सहमति चीनलाई मान्य हुनेसमेत राष्ट्रपति हुले बताउनुभएको थियो। प्रधानमन्त्री नेपालले चीनसँगको सम्बन्ध समयानुकूल परिवर्तन गर्न नेपाल इच्छुक रहेको जनाउनुभएको थियो।

चीनले गतवर्षमात्रै नेपालसँगको सम्बन्धलाई परिवर्तन गर्न आफू इच्छुक रहेको भन्दै नेपाल सरकारलाई परिमार्जित शान्ति तथा मैत्री सन्धिको मस्यौदा बुझाइसकेको छ। यद्यपि सो सन्धिका बारेमा हालसम्म नेपाल सरकारले कुनै प्रतिक्रिया दिएको छैन।
डेनमार्कको कोपनहेगनमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी विश्वसम्मेलनका क्रममा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले वर्तमान सरकारको निरन्तरताका पक्षमा चीन रहेको बताउनुभएको थियो। राष्ट्रपति हुसँग प्रधानमन्त्रीले नयाँ संविधान निर्माण, शान्ति प्रक्रिया र आर्थिक क्षेत्रको विकासमा सघाइदिन आग्रह गर्नुभएको थियो। ँनेपालमा शान्ति, स्थायित्व र समृद्धि स्थापना होस् भन्ने म चाहन्छु’ -राष्ट्रपति हुले प्रधानमन्त्री नेपालसँग भन्नुभयो।

त्यस्तै जलस्रोत, पर्यटन, कृषि र पर्ूवाधार विकासमा चीनले सहयोग गर्ने सैद्धान्तिक सहमति जनाएकोप्रति प्रधानमन्त्री नेपालले भेटमा खुसी व्यक्त गर्नुभएको भट्टर्राईले नेपाल समाचारपत्रलाई बताउनुभयो। सीमाक्षेत्रमा सुरक्षा चुस्त राख्ने, तिब्बतविरोधी गतिविधि नियन्त्रण गर्ने, लिंकरोडहरू निर्माण गर्ने, हवाई सर्म्पर्क बढाएर पर्यटन पर््रवर्द्धन गर्ने, कृषिक्षेत्रको विकासमा सहकार्य गर्ने, नेपालको जलविद्युत् क्षेत्रमा चीनले लगानी गर्नेबारेमा हु र प्रधानमन्त्री नेपालबीच कुराकानी भएको थियो।

चीनका लागि नेपाली राजदूत टंक कार्कीले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताउनुभयो। प्रधानमन्त्रीले बुधबारै चिनियाँ जनकंग्रेसका अध्यक्ष उ पङसँग भेट गर्नुभयो। यसअघि मंगलबार प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्री वेनसँग भेट्नुभएको थियो।
चीनले नेपालसँग राजनीतिक तथा व्यापारिक सम्बन्ध अभिवृद्धि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ। प्रधानमन्त्री नेपालको ६ दिने औपचारिक भ्रमणका क्रममा बुधबार जारी संयुक्त प्रेस वक्तव्यमा चीनबाट सो प्रतिबद्धता व्यक्त गरिएको हो।

चीनले नेपालसँग भन्सार शुल्क घटाउने, कृषि विशेषज्ञलाई तालिम दिने र प्रधानमन्त्री नेपालको पहिलो औचपरिक भ्रमणका क्रममा जारी वक्तव्यमा उल्लिखित सहयोग गर्ने प्रस्ताव राखेको छ।

नेपालले ४ सय ९७ वस्तुमा भन्सार शुल्क मिनाहा गरिदिन प्रस्ताव गरेको थियो। सडक यातायात तथा हवाई सर्म्पर्कसम्बन्धी सुधार गर्न र गरिबी न्यूनीकरणका क्षेत्रमा विशेषज्ञता आदानप्रदान गर्न दुवै देश सहमत भएको संयुक्त प्रेस वक्तव्यमा जनाइएको छ।
चिनियाँ पक्षले नेपालमा जलविद्युत् आयोजना निर्माण, भौतिक पर्ूवाधार विकास, स्वास्थ्य, शिक्षा, मानवसंसाधन विकासलगायत अन्य क्षेत्रमा आवश्यक सहयोग र सहायता प्रदान गर्ने भएको छ। वक्तव्यअनुसार नेपालको आर्थिक-सामाजिक विकासका क्षेत्रमा चिनियाँ सहयोग परियोजनाप्रति दुवै देशले प्रसन्नता व्यक्त गरेका छन्।

नेपालको विद्यमान संक्रमणकालीन अवस्थामा लगातार वृद्धि हुँदै गएको चिनियाँ सहयोग नेपाल र नेपाली जनताका पक्षमा उल्लेखनीय रहने विज्ञप्तिमा उल्लेख छ। नेपाल र चीनबीच दिगो मैत्रीमा आधारित विस्तृत सहयोग एवम् साझेदारीका आधारमा द्विपक्षीय सम्बन्ध अझ सुमधुर र घनिष्ठ तुल्याउने निर्णय भएको छ।

विशेष गरी सूचना प्रविधि, व्यापार प्रवर्द्धन, लगानी एवम् आर्थिक सहयोग, यातायात, कृषि, भौतिक पर्ूवाधार निर्माण र गरिबी न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्न दुवै देश प्रतिबद्ध रहेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ। वक्तव्यमा मुलुकका जलविद्युत् परियोजना, भौतिक पूवाधार निर्माण र विशेष आर्थिक क्षेत्र स्थापना गर्न इच्छुक चिनियाँ कम्पनीलाई नेपालका तर्फाट स्वागत गरिएको छ।

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमाक्षेत्रमा आपसी लाभका आधारमा अझ ठूला व्यापारिक केन्द्र बनाउने विषयमा दुवै देश सहमत भएका छन्। नेपालले आफनो भूमिभित्र चीनविरोधी गतिविधि पूर्ण् रूपमा रोक्ने प्रतिबद्धता व्यक्त गर्दै ताइवान र तिब्बत स्वशासित क्षेत्रलाई चीनको अभिन्न एवम् अविभाज्य अंगका रूपमा मान्यता दिने स्पष्ट गरेको बेइजिङमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीसहितको टोली आज बिहीबार स्वदेश फर्किंदै छ।-सन्तोष घिमिरे/NON

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक