20091202

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र भारततर्फ



पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र यही मङ्सिर २१ गते भारततर्फ जानुहुने भएको छ। संविधानसभाले गणतन्त्रमा जाने निर्णय गरेयता उहाँ दोस्रोपटक भारत जान लाग्नुभएको हो। भ्रमणको उद्देश्य राजनीतिक नभई विशुद्ध धार्मिक एवम् सामाजिक हुने सम्बद्ध सूत्रहरूले जनाएका छन्। सूत्रहरूका अनुसार मङ्सिर २१ गते आइतबार उहाँ भारतको राजधानी नयाँदिल्ली हुँदै उडिसातर्फ जानुहुने कार्यक्रम छ। उडिसामा आफ्नी फुपूको छोराको वैवाहिक समारोहमा भाग लिन उहाँ जान लाग्नुभएको बुझिएको छ। राजा त्रिभुवनकी छोरी भारतीका छोराको आगामी साता विवाहको कार्यक्रम छ। उक्त वैवाहिक समारोहमा भाग लिएपछि 'राजा' ज्ञानेन्द्र राजस्थानतर्फ जानुहुने र राजस्थानमा आफन्त तथा नातेदारहरूसँगको भेटघाटमा केही दिन बिताएपछि उहाँ दिल्ली हुँदै काठमाडौं फर्कनुहुने बताइएको छ। दिल्लीमा उहाँ केही दिन बस्नुहुनेछ या छैन सो निश्चित भइसकेको छैन। त्यहाँ आवश्यक भेटघाटको प्रबन्ध मिलेको अवस्थामा मात्र उहाँ दिल्लीमा रोकिनुहुने बुझिएको छ। फर्कने तिथि
अनिश्चित भए पनि कम्तीमा दुई देखि तीन सातायता उहाँ स्वदेश नफर्कनुहुने बताइन्छ। 'राजा' का साथमा उहाँकी धर्मपत्नी एवम् पूर्वबडामहारानी कोमल तथा निजी सचिव सागरप्रसाद तिमिल्सिना रहनुहुने थाहा भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक