20091218

मुलुकमा जातीय लडाइँ निश्चित , माओवादी जेठसम्म संविधान नबनोस भन्ने पक्षमा


दलका शीर्ष नेता र तिनिहरूले बनाएको वार्ता कार्यदलका प्रयासहरूलाई निरर्थक बनाउँदै माओवादीले मुलुकमा जातीय युद्धको उद्घोष गरेको छ। उसले संविधानसभाको क्षेत्राधिकार, अन्तरिम संविधान र शान्ति सम्झौता विपरित गरेका स्वायत्त जातीय राज्यका घोषणासामु अन्य राजनीतिक दलहरू र राज्य निरिह रहेकाले मुलुकका विभिन्न भौगोलिक इकाइहरूमा जातीय लडाइँ निश्चित भएको हो। संविधान विपरित गरिएको स्वायत्त गणराज्यहरूको घोषणालाई प्रचारात्मक भने पनि उसले यसै मार्फत समानान्तर सत्ताको अभ्यास गर्ने रणनीति अख्तियार गरेको अव छिपेको छैन। विभिन्न जातीहरूको बाक्लो बसोवास भएको क्षेत्रमा आमसभा गरेर त्यस क्षेत्रलाई त्यही जातीको राज्य घोषणा गर्ने माओवादीका पछिल्ला गतिविधिले ती क्षेत्रका अल्पसंख्यक जातीहरू विरोधमा उत्रेका छन्। माओवादीले मनोगत रुपमा राज्यलाई विभिन्न राज्यमा विभाजन गरेको घोषणा गरेपछि विभिन्न जातीय संगठनहरूले घोषित राज्यहरूलाई आफ्नो क्षेत्र घोषणा गर्न थालेका छन्।.....
यसप्रकार एउटै भूगोलमा आ–आफ्नो स्वमित्वका लागि सडकमा सुरु गरिएको अराजकताको अन्तिम परिणति पनि राज्यमा जातीय लडाइँ र मुलुकको विखण्डन नै हो। आफुले चाहे बमोजिम सत्तारोहणको आन्दोलनमा जन सहभागित नभएपछि जातीय संबेदनामा मुलुक भड्काउने रणनीति अन्तर्गत माओवादीले यस्तो कार्यक्रम अगाडी सारेको थियो। संविधानसभामार्फत संविधान घोषणा गर्ने पूर्व निर्धारित मितिसम्म माओवादीले गणराज्य घोषणालाई प्रचारात्मक बताउने र त्यसपछि केन्द्रमा समानान्तर सरकार गठन गरी त्यसैलाई बैधानिकता दिंदै मुलुक कब्जाको रणनीति सफल पार्ने नीति अख्तियार गरेको छ। 'जेठ १४ गतेसम्मै हामी स्वायत्त गणराज्य घोषणा अभियान प्रचारात्मक र राजनीतिक अभियानका रुपमा चलाउँछौं, त्यस पछिको परिस्थिति हेरेर त्यही नै आधिकारिक राज्य पनि हुनेछ' माओवादी स्थायी समितिका एक सदस्यले वताए। त्यसो त स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणराज्य घोषणा सभामा समानान्तर सरकारको नीति अगाडी सार्न सक्ने खुलासा पनि गरेका छन्।
अहिलेसम्म माओवादीले लिम्बुवान, कोचिला, सेती–महाकाली, थारुवान, किरात, शेर्पा, भेरी–कर्णाली तमुवान, मगरात, भोटे–लामा स्वायत्त गणराज्य घोषणा गरिसकेको छ। शनिवार उसले जनकपुरमा मधेश स्वायत्त गणराज्य घोषणाको कार्यक्रम राखेको छ।
। नेवाः गणराज्य घोषणामा गए नेवारको शेर्पामा गए शेर्पाको र अन्य जातीय राज्य घोषणामा गएर तिनीहरूकै पहिरन लगाउने माओवादी अध्यक्ष दाहाल स्वयं बाहुन भए पनि उनले आफ्नो सत्ता आकांक्षा पुरा गर्नका लागि जातीय संबेदना भड्काउने कुनै कसरत बाँकी राखेका छैनन्।
बुधवार राजधानीको नेवाः स्वायत्त राज्य घोषणासभामा अध्यक्ष दाहालले संघीयताविरुद्ध षड्यन्त्र भए अहिले घोषणा गरिएका स्वायत्त गणराज्यले समानान्तर सरकारको रूप लिने वताएका थिए। 'स्वायत्त गणराज्य घोषणा राजनीतिक प्रचार मात्र हो, साँच्चै संघीयता, शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणमा षड्यन्त्र भइरहे यिनै गणराज्य समानान्तर सरकारमा विकसित हुनेछन्,' उनले भनेका थिए।
संविधानसभाको अधिकारमाथि धावा बोलेर माओवादी आफैंले गरेका गणराज्य घोषणामा स्वयं माओवादीका जातीय संगठन भित्र पनि तिब्र विवाद उत्पन्न भएको छ। विवादकै कारण बुधवार तामसालिङ स्वायत्त राज्य घोषणासभाको कार्यक्रम काभ्रेमा आयोजना गरेर पछि नुवाकोट सार्नु परेको थियो। माओवादीले तामाङ बाहुल्यताका ९ जिल्लालाई तामसालिङ स्वायत्त राज्य भन्दै काभ्रेको तिमालमा बुधवार घोषणासभा राखेको थियो। तर, काभ्रेकै बनेपा, धुलिखेल र पनौती नेवार बसोवासको क्षेत्र भएकोले त्यहाँवाट आएको विरोध मत्थर पार्न उसले नुवाकोटमा कार्यक्रमस्थल चयन गरेको थियो। जुन बस्तीमा पुग्यो त्यसैलाई उनीहरूको स्वायत्त राज्यको लालीपप देखाउदै आएकाले माओवादी आफैं भित्र पनि जातीय राजनीतिको जालोमा फस्दै गएको छ।
अहिले जातीय सभामार्फत घोषणा गरिएका गणराज्यहरूलाई आफुले आन्दोलनका नाममा सिर्जना गर्ने अराजकताका लागि जनसहभागिताका आधार बनाउने र आगमाी जेठपछि त्यसैलाई आधार बनाएर राज्यसत्ता कब्जा भएको घोषणा गर्ने तयारी माओवादीले गरेको छ। त्यसै कारण पनि माओवादी जेठसम्म संविधान नबनोस भन्ने पक्षमा देखिएको छ। संविधान निर्माणसँग सम्बन्धित सबै प्रक्रियामा आफैंले अवरोध सिर्जना गर्ने र दलहरूलाई सहमतिको संकेत पनि देखाउदै अल्मल्याउदै जाने त्यसो गर्दा गर्दै जेठ आइपुग्छ र मुलुक संविधान विहीन अवस्थामा पुग्छ। संविधानविहीन अवस्थाको सबै भन्दा धेरै लाभ आफैंलाई हुने उसको विश्लेषण छ।
किन भने सहमतिको कोसिस गर्दा गर्दै थाकेका र तल्ला तहसम्म अराजकताको पहुँच नभएका राजनीतिक दलहरू आफुले बनाएका जातीय राज्य संयन्त्र र अराजकताले सजिलै किच्न सकिन्छ भन्ने उसको बुझाई छ। जेठमा संविधान नबनेपछि आफुले शान्ति सम्झौता मार्फत फिर्ता लिएका समानान्तर राज्य संरचना तत्काल पुरानै अवस्थामा सुदृढ हुने र संविधान बन्न नसकेको दोष कांग्रेस एमालेलाई लगाई सत्ताबिहीन अवस्थामा आफ्नै सत्तालाई नेपालको बैध सत्ता घोषणा गर्ने योजना माओवादीले बनाएको छ।
यसका लागि उसले दलहरूलाई सहमतिको बहानामा अल्मल्याएर थकाईराख्नु पर्ने निश्कर्ष निकालेको हो। दिनहुँजसो सिंहदरवारमा बस्ने तीन दलीय बैठकमा सहमति कायम हुन नसक्नु र माओवादीले आफ्ना कार्यक्रमहरूलाई उत्तेजक हिसावले जारी राख्नुको एक मात्र करण यही रहेको छ। अझ उसले जेठ पछि आफुलाई सत्ता कब्जाको लागि आवश्यक परे मर्न तयार हुने दस्ता चाहिने भएकाले युद्ध संस्कारवाट आफ्नो कार्यकर्ता पंक्तिलाई जग्गा कब्जा गर्ने काम लगाएर अर्जापिरहेको छ र आधारभूत वर्गमा सुकुम्बासीको पक्षमा आफु रहेको भ्रम पनि त्यतिकै दिइरहेको छ। निर्णायक लडाईका वेला मर्न र मार्न तयार हुने दस्ता यस्तै गतिविधिवाट मात्र आर्जन हुने उसको विश्वास छ।

अन्तराष्ट्रिय कलाकार मन्च, पोल्यान्ड शाखा एबम एन आर एन पोल्यान्डको   नेपाली सांस्कृतिक  तथा  भेटघाट कार्यक्रम  २५ डिसेम्बर २००९ 


                  नयाँ बर्ष २०१० को शुभ उपलक्ष्यमा   पोल्यान्ड लगायत देश  बिदेशमा  बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई सुख शान्ती एबम दीर्घायूको  शुभकामना ।

         अन्तरराष्ट्रिय  कलाकार मन्च, पोल्यान्ड शाखाको आयोजना  एबम एन आर एन पोल्यान्डको संलग्नतमा नेपाली भेटघाट कार्यक्रम डिसेम्बर २५ मा हुन गैरहेको जानकारी पोल्यान्ड बस्ने सम्पूर्ण नेपालीहरुलाई गराउन चाहन्छौ । अत पोल्यान्ड बस्ने सम्पूर्ण नेपालीहरुलाई उक्त दिन भेटघाटको  लागि हार्दिक अनुरोध गरिन्छ ।  नेपाली कला संस्कृतिको   अन्तराष्ट्रियकरण गर्नको लागि   उक्त अबसरमा पोल्यान्ड बस्ने नेपाली प्रतिभाहरुका  गीत कबिता नाटक एबम अन्य सन्स्कृतिक कार्यक्रम पनि गरिनेछ साथै नेपाली कलालाई कसरी अन्तराष्ट्रिय रुपमा  बिशेष पहिचान् दिने भन्ने बारेमा छलफल पनि गरिने हुँदा नेपालीहरुले   आफ्नो सुझाब  दिन सक्नुहुनेछ ।  अत   गीत , कविता , नाटक ,  गजल ,नाच जस्ता बिधाहरुमा रुची   राख्नुहुने पोल्यान्ड   बस्ने  नेपालीहरुले निम्न ईमेल  (mlpardey@hotmail.com)मा  संपर्क गरी आफ्नो रुची  दिन पनि सक्नुहुनेछ ।  तपाईंहरुका   प्रतिभाहरुलाई अन्तराष्ट्रिय     कलाकार  मन्च  पोल्यान्डले सक्दो रुपमा अन्तरराष्ट्रियकरण  गर्नमा ठोस् योगदान  पुरयाउनेछ भन्ने कुरामा  हामी आशावादी बनेका छौ । अत: निम्न मिती र स्थानमा उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिन   हुन हार्दिक अनुरोध गरिन्छ ।

                    साथै उक्त अबसरमा  मित्र लाल पार्देद्वारा  लिखित् एकल  नाटक "बरालिएको मन" पनि प्रदर्शन गरिने जानकारी गराउदछौ ।



                                                                                                                                                     मिति डिसेम्बर २५, २००९

स्थान       Aleja krakow'ska 66
            Raszyn

      Pacific restaurant
      Warsawa
समय    दिनको  ठीक ४  बजे

मित्र लाल पार्दे
अध्यक्ष
अन्तराष्ट्रिय कलाकार मन्च.  पोल्यान्ड शाखा
एबम
सचिब एन आर एन पोल्यान्ड

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक