20091231

"नेपालको स्थिति अझ भयाभय हुँदै गएकोछ "

-साहित्यकार निनु चापागाई


नेपालमा साहित्यकारहरुलाई भन्नेबेलामा ”समाजका गहना हुन्” भनेर फुर्काइने तर ती गहनालाई भने थन्काएर राख्ने गरिएको अवस्था रहेको कुरा प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष साहित्यकार निनु चापागाईले बताउनुभयो । पारिवारिक भ्रमणमा क्रममा अमेरिका आइपुग्नुभएका चापागाईले उक्त कुरा वासिंङटन डीसी क्षेत्रका नेपाली साहित्यकारहरुसँग डिसेम्बर ३० तारिख बुधबार साँझ गर्नुभएको भेटमा...
बताउनुभएको हो । विदेशमा बस्ने नेपालीहरुलाई नेपालप्रतिको माया अझ बढी रहेको आफूले पाएको चर्चा गर्दै साहित्यकार चापागाईंले नेपाली साहित्यकारहरुले नेपालको राजनीतिक परिवर्तनमा २०३६ सालदेखि २०४६ साल र पछिल्लो समयमा आएर ज्ञानेन्द्रको मकरतन्त्र फ्याक्ने क्रममा समेत लोकतन्त्रवादी स्रष्टाहरु बैरागी काइँला, आनन्ददेव भट्ट, तुलसी भट्टर्राई र आफ्नो नेतृत्वमा स्थापित भएको लोकतान्त्रिक स्रष्टाहरुको परिवर्तनका लागि साहित्यकारहरु अलि बढी नै एक भएर अगाडि भढेको चर्चा गर्नुभयो ।

राज्यले साहित्यकारहरुलाई अनुत्पादक क्षेत्रका रुपमा विगतदेखि नै हेर्दै आएको प्रति गुनासो गर्दै राज्यका लागि साहित्यकारहरु अनुत्पादक क्षेत्र नभएर साहित्यकारहरु पनि सबैको हित गर्ने वर्गमा पर्ने चापागाईँले बताउनुभयो । नेपाली साहित्यलाई युनान र रोमको साहित्यसँग दाँजेर हेर्न नहुने, त्यसैगरी विश्व साहित्यसँग हाम्रो साहित्यलाई आफू दाँज्ने पक्षमा पनि नरहेको चापागाईंले बताउनुभयो । साहित्यकारहरु लक्ष्मीप्रसाद देवकोटा हुन् वा पारिजात हुन् उनीहरु कसैसँग दाँजिनुभन्दा पनि उनीहरुको आ-आफ्नै स्थान रहेको उहाँले चर्चा गर्नुभयो ।

साहित्यलाई राजनीतिबाट मुक्त राख्ने प्रवृत्ति गंजागोल हो भन्दै माओवादीको जनयुद्धले नेपालको साहित्यमा ठूलो प्रभाव पारेको बताउनुभयो । प्रगतिशील लेखक संघको दुइ दुइ पटक अध्यक्ष भइसक्नुभएका साहित्यकार चापागाईंले नेपालको राजनीतिक अवस्थाको चर्चा गर्दै कतिपय नेपालका संचारमाध्यमहरुले नियोजित रुपमा भ्रामक समाचारहरु पनि प्रवाह गरिरहेकाले यस्ता कुराहरुप्रति नेपाल र नेपालीको माया गर्ने मित्रहरुले बच्नुपर्ने बताउनुभयो ।

विक्रम सम्वत् २०४६ सालपछिका राजनीतिक दलहरु र लोकतन्त्रलाई मान्छौं भन्नेहरु दुवैले निरंकुशता नै लाद्न खोजे भन्दै त्यतिबेला संविधान सभाको विरोध राजाले जति गरे त्यति नै विरोध अन्य आफूलाई लोकतन्त्र मान्छौं भन्नेहरुले पनि गरे तर उनीहरु टिकेनन्, राजालाई फ्याँक्ने कुरामा पनि त्यस्तै भयो उनीहरु टिकेनन् अहिले आएर पनि तिनै दलहरुबाट जवरजस्ती पुरानै प्रथालाई लाद्न खोजिएको बताउँदै माओवादी विरुद्द राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु एक भएर लागेको आरोप पनि चापागाईँले लगाउनुभयो ।

चापागाईँले नेपालको स्थिति यस्तै रहँदै गएमा अझ भयाभय हुँदै गएको र फेरी पनि द्धन्द्धको स्थिति निर्माण भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले सहमति र समझदारीका लागि अगाडि नबढ्नु भनेको द्धन्द्ध र मुलुक पुनः विस्फोटतिर लाग्नु हो भन्नुभयो ।

अन्तर्क्रिया कार्यक्रममा साहित्यकार चापागाईंकी पत्नी तथा त्रिभुवन विश्वविद्यालय सेडाकी सहपुस्तकालयअध्यक्ष इन्दिरा दलीले शुभकामना व्यक्त गर्ने क्रममा प्रवासमा बस्ने नेपालीहरुले राष्ट्र निर्माणका लागि आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँदै आफ्नो अध्ययनका बारेमा समेत चर्चा गर्नुभयो ।

कार्यक्रम नेपाली दूताबासका तर्फबाट प्रथम सचिव आनन्द शर्मा घिमिरेको उपस्थिति रहेको सो अवसरमा हरि भट्टर्राई (पीएचडी), चित्रकृष्ण तिवारी (पीएचडी), होमनाथ सुवेदी, गोविन्द तिमिल्सिना, रामहरि सुवेदी, गोविन्द गिरी प्रेरणा, लेखनाथ भण्डारी, बासु श्रेष्ठ, हेमन्त श्रेष्ठ लगायतले नेपालको साहित्य तथा राजनीतिक स्थितका बारेमा साहित्यकार चापागाईँसँग प्रश्नोत्तर गरेका थिए ।- नेपाली पोष्ट


अमेरिका आइएको छ.... !
- रामप्रसाद खनाल


रहर होइन बाध्यताले,
अमेरिका आइएको छ
ढा“ट्न किन पर्‍यो यहा“
साह्रै दुख पाईएको छ
आप\mनो जन्मभूमी जस्तो
किन हुन्थ्यो पर्राई भूमी
अमेरिका बसे पनि
देश सम्झेर यो मन रुनी

अब देशमा शान्ति होला
भन्दा झन झन गाह्रो भयो
गृहयुद्ध शुरु हुने छा“ट देखिन्छ,
साह्रो भयो
नेपालको पासपोर्ट पनि
बोक्न नपाइने डर
कर्ुर्सर्ीीन्दा मर्ने
हाम्रा नेताहरुको के नै भर

त्यति सानो हाम्रो नेपाल
टुक्रा टुक्रा पार्दैछन् रे
लिम्वुवान खुम्वुवान
भन्दै चिर्दै बा“ड्दै छन् रे
एक भएको नेपाल फुटी
बाइसे चौविस हुने छा“टछ
हाम्रा दाई भाई के भएका
एकले अर्को लार्इर्र्काट्छ

नया“ नेपाल बनाउने
भन्दा भन्दै खाने हुनकी
हिन्दी राष्ट्र भाषा अरे,
विहार तिरै लाने हुनकी
देश विदेश जहा“ भए पनि
सबले सोंच्ने बेला भयो
मातृभूमी नेपालको
छाति माथि झेला भयो

अब सचेत नभएमा
देशै वर्वाद हुने डर
ख्याल गर विदेशमा
पर्राईको के को भर ?

मेरा आसुँ झारे पनि तिम्रो हाँसो देख्न पाउँ.... ......! ..
- रामप्रसाद खनाल


नबिछ्याउ शब्दका जालहरु
तोड मोड गरी घुमाइएका "छल" हरु
मेरो घाइते मुटुमा नरोप भो अरु छुराहरु
सुन्नु छैन मलाई तिम्रा बनावटी र कपट्टी कुराहरु

पहिलो र अन्तिम प्रयास थियौ
नराम्ररी मलाई धोका दियौ
मैले सोंचे तिमी मेरो लायकछौ
अमर प्रेमका लागि बिस्वासिलो "नायक" छौ

तर छुरा रोप्यौ घाइते बनाइ
सम्झायौ "स्त्री जातिको भर हुन्न" भन्ने भनाइ
लाग्छ तिमी ऐस्वर्या नै हौ, तिम्रा रकमी कुरा सुन्दा
नाटक धेरै गर्यौ तिम्ले, थाकिनौ जाल बुन्दा बुन्दा

मैले हारेँ तिम्रो जित भो, जिन्दगी को प्रथम खेलथ्यो
तिमीलाई माया गर्नु मेरो अन्धो प्रेमको भेलथ्यो
बधाई छ तिमीलाई राम्रो नाटक गर्दिरहेछौ
माया अट्ने मुटुमा ढुङ्गा तिमी भर्दिरहेछ्यौ

मेरा आसुँ झारे पनि तिम्रो हाँसो देख्न पाउँ
लौ तिमी ऐस्वर्या नै सहि, नेपाली ऐस्वर्या लेख्न पाउँ
तिम्रो हासो तिम्रो खुशी सधैं मैले देख्न पाउँ ....

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक