20091219

दुइ नेपालीको लखेटी-लखेटी छुरा प्रहार गरी हत्या

यूर्एइको अवुधाबीस्थित बदजायद भन्ने ठाउँमा एक इजिप्टियन नागरिकले दुइ नेपाली कामदारको छुरा प्रहार गरी हत्या गरेका छन्। पुरानो रिसइबीका कारण इजिप्टियनले स्याङ्जाका रेशम कुँवर र पोखरामा अस्थायी रूपमा बस्दै आएका शिव बस्नेतको हत्या गरेको यूर्एइमा कार्यरत तनहुँ अनलाइनका पत्रकार हरि खड्काले जानकारी दिनुभयो। कुँवरलाई बदजायदको अदालतपरिसरमै लखेटी-लखेटी छुरा प्रहार गरी हत्या गरेका थिए। बस्नेतलाई भने उनी बस्दै आएको कोठामा गएर हत्या गरिएको हो। मृतक बस्नेतको स्थायी ठेगाना भने हालसम्म पनि खुल्न सकेको छैन। त्यहाँ कार्यरत पत्रकार खड्काले दिएको जानकारीअनुसार ती दुइ नेपाली त्यहाँ रहेको एडनोक क्लबमा कार्यरत थिए। प्राप्त जानकारीअनुसार ७ महिनाअगाडि कुँवर र अभियुक्त इजिप्टियनबीच झगडा हुँदा कुँवरको एउटा आँखा फुटेको थियो। ......


सो घटनामा इजिप्टियनले ३० हजार दिराम (करिब ६ लाख रुपियाँ) दिने र्सतमा कुँवरलाई अदालतमा मुद्दा दायर नगर्न अनुरोध गरेका थिए। तर कुँवरले कानुनी प्रक्रिया अघि बर्ढाई अभियुक्तलाई कारबाही गर्ने सोचले मुद्दा दायर गरेका थिए। अदालतले इजिप्टियनलाई तीन महिनाको जेल सजायसमेत दिई हालै जेलमुक्त गरेको थियो। जेलमुक्त भएपछि मंगलबार अदालतले पुनः नेपाली र अभियुक्त इजिप्टियनलाई मिलापत्रका लागि अदालत बोलाएको खड्काले जानकारी दिनुभयो। मंगलबार बिहान कम्पनीको आवासगृहमा नेपालीलाई खोज्दै हिँडेका इजिप्टियनले कोठामा एक्लै सुतेका बस्नेतको हत्या गरेका थिए।

नाम उल्लेख नगरिएका अभियुक्त र कुँवरको झगडामा भने बस्नेत संलग्न नभए पनि उनको हत्या गरिएको छ। बस्नेतको हत्यापछि अदालतमा पुगेका अभियुक्तले कुँवरलाई अदालतपरिसरमै छुरा प्रहार गरेको तर घाइते कुँवर भाग्न सफल भए पनि लखेट्दै पुनः छुरा प्रहार गरी हत्या गरेका थिए। नेपालीलाई अदालतपरिसरमै हत्या गरेको सम्बन्धमा परराष्ट्र मन्त्रालयमा जानकारी लिँदा सचिव डा. मदनप्रसाद भट्टर्राईले दुइ नेपालीको हत्या गरिएको अपुष्ट जानकारी आएको बताउनुभयो।  यससम्बन्धमा थप जानकारी लिन यूर्एइस्थित नेपाली राजदूत अर्जुनबहादुर थापासँग सर्म्पर्क राख्दा उहाँसँग भेट हुन सकेन। अभियुक्त इजिप्टियनलाई पक्राउ गरी हाल त्यहाँको केन्द्रीय कारागारमा राखिएको जनाइएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक