20091227

मातृकाको माओवादीले जनमुक्ति सेनाको नाममा पूर्वी क्षेत्रमा नामसाम स्मृति बटालियन निर्माण


मातृका माओवादीले जनमुक्ति सेनाको नाममा पूर्वी क्षेत्रमा नामसाम स्मृति बटालियन निर्माण गरेको छ। मातृका यादवको नेतृत्वमा रहेको माओवादीको किरात लिम्बूवान-खम्बुवान-कोइचवान राज्य समितिले आइतबार धरानमा पत्रकार सम्मेलनमार्फत् सेना सार्वजनिक गरेको हो। किरात लिम्बूवानमा ए, खम्बुवानमा बी र कोइचवानमा सी कम्पनी रहनेगरी संयोगको नेतृत्वमा बटालियन निर्माण भएको माओवादीले जनाएको छ। माओवादीका अनुसार शनिबार धरानमा सम्पन्न भेलाले सो बटालियन निर्माण गरेको हो। “जनमुक्ति सेना जनता, राष्ट र राष्ट्रियताक लागि हो”- केन्द्रीय सदस्य अमरले भने। एक वटालियनमा ६ सय ५० जना सेना तथा कम्पनीमा १ सय ४८ जना सेना रहने उनले बताए। जाली, फटाहा तथा कमिशन, घुसखोरीको पहिचान......
गरिरहेकाले निकट भविष्यमा जनकारबाही सुरु गर्ने अमरले बताए। उनका अनुसार सबै फटाहाको पहिचान भइसकेपछि जनअदालत समेत गठन गरेर जनअनुमोदन गर्दै कारबाही गरिनेछ। “जनअदालत गठनका लागि पनि यो अभियान गरिएको हो”- उनले भने। दाहाल नेतृत्वको समूहले १२ बुँदे समझदारी र शान्तिप्रक्रियाको नाममा जनता र क्रान्तिलाई धोका दिएकाले आफूहरुले जनयुद्ध जारी राखेको उनले जिकिर गरे। “पहिला प्रचण्ड नै जनमुक्ति सेना ब्यारेकमा हुँदैन, हरदम जनताको साथमा हुन्छ भन्थे, अहिले समायोजनको नाममा तिनै जनमुक्ति सेनालाई ब्यारेकमा थन्काइएको छ”, उनले भने- १० वर्षे जनयुद्ध र त्यसको उपलब्धि रक्षाका लागि जनवादी गणतन्त्र नल्याएसम्म जनयुद्ध जारी रहनेछ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक