20091204

माओवादीले सुकुम्बासी उचालेर प्रहरी माथि हमला प्रहरी र अन्य केहीको मृत्‍यु !!!



कैलालीको बलिया गाविसस्थित डुडेझारी वन अतिक्रमण गरी बनाइएका टहरा भत्काउने क्रममा भएको झडपमा केहीको मृत्यु भएको छ। म‌ृत्यु हुनेमा प्रहरी जवान पदम ऐरे पनि छन्। प्रहरीको कारबाहीमा नरेन्द्र बीकको पनि मृत्यु भएको छ। नरेन्द्रको सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको हो भने पदमको मृत्यु वन अतिक्रमणकारीको कुटाइबाट भएको हो। उनीहरुले पदमलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। स्थानीय बासिन्दाले मृतकको संख्या धेरै भएको बताए पनि प्रशासन कार्यालयले त्यस्को पुष्टि गरेको छैन। प्रशासन कार्यालयले दुई जनाको मृत्यु
लाई पुष्टि गरेको छ भने प्रहरी कार्यालय स्रोतले पाँच जनाको मृत्युको प्रारम्भिक अनुमान गरेको छ। अवेर साझ सम्म भएको भिडन्तमा परेर प्रहरीको गोलीले ४ जना वन अतिक्रमणकारी घाइते भएका छन। गोली लागी घाइते भएकालाई लालरत्न अस्पताल लम्की र सेती अञ्चल अस्पतालमा पुर्याइएको छ। दुवै तर्फका घाइतेको सख्या एकिन हुन सकेको छैन । झडपमा ३१ प्रहरी घाइते भएका छन्। प्रहरी तर्फ प्रहरी सहायक निरीक्षक कल्याण सिह महराको बन्चोरोले टाउको चोठ लागेकाले स्थिती चिन्ता जनक छ। अतिक्रमणकारीले प्रहरी जवान एरीको आखा समेत निकालेका छन्। अवेर सम्म प्रहरी र अतिक्रमणकारी दुवै पक्ष अगाडि बढन सकेको थिएनन्। सदनभर दुवै पक्ष बिच ढुङ्गा हनाहान भईरहेको थियो्।

प्रहरीले सयौको सख्यामा अश्रुग्यास र गोली फायर समेत गरेको थियो। प्रहरीले अतिक्रमणकारीबाट समेत गोली चलेको दावी गरेको छ। कैलालस्को बलिया गाबिस ८ र ९मा पर्ने डुडेझाढी जंगलमा दश दिनदेखी हजारौको सख्यामा बिभिन्न ठाउबाट आएकाले वन अतिक्रमण गरि बसेका थिए। वनबाट अतिक्रमणकारी हटाउन शुक्बार बिहान कैलाली र कञ्चनपुरबाट जनपद र शशस्त्र प्रहरीको टोली डुडेझाढी पुगेको थियो। अतिक्रमणकारीलाई हटाउनको लागि ३सय जन पद र ३ सय शशस्त्र प्रहरी परिचालन गरिएको छ। एक सय भन्दा बढी वन रक्षक समेत खटिएका छन।

अतिक्रमण हटाउनको लागि सुरक्षाकर्मी आउने हल्ला चले पछि अतिक्रमणकारीले पूर्व पश्चिम राजमार्गको अत्तरिया देखी चिसापानी सम्मको सडक खण्ड अवरुध गरेकाछन। सुरक्षाकर्मी बाटोको अवरोध हटाउदै दिउसो १ बजे डुडेम्काढी पुगेको थियो।

अतिक्रमणका स्थलमा प्रवेश गर्न नदिनको लागि युवा , महिला लगायतका हजारौको सख्यामा रहेका अतिक्रमणकारीले शुरुमा लाठी लिएर उत्रेका थिए। प्रहरीले शुरुमा लाठी चार्ज गरेपछि उताबाट पनि लाठी र ढङ्गामुढा प्रहरा गरिएको थियो। प्रहरीले लखेटदै प्रहरी अतिक्रमणका दुई बलकमा रहेका करिव ४/५ सय टहराहरु जलाएका थिए। त्यहा ७ बलक बनाएर अतिक्रमण गरिएको थियो। टहराहरु जलाउदै प्रहरी अगाडी बडदै जादा पुन अतिक्रमणकारी एकिकृत हुदै प्रहरीलाई पछाडी धकलेका थिए।

साझ सम्म पनि प्रहरीले अतिक्रमण हटाउन सकेको छैन। त्यहबाट नहटे प्रहरीले फेरी प्रयास गर्ने डिएफओ वावुराम भण्डारीले बताए।
गोली लागेका भीमबहादुर थापा सख्त घाइते छन्। टहरा भत्काउने तथा आगो लगाउने क्रममा घरेलु हतियारद्वारा प्रतिकारपछि सुरक्षाकर्मीले गोली चलाएको बताएको छ। अन्य केही घाइते भए पनि उनीहरुको नाम खुल्न सकेको छैन।
उता अतिक्रमणकारीले नियन्त्रणमा लिएर कुटेका प्रहरी रामबहादुर रावल सख्त घाइते भएका छन्। उनलाई मरणासन्न हुनेगरी कुटपिट गरिएको प्रहरीले जनाएको छ । यसअघि दिउसो उनीहरुले सइ कल्याणसिंह महरालाई बन्चरो प्रहार गरी घाइते बनाएका थिए।
सुरक्षाकर्मी टहरा हटाउन खोज्ने र अतिक्रमणकारीहरु जाइलाग्ने क्रम जारी छ। प्रहरीले करिब ३ सय टहरा हटाइसकेको छ। हटाइएका ठाउँमा बनाउने क्रम पनि जारी छ।यसैबीच सुरक्षाकर्मीले चालेको कदमको विरोध गर्दै माओवादीले धनगढीमा कृषि विकास कार्यालयको वा १ ज ६५५८ नं. को जीप र दुई वटा निजी मोटरसाइकल जलाएका छन्। उनीहरुले धनगढी बजार पनि बन्द गराएका छन्।

माओवादी निर्देशनमा हजारौं अतिक्रमणकारीले र्कैलालीको बलिया गाविसको डुडेझारीमा वन कब्जा गरेका छन्। वन कब्जापछि माओवादीले उनीहरुलाई दैनिक परेड समेत खेलाउन थालेका छन्। कैलालीको वलिया गाविसमा रहेको राष्टिय वनमा अतिक्रमणकारीले गत मंसिर १० गतेदेखि कब्जा गर्न थालेका हुन्। विहीवार साँझसम्म वन कब्जा गर्न आउने सर्वसाधारणको सँख्या २२ हजार आठ सय नाघेको छ। लम्की बजारदेखि चार किलोमिटर पूर्वमा रहेका वनको पाँच सय विघा जग्गाामा अतिक्रमणकारी पाल टाँगेर बसेका छन्। उनीहरुले दैनिक रुख काटेर कप्टेरा बनाउन थालेका छन्। कप्टेरा बनाउन सहयोग गर्नेमा माओवादी छापामार समेत रहेका छन्। वन कब्जा गरिएको क्षेत्रवाट माओवादी सेनाको सातौं डिभिजन अन्तरगतको क्याम्प तीन किलोमिटर दुरीमा रहेको छ। वन कब्जा गराउन माओवादीले आफ्ना सेनाको समेत प्रयोग गरेको श्रोतले बतायो। उनीहरुले कब्जा गरिएको वन क्षेत्रमा निगरानी समेत गर्दै आएका छन्। कब्जा गरिएको क्षेत्रमा माओादी समर्थीत अखिल नेपाल सुकुम्वासी संगठनको ब्यानर झुण्डयाइएको छ। जंगल प्रवेश गर्न ६ वटा टाउँमा प्रवेशद्धार समेत वनाइएको छ। कब्जा गरिएको ठाउँमा जो कोहीलाई प्रवेश गर्न निषेध गरिएको छ। दिउँसो सञ्चारकर्मी पुग्दा प्रवेशद्धारमा खटिएका युवा दस्ताले कडा सोधपुछ गरेका थिए। उनीहरुले एक हप्तादेखि हातमा लटठी र भाला लिएर कडा सुरक्षा दिदैं आएका छन्।


नवलपरासीको काबासोती ९ मा सर्वधासाधरणको धान झण्डा गाडेर कब्जामा लिई टेक्टरमा लोड गर्दै माओवादी कार्यकर्ताहरु । शुक्रबार स्थानियवासीन्दाको २ सय मुरी धान र ६५ विघा जग्गा समेत कब्जा गरेका छन् ।

 
 

1 comment:

  1. हॆ माऒवादी कॆ खॊजॆकॊ तिमीहåलॆ?

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक