20091225

अमेरिकी सिनेटमा नेपालको अर्थतन्त्रलाई माओवादीले डामाडोल पारेको टिप्पणी !


अमेरिकी सिनेटर प्याट्रिक लेहीले अमेरिकी सिनेटमा  एकीकृत माओवादीको तीन-तीन दिनसम्म आम हड्ताल षडयन्त्रको राजनीति भएको टिप्पणी गरेका छन्। माओवादीद्वारा माघ १० देखि घोषित अनिश्चितकालीन आम हडताल 'अलोकतान्त्रिक' भएको उनको भनाइ छ। सिनेटर लेहीले जिम्मेवार दलको व्यवहार गर्न माओवादीलाई आह्वान गर्दै भन्दै उनले फिर्ता लिन आग्रह गरेका छन्। 'तार्किक र वैधानिक ठान्न नसकिने विनाशकारी हडताल गर्नु, हिंसालाई प्रोत्साहन गर्नु, हत्याका घटनामा संलग्न पार्टीका सदस्यहरूलाई कारबाही गर्न अस्वीकार गर्नु र यातनाका धम्की दिनु कुनै जिम्मेवार पार्टीलाई गर्न संक्तैन' अमेरिकी सिनेटमा बुधबार नेपाल प्रतिवेदन दिँदै सिनेटर लेहीले भने, 'माओवादीले यस्ता षडयन्त्र त्याग्नुपर्छ र जनताप्रति उत्तरदायित्व प्रदर्शन गर्नुपर्छ।' सिनेटर लेहीले अमेरिकी कानुन अनुसार एकिकृत माओवादी अझै विदेशी.....
आतंककारी संगठनको सूचिमा रहेको स्मरण गर्दै माओवादी यसबाट हट्ेको आफूले देख्न चाहेको बताए। 'माओवादी उक्त सूचिबाट हटोस् भन्नेमध्ये म पनि एक हुँ,' लेहीले भने। सिनेटर लेहीले माओवादीले बन्द, हडताल, जबरजस्ती चन्दा असुली, सम्पत्ति कब्जा लगायत कार्य गरेर पहिलै कठिन बन्दै गएको नेपाली जनताको जीवनलाई झन सकसपूर्ण बनाएको बताए। 'माओवादीले यी षडयन्त्रहरूलाई जारी राखेर कमै उपलब्धी हाँसिल गरेका छन्, बरु यसले पहिल्यै देखि कठिन रहेको नेपाली जनताको जीवनलाई झन सकरपूर्ण बनाएका छन्' लेहीले सिनेटमा भनेका छन्। माओवादीको पछिल्लो तीन दिने आम हडतालले गरिब मुलुक नेपालको अर्थतन्त्रलाई डामाडोल पारेको उनले टिप्पणी गरेका छन्।

'आयात र निर्यात गर्न ठप्प पारिएको तीन दिने हडतालले पहिल्यै देखि गरिब मुलुकको राजश्वमा उल्लेख्य घाटा लागेको छ' उनले उल्लेख गरेका छन्, 'नेपालको प्रमुख आयको रुपमा रहेको पर्यटन व्यवसाय, होटल, रेस्टुरेन्, यातायात, पसल र गाइड सेवाहरु नराम्ररी प्रभावित भए। गार्मेन्ट उद्योग पनि अबरुद्ध भयो।'

माओवादीका उद्योग कलकारखाना बन्द गर्ने हडतालका कारण नेपाल 'अस्थिर' बन्दै गएको महशुस गरी विदेशी कम्पनीहरूले अन्यत्रै लगानी गर्ने खतरा रहेको लेहिले बताए।
'विदेशी कम्पनीहरुले नेपाल अस्थिर भयो भनेर लगानीबाट हात झिक्ने निर्णय गर्ने खतरा छ' उनले भनेका छन्।

नागरिक सर्वोच्चताका नाममा माओवादीले माघ १० देखि आह्वान गरेको अनिश्चित आम हडताल अलोकतान्त्रिक भएको बताए। 'प्रजातन्त्रमा यस प्रकारका अल्टिमेटमको स्थान हुँदैन' लेहीले स्पष्ट पारेका छन्।


अमेरिकाले शान्ति प्रक्रिया र संविधान लेखन निर्धारित समयभित्रै सम्पन्न गर्न एकिकृत माओवादीलाई अन्य दलहरूसँग 'रचनात्मक रूपमा मिलेर काम गर्न' सुझाव दिएको छ।

तीन दिने आम हडताल र माघ दोस्रो सातादेखि अनिश्चितकालीन आम हडताल गर्ने माओवादी उद्घोषलगत्तै अमेरिकी विदेश मन्त्रालयले यस्तो सुझाव दिएको हो।

'शान्ति प्रक्रियालाई अघि बढाउन हामी माओवादीलाई अन्य दलहरूसँग रचनात्मक रुपमा काम गर्न आग्रह गर्छौ' विदेश मन्त्रालयका प्रवक्ता मार्क टोनरले बुधबार संवाददाताहरुसँग वासिंगटनमा भने।

मुलुकमा संविधान बन्न नसक्ने प्रधानमन्त्री माधवकुमार नेपालको ठोकुवा
प्रधानमन्त्री माधवकुमार नेपालले वाईसीएलको अर्धसैन्य संरचना कायम रहेसम्म मुलुकमा संविधान बन्न नसक्ने ठोकुवा गर्नुभएको छ। रुम्जाटार महोत्सवको शुक्रबार उद्घाटन गर्दै उहाँले मुलुक राजनीतिक सङ्क्रमणकालबाट गुजि्ररहेकोले माओवादीका लडाकू, हतियार र वाईसीएलको अर्धसैन्य संरचना कायम रहेसम्म नयाँ संविधान बन्न नसक्ने बताउनुभएको छ। उहाँले एकलौटी गणराज्यहरूको घोषणा गर्ने, शान्ति सम्झौता र आफ्नै पूर्वघोषणा विपरीत बन्द–हडतालजस्ता कार्यक्रमहरूको आयोजना गर्ने, अरू राजनीतिक दलका कार्यक्रममाथि आक्रमण गर्ने, अरू दलका नेता–कार्यकर्तामाथि साङ्घातिक हमला गर्ने जस्ता कुराले वास्तवमा सहमतिको राजनीति बिथोल्छ र मुडभेडको सिर्जना गर्दछ भन्नुभयो।
एक अर्कामाथि दोषारोपण गर्ने गरेर होइन, उत्तेजनामा आएर होइन, समास्या समाधानका लागि अनावश्यक हठ छोड्नुपर्दछ, लोकतान्त्रिक व्यवहार देखाउन सक्नुपर्दछ र खेलमा सहभागी भइसकेपछि खेलको नियमलाई मान्नुपर्दछ।
कसैको अस्तित्व नै स्वीकार नगरेर, बन्द, हड्ताल, चक्काजाम र ढुङ्गामुढा गरेर सहकार्य कायम हुन नसक्ने उहाँले बताउनुभयो।
यसैगरी हामीले विकासलाई सहरमा मात्र होइन, गाउँमा केन्द्रित गर्नु आजको आवश्यकता बनेको बताउँदै २०५१ मा 'आफ्नो गाउ आफै बनाऔ', 'नौ स' को अभियान जस्ता गाउ"केन्द्रित कार्यक्रम सञ्चालन गरेको बताउनुभयो।
रुम्जाटारको परम्परागत धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक महत्वका बारे प्रचार प्रसार गर्ने उद्देश्यले पाँच दिनसम्म चल्ने उक्त महोत्सवमा १०० वटा स्टल रहेका छन्।

भण्डाफोर सहित चौथो चरणको आन्दोलन घोषणा

काठमाण्डौ  । एकीकृत नेकपा माओवादीले आजदेखी भण्डाफोर सहितको चौथो चरणको आन्दोलन घोषणा गरेको छ । माओबादीले आन्दोलनलाई राष्ट्रिय स्वाधिनताका पक्षमा गर्ने समेत जनाएको छ । पार्टी मुख्यालय कोटेश्वरमा आज बसेको पदाधिकारीको बैठकले औपचारीक रुपमा चौथो चरणको आन्दोलन घोषणा गरेको हो । चौथो चरणको आन्दोलन अनुसार माघ १० गते सम्म भण्डाफोर सहितको जनजागरण अभियान संचालन गर्ने निर्णय भएको उपाध्यक्ष नारायणकाजि श्रेष्ठले जानकारी दिए । बैठकलॆ माघ १० गते सम्म पनि आफुहरुको माग सम्वोधन नभए अनिश्चितकालिन आमहड्ताल गर्ने चेतावनी दिएको उपाध्यक्ष श्रेष्ठले बताए ।त्यसै गरी  माओबादीले चौथो चरणको आन्दोलन अन्र्तगत कालापानि सुस्ता पशुपतिनगर लगायतका भारतिय अतिक्रमण भएका सिमानामा बिरोध सभा गर्ने निर्णय गरेको छ । राष्ट्रियताका पक्षमा अतिक्रमित सिमानामा केन्द्रिय नेताहरुको सहभागितामा बिरोध सभा गर्ने भने पनि माओबादीले त्यसको टुङगो भने लगाएको छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक