20091218

माओवादी लडाकूलाई सेनामा समायोजन गरे मुलुक गृहयुद्धमा फस्ने रक्षामन्त्रीको दाबी


रक्षामन्त्री विद्यादेवी भण्डारीले माओवादी लडाकूलाई सेनामा समायोजन गरे मुलुक गृहयुद्धमा फस्ने दाबी गर्नुभएको छ। नेकपा -एमाले का उपाध्यक्षसमेत रहनुभएका भण्डारीले सुर्खेतमा बिहीबार एमाले कार्यकर्तासँगको भेटघाटमा सो कुरा बताउनुभएको हो। माओवादी लडाकूलाई सेनामा समायोजन गरे राष्ट्रिय सेना विखण्डित हुने र मुलुकको अस्तित्वसमेत संकटमा पर्ने उहाँको भनाइ थियो। बृहत् शान्तिसम्झौतामा माओवादी लडाकूलाई कुनै पनि सुरक्षानिकायमा समायोजन गर्ने भन्ने कुरा कतै उल्लेख नभएको जिकिर गर्दै रक्षामन्त्री भण्डारीले लडाकूको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। लडाकूको व्यवस्थापनपछि मात्र नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिँदै उहाँले लडाकूको व्यवस्थापन नभएसम्म जस्तो संविधान .....
बने पनि लागू हुन नसक्ने ठोकुवासमेत गर्नुभयो। एकतर्फी रूपमा स्वायत्त गणराज्य घोषणा गरेर माओवादीले मुलुकलाई विखण्डित गर्न खोजेको आरोप उहाँले लगाउनुभयो।

आफनै खुट्टामा बन्चरो’

यस्तै दैलेख संवाददाताका अनुसार रक्षामन्त्री भण्डारीले वर्तमान सरकारले मात्र नभएर मुलुकका ठूला ३ राजनीतिक दलको साझा सहमतिमा मात्र नयाँ संविधान बन्न सक्ने बताउनुभएको छ।
एमाले दैलेखको पाँचांै अधिवेशन उद्घाटन गर्न बिहीबार दैलेख पुग्नुभएकी उपाध्यक्ष भण्डारीले अधिवेशन उद्घाटन गर्दै आफनो अनुकूल संविधान नबन्ने देखेपछि माओवादीले संविधान निर्माणमा अवरोध पुर्याउने गरेको आरोपसमेत लगाउनुभयो।

उहाँले माओवादीले आफनो खुटामा आफैंले बन्चरो हानेर राजनीतिक अस्थिरता उत्पन्न गराउने खोजे पनि मुलुकको वर्तमान संकटकालीन अवस्थालाई लामो समयसम्म रहन नदिन सरकार संवेदनशील भई लागिपरेको जानकारी दिनुभयो।

माओवादीद्वारा तमुवान र मगरात गणराज्य घोषणा

धन बस्नेत/पोखरा (कविराज नेपाल/पाल्पा) माओवादीले बिहीबार दुइ छुट्टाछुट्टै कार्यक्रमको बीच तमुवान र मगरात गणराज्य घोषणा गरेको छ।

गण्डकी र धौलागिरिका ८ जिल्लालाई समेटेर एकीकृत नेकपा माओवादीले बिहीबार तमुवान स्वायत्त गणराज्य घोषणा गरेको छ। व्यापक विरोधका बाबजुद पनि माओवादीले तमुवान गणराज्य घोषणा गरेकेा हो। घोषणाको विरोध गर्दै बिहीबार कास्कीका सम्पूर्ण् शिक्षण संस्था बन्द गरिएको थियो भने क्षेत्री समाज नेपालले जातीय गणराज्यको विरोध गरेको थियो।
पोखराको अमरसिंहचोकमा आयोजित जनसभामा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देव गुरुङले तमुवान स्वायत्त गणराज्यको घोषणा गर्नुभएको हो।

तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष अमर तमुलाई तमुवान गणराज्यको संयोजकको जिम्मेवारी सुम्पिँदै देव गुरुङले घोषणासभालाई सम्बोधन गर्नुभएको थियो। सो अवसरमा उहाँले जनताले नयाँ संविधान निर्माण, राज्यको पुर्नर्संरचना र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन दिएको म्यान्डेट बाहिर अन्य राजनीतिक दलहरू गएकाले माओवादीले जनताको म्यान्डेट पूरा गर्न गणराज्य घोषणा गरेको बताउनुभयो।

नेता गुरुङले दलहरू संविधान बनाउनभन्दा पनि ३ सय १ को सत्ता समीकरणको खेलमा लागेकाले संविधानसभा अपांग बनेको बताउँदै, अब जनताको संविधान बनाउन जनतासँग हारगुहार गर्नुपर्ने बेला आएको जिकिर गर्नुभयो। उहाँले माओवादीलाई बाइपास गरी संविधानसभालाई विघटन गरेर राष्ट्रपतिशासन लागू गर्ने षड्यन्त्रमा दलहरू लागेको आरोपसमेत लगाउनुभयो।

कार्यक्रममा माओवादीका पोलिटब्युरो सदस्य हितराज पाण्डे उत्तमले अन्य दलहरूलाई राज्यको पुनर्संरचमा अवधारणा बनाउन दबाबका लागि गणराज्य घोषणा गरेको उल्लेख गर्नुभयो। तमुवान गणराज्यको जिम्मेवारी लिनुभएका अमर तमुले गणराज्य घोषणा केवल राजनीतिक रूपमा मात्रै गरिएको बताउनुभयो।

कार्यक्रममा तमुधिं नेपालका अध्यक्ष कर्मा तमुले यस क्षेत्रका धरतीपुत्रका रूपमा रहेका गुरुङहरूलाई राज्यको मूल धारमा ल्याउन गणराज्यले सहयोग पुर्याउने भन्दै स्वागत गर्नुभएको थियो। उहाँले अन्य दलहरूलाई पनि यस क्षेत्रलाई तमुवान गणराज्यका रूपमा स्वीकार गर्न आग्रहसमेत गर्नुभयो।

कार्यक्रममा सभासद् अमृता थापामगर, मोहम्मद सफिक मियाँ र तमुवान राज्य समितिका उपाध्यक्ष डम्बर विकलगायतले सम्बोधन गर्नुभएको थियो।

उता माओवादीले घोषणा गरेको स्वायत्त गणराज्यमा पाल्पा, गुल्मी, अर्घर्ााँची, बाग्लुङ, म्याग्दी, रुकुम, प्युठान, सल्यान र रोल्पासमेतका ९ जिल्ला छन्। एकीकृत माओवादीका महासचिव रामबहादुर थापाले बिहीबार पाल्पाको तानसेनको टँुडिखेलमा आयोजित सभामा मगरात स्यायत्त गणराज्य घोषणा गर्नुभयो।

उहाँले स्वायत्त मगरात गणराज्य जिन्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद भनी घोषणा गर्नुभएको थियो। उहाँले मगरात स्वायत्त गणराज्यमा मगरहरूको मात्र राज्य नहुने बताउँदै सबैको समान अधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनेछ भन्नुभयो। माओवादीले स्वायत्तता र संघीयतालाई अन्तरसम्बन्धका रूपमा बुझेको बताउँदै उहाँले स्वायत्तता मात्रैले साम्प्रदायिकता बढ्ने र संघीयता मात्रले एकाधिकार हावी हुने खतरा रहेको उहाँको भनाइ थियो।

हिजो जातीय, क्षेत्रीय र लैंगिंक उत्पीडनमा परेकाहरूलाई क्षतिपर्ूर्तिस्वरूप गणराज्य घोषणा गरिएको बताउँदै माओवादीका महासचिव थापाले भोलि पृथक् राज्य घोषणा गर्ने अधिकारसहितको आत्मनिर्णयो अधिकार दिइन्छ भन्नुभयो।

माओवादी नेता थापाले अहिले आन्दोलनका क्रममा राजनीतिक घोषणा गरिएको र यसलाई कमजोरी ठाने पछि समानान्तर सरकारको अभ्यासमा जाने चेतावनी दिनुभयो। ँसरकारले सल्यान, रुकुम र कैलालीमा रोमियो अप्रेसन चलाउन खोजेको हो भने हामी अर्को युद्ध लड्न तयार छौं’ -थापाको भनाइ थियो। उहाँले संविधान लेख्ने र जनताको जनादेशलाई निर्ःर्सत पालना गर्ने हो भने माओवादीको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बनाउनुपर्छ भन्नुभयो। माओवादीका प्रवक्ता दीनानाथ शर्माले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरूको गठबन्धन सरकारले संविधान बनाउन र शान्तिप्रक्रियालाई निष्कर्षा पुर्याउन नचाहेको आरोप लगाउनुभयो।

घोषणासभामा माओवादी नेताहरू जनार्दन शर्मा, वर्षान पुन, टोपबहादुर रायमाझी, गणेशमान पुनलगायतले गणराज्य घोषणा शान्तिप्रक्रियाविपरीत नभएको बताउनुभयो। सभा राज्य समितिका संयोजक सन्तोष बुढाको अध्यक्षतामा चलेको थियो। माओवादीले तानसेनको शीतलपाटीस्थित दरबारको मूल गेटमा मगरात स्वायत्त गणराज्य लेखेको बोर्ड राखेको छ। माओवादीद्वारा बिहीबार घोषित दुइ गणराज्यसमेत सो पार्टीट घोषणा भएका १२ गणराज्य पुगेका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक