20091215

माओवादीले व्यक्ति तथा सरकारी स्वामित्वमा रहेको सम्पत्ति कब्जा अभियानलाई तीब्र पारे

"माओवादी जोर जबरस्तीको विकल्प खोज्ने बेला आएकोछ " -शेरबहादुर देउवा

प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीले व्यक्ति तथा सरकारी स्वामित्वमा रहेको सम्पत्ति कब्जा अभियानलाई तीब्र पारेको छ। शान्ति सम्झौताको उल्लंघन गर्दै मंगलबार माओवादीले काभ्रे, सुनसरी, दाङ, नवलपरासी सहितका जिल्लामा करोडौं मूल्यको निजी स्वामित्वको जग्गा कब्जा गरी पार्टीको झन्डा गाडेको छ। बनेपास्थित नागरिकन्युजकर्मी मधुसुदन गुरागाइँका अनुसार माओवादीले देवभूमि बालुवा गाविस, काभ्रेका दुईवटा वडाका ४ सय २ रोपनी व्यक्तिगत जग्गा मङ्गलबार कब्जा गरेको छ। माओवादीले २०६३ सालबाटै कब्जामा लिएर ती जग्गामा उत्पादित आँप आफुखुशी बेच्दै आएको थियो। राणा परिवारको नाममा उक्त जग्गा रहेको भए पनि स्थानीय गरीब दनुवार र तामाङले कमाउँदै आएका थिए। माओवादीको अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) र अखिल नेपाल सुकुम्बासी सङ्घ (क्रान्तिकारी) को नेतृत्वमा....
जुलुससहित गएका माओवादी नेता तथा कार्यकर्ताले जग्गा कब्जाको घोषणा गर्दै आफ्नो पार्टीको झण्डा गाडेका थिए। माओवादीले बालुवा–६ कर्केटारमा रहेको २ सय ५८ रोपनी र बालुवा–३ मा रहेको १ सय ४४ रोपनी जग्गाको वरिपरि झण्डा गाडेका हुन्। बालुवा–६ मा रहेको साविक मोहनशमशेर राणा, हाल मणिरत्न र सानुरत्न शाक्यको कित्ता नं ३९६ नाममा रहेको ५० रोपनी १० आना, श्रीधर शमशेरको नाममा रहेको ६७ रोपनी, लोकभक्त राणाको नाममा रहेको ६२ रोपनी, सर्वज्ञ राणाको नाममा रहेको ३९ रोपनी, मुकुन्द शमशेरको नाममा रहेको ४० रोपनी जग्गा कब्जाको घोषणा गरिएको हो।

त्यस्तै बालुवा–३ विक्रमटारमा रहेको ववितसिंह राणाको नाममा रहेको ५८ रोपनी, पृथ्वीसिंह जबराको नाममा रहेको ४८ रोपनी तथा झरेन्द्रशमशेर जबराको नाममा रहेको ३८ रोपनी जग्गा कब्जाको घोषणा गरिएको हो।

जग्गाका मोहीमध्ये भीमबहादुर दनुवार र ज्ञानीमान लामाले २०१६ सालदेखि आफूले कमाउँदै आएको र २०२३ मा भूमिसुधार टोलीबाट जोताहाको अस्थायी निस्सा पाएको दाबी गरेका छन्। उनीहरुले भूमिसुधार कार्यालय काभ्रेबाट २०५७ सालमै मोहियानी हकको प्रमाणपत्र पाएका थिए। मोहियानी हक पाउने स्पष्ट भएको जग्गामा समेत माओवादीले जबरजस्ती बाली लुटेर लगेकाले हक कायम गरिपाउन दुवै जनाले २०६३ मंसिरमा मानवअधिकार सङ्घ-संस्थामा निवेदन गरेका थिए।

जग्गा कब्जाको घोषणा सभामा माओवादी जिल्ला सह इन्चार्ज इन्द्रबहादुर थिङ र अखिल नेपाल किसान सङ्घ क्रान्तिकारीका जिल्ला अध्यक्ष झलक लामिछाने लगायतले जिल्लाभरका सामन्तीका जग्गा कब्जा गरेर गरिब जनतालाई बाँड्ने बताए।

व्यक्तिगत जग्गा कब्जाका विषयमा माओवादीका जिल्ला सचिव गङ्गाबहादुर तामाङले झण्डा गाड्दैमा आफूहरुले उक्त जग्गा नलिने बताए। दलालहरुले उक्त जग्गा बेच्न थालेकाले रोक्नका लागि सचेतमात्र गराएको उनले बताए। मोहियानी हकका लागि लडिरहेका जोताहालाई नै उक्त जग्गा दिलाउन आफनो पार्टी लागिपर्ने उनको भनाई छ।

यसैगरी इटहरीस्थित नागरिकन्युजकर्मीका अनुसार माओवादी कार्यकर्ताले शान्ति-सम्झौताको उल्लंघन गर्दै इटहरीस्थित गीता मन्दिर धरानको स्वामित्वमा रहेको ३८ कठ्ठा जग्गा मंगलवार कव्जा गरेका छन्।

अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय उपाध्यक्ष अरुण खवासको नेतृत्वमा आएका दर्जनौ माओबादी कार्यकर्ताले सात करोड भन्दा बढी मूल्य पर्ने जग्गा पार्टीको झण्डा गाडेर कब्जा गरेका हुन्। इटहरी-४ को कित्ता नम्वर ११३ (ङ) को कब्जा गरिएको जग्गाको बजार मूल्य कम्तिमा २० लाख रुपैया प्रतिा छ। बजार भाउ अनुसार माओवादीले कब्जा गरेको जग्गाको मूल्य कम्तिमा ७ करोड ६० लाख पर्छ।

जग्गा कब्जा गरेर पार्टीको झण्डा गाडेपछि माओवादी कार्यकर्ताले नाराबाजी गरेका थिए।

कब्जा गरिएको जग्गा झण्डै २५ बर्ष अघि इटहरी-४ कै गंगा पोखरेलले मन्दिरको नाममा दान दिएका थिए। मन्दिरको यो जग्गा स्थानीय दलबहादुर कोइराला र भगवान ढकालले खेती लगाउदै आएका छन्।

कब्जा गरेकेा जग्गामा मंगलवारदेखि नै माओवादी निकट सुकुम्वासीलाई बसाउन थालिएको छ। माओवादी कार्यकर्ता घर टहरा समेत बनाउन सक्रिय छन्।

कब्जा गरिएको जग्गामा सुकुम्वासीका लागि ४२ वटा घर टहरा बनाइने अखिल नेपाल सुकुम्वासी सङ्घ सुनसरीले जनाएको छ। संघका जिल्ला अध्यक्ष सुरेन्द्र कट्वालले सुकुम्वासीका विषमा सरकारले कुनै वास्ता नगरेकाले कब्जा गरेर बितरण गर्न लागिएको बताए।
सुकुम्वासी मध्ये भगवान खड्का र दलवहादुर कार्कीलाई चार-चार कटठाका दरले जग्गा दिइने र अन्यलाई मिलाएर वितरण गरिने जनाइएको छ। खड्का र कार्की भने लामो समयदेखि सुकुम्बासी भएकाले बढी जग्गा दिन लागिएको माओवादी स्रोतले जनायो।

नागरीक सर्वेाच्चताका लागि भन्दे तेस्रो चरणको आन्दोलन जारी राख्दै शान्तिसम्झौता र अन्तरिम संविधान विपरीत जथाभावी देशभर संघीय राज्यको घोषणा समेत गर्दै आएको माओवादीले पार्टीको केन्द्रीय नीति बमोजिम नै जग्गा कब्जा गरिएको सुनसरीका जनवर्गीय संगठनका इन्चार्ज आदित्यले नागरिकन्युजलाई बताए।

यसैगरी चितवनस्थित नागरिकन्यूजकर्मीका अनुसार नवलपरासीको गैंडाकोट गाविसको ७२ रोपनी निजी जग्गा कब्जा गरेर आफ्ना समर्थकलाई राखेका छन्। सो जग्गा नेपाली कांग्रेस नेता तथा पूर्व सासंद स्वर्गीय सूर्यभक्त अधिकारीका छोराहरुको नामको हो।

'सूर्यभक्त अधिकारीले त्यती बेला सत्ताको आडमा यो जग्गा आफ्नो नाममा बनाएका हुन्। यसलाई कब्जा नभन्नु होला' एकीकृत माओवादीका नवलपरासी जिल्लाका सह इन्चार्ज द्रोणबाबु शिवाकोटीले बताए।

सो जग्गामो दुई सयजना राख्ने माओवादील बताएको छ। सुकुम्वासीलाई मात्रै राख्ने पार्टीले बताएको छ। जग्गा वितरण हुने भन्ने सुनेर मंगलबार गैडाकोटभन्दा टाढाका रतनपुर, केउरेनी, देवघाटसम्मबाट मान्छेहरु त्यहाँ आएका छन्। मंगलबार जग्गा नापजाँच गर्नेहरु प्रशस्त थिए। गैंडाकोटका सुकुम्बासीलाई पहिला दिने र बाँकी रहे मात्रै अरुलाई बाँड्ने माओवादीका नेता जनाए।

उता दाङस्थित नागरिकन्युजकर्मीका अनुसार नेपाल संस्कृत विश्वविद्यालय नाममा रहेको १ हजार ७ सय बिगाह जमीनमध्ये अहिले ४०/५० बिगाह जमीनमात्रै विश्वविद्यालयले उपभोग गरिरहेको छ। बाँकी जमीन सबै युद्धकालदेखि नै माओवादी कब्जामा छ। देउखुरीमा रहेको १ हजार ३ सय बिगाहा जमीन माओवादीले २०५८ सालमा नै कब्जा गरेका थिए। त्यसपछि विश्वविद्यालयले जमीन फिर्ता पाएको छैन। विश्वविद्यालयका सहप्रशासक दिलिप भट्राईका अनुसार देउखुरीको राप्ती नदिदेखि पूर्वमा रहेको खेत तथा बारीको उब्जनी अहिलेसम्म विश्वविद्यालयले पाएको छैन। उनका अनुसार सुरुमा जग्गामा मोही विवाद थियो। विश्ववद्यालयले मोहीलाई आधा जमीन दिन मञ्जुर भए मोहीहरुले पूरै जमीन मागेपछि भने कुरा मिलेको थिएन।

त्यसलगत्तै माओवादीले जग्गा कब्जा भएको घोषणा गरेको थियो।‘सबै अरुले जोतेर कमाइरहेका छन्' उनले भने ‘ आयस्रोत नै रोकिएको छ, अहिलेसम्म कुनै उब्जनी पनि पाइएको छै। पहिला पहिला विश्वविद्यालयले जमीनलाई ठेक्कामा लगाएको थियो ।

माओवादी जोर जबरस्तीको विकल्प खोज्ने बेला आएकोछ

नेपाली कांग्रेसका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी जोर जबरस्तीको विकल्प खोज्ने बेला आएको बताएका छन्। 'माओवादीको जोर जबर्जस्ती हरेक क्षेत्रमा बढ्दै गएको छ', मंगलबार इनरुवामा प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा उनले भने- 'त्यसको विकल्प खोज्ने बेला आएको छ।' माओवादी युद्धलाई नेपाली प्रेसले नै उचाइमा पुर्‍याएको दाबी गर्दै नेता देउवाले माओवादीले स्वतन्त्र प्रेसमाथि आक्रमण गर्दै नरोकेकोमा दुःख व्यक्त गरे। प्रेसमाथि नियन्त्रणको चेष्टा गर्ने दलको अभिष्ट कहिल्यै पूरा नहुने ठोकुवा गर्दै उनले कांग्रेस सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको बताए। पूर्वप्रम देउवाले युद्धकालदेखि नै माओवादीले स्वतन्त्र प्रेसलाई देखिनसहेको टिप्पणी गरे।

लोकतन्त्रको आधारस्तम्भ दरिलो बनाउनमा प्रेसको महत्वपूर्ण भूमिका रहने भएकाले नै नेपाली काङ्ग्रेसले प्रेसलाई विशेष महत्व दिँदैआएको पनि उनले स्पष्ट पारे।-नागरिक

थारुबाहुल्य ५ जिल्लामा माओवादीले जग्गा कव्जा गरे

माओवादी निकट कार्यकर्ताहरुले आज एकै दिन थारुबाहुल्य ५ जिल्लामा डेढ हजार विघाः जग्गा कव्जा गरेका छन्। स्वायत्त गणराज्य घोषणासँगै समानान्तर सरकार चलाउन सक्ने सम्मको चेतावनी दिदै आएको माओवादीले आज मात्र बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दागमा गरि डेढ हजार वढी विघाः आफनो कव्जामा लिएको दावी गरेको छ। माओवादी निकट अखिल नेपाल सुकुम्वासी संघको अगुवाईमा सुकुम्वासी, भूमिहीन,मुक्त कमैया र वाढीपिडीतका नाममा सरकारी, ऐलानी र वेदर्ता जग्गा कव्जा गरिएको हो।
बाँकेको रनियापुर ९ जोरियालिहारमा ९ सय विघाः, बर्दियाको माछागढ कलवारीफाँटामा ३ सय ५० विघाः, दागको वेलझुण्डीमा डेढ सय विघाः, कैलालीको श्रीपुरमा २२ विघाः र कञ्चनपुरमा ६४ विघाः जग्गा माओवादीको झण्डै गाडेर कव्जा गरिएको संघका राज्य संयोजक अमर परियारले जानकारी दिनु भयो। रनियापुरमा डेढसय घरवासविहीनहरुलाई बसाउने कार्य समेत अगाडी वढाइएको उहाँले बताउनु भयो। यस अघि रझेनामा निजी २२ विघाः जग्गा कव्जा गरिएको थियो। क्रान्तिकारी भुमिसुधार मार्फत सरकारी जग्गा भूमिहीनलाई वितरण गर्न र नयाँ संविधान जग्गा उपभोगको अधिकार सुनिश्चितताको उल्लेख गर्न संघले माग गर्दै आएको छ।

पाल्पा पनि माओवादीले जग्गा कव्जा गरे

अखिल नेपाल किसान संघ (२००७) र अखिल नेपाल सुकुमबासी संघले मंगलवार पाल्पाका बिभिन्न स्थानमा गरी करिब २ सय बढी सार्बजनिक जग्गा कब्जा गरेको छ। जिल्लाको सदरमुकाम तानसेनका ११ १२ र १४ गरी तिन वार्डमा संघको नेतृत्वमा गएका हजारौ सुकुमबासीहरुले उक्त जग्गामा संघको झण्डा राखेर कब्जा गरेको घोषणा गरेका हुन्।
एकीकृत नेकपा माओबादी निकट ती दुई संघले औपचारिक कार्यक्रम गरी जग्गा कब्जा गरेको घोषणा गरेका थिए। तानसेन बजार देखि २५ मिनेट पैदल हिडेर पुगिने प्रभास तालको छेउमा रहेका तिन वार्डका जग्गालाई कब्जामा लिएको संघका केन्द्रिय नेतृत्वले घोषणा गरेका थिए।
उक्त स्थानमा किसानहरु र सुकुमबासीहरु भेला पछि भएको औपचारिक कार्यक्रमबाटै जग्गा कब्जा गरिएको घोषणा गरिएको थियो। सुकुमबासीहरु बिभिन्न स्थानहरुबाट नाराजुलुस सहित उक्त स्थानमा आईपुगेका थिए। सिद्धार्थ राजमार्ग वरीपरी गुठीको रुपमा रहेको जग्गा अखिल नेपाल सुकुमबासी संघ केन्द्रिय समितिका अध्यक्ष दिपक राई र अखिल नेपाल किसान संघ (२००७) का केन्द्रिय उपाध्यक्ष कुबेर वलीले औपचारिक कार्यक्रम मार्फत जग्गा कब्जा गरेको घोषणा गरेका थिए।
संयुक्त राष्ट्रिय जनआन्दोलन समितिले नागरिक सर्बोच्चता लगायतका माग राखेर गरेको तेस्रो चरणको आन्दोलनका कार्यक्रम अर्न्तगत किसानहरु र सुकुमबासीहरुले सो स्थानको जग्गा कब्जा गरेका बताइएको छ। सुकुमबासी संघका अध्यक्ष राईले माओबादीले नागरिक सर्बोच्चताको माग राखेर गरेको बिबिध आन्दोलनका कार्यक्रम अनुसार मगरात राज्य अर्न्तगत पाल्पामा उक्त जग्गा कब्जा गरिएको बताए।
उनले माओबादीले गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार अहिले जग्गा कब्जा मात्र गरिएको बताए। तराईका स्थानहरुमा संघले जग्गा कब्जा गरेको भएपनि पाल्पामा यसअघि संघले जग्गा कब्जा गरेको थिएन।
अहिले जग्गा कब्जा मात्र गरिएको तर सरकारले आफूहरुले राखेको नागरिक सर्बोच्चताको मागलाई सम्बोधन नगरे कब्जामा लिएको जग्गा सुकुमबासीहरुलाई बितरण गरिने किसान संघका उपाध्यक्ष वलीले बताए। सरकारले सुकुमबासीहरुलाई र किसानहरुलाई डुडेझरीमा हत्या गरेर सौतेलाको ब्यबहार गरेको पनि उनले आरोप लगाए।
घोषणा सभा कार्यक्रमलाई एकीकृत नेकपा माओबादीका पोलिट ब्यूरो सदस्य हेमन्त प्रकाश वली सुर्द्धशनले सुकुमबासी र किसानहरुले नेपालमा कब्जा गरेको जग्गा सबैलाई बितरण गर्न नपुग्ने भएकोले भारतले अतिक्रमण गरेको ६४ हजार हेक्टर जग्गा कब्जा गुर्नपर्ने बताए।
उनले शान्ति प्रकृयामा आफूहरु अगाडि बढ्दा निदोष सुकुमबासी र किसानहरुलाई हत्या गरिन्छ भने आफूहरु त्यसको बदलामा शसत्र प्रतिकार गर्न तयार रहेको उद्घोष गरे ।
सोहि कार्यक्रममा एनेकपा माओबादीका केन्दी्रय सदस्य तथा संबिधान सभा सदस्य सन्तोष बुढामगरले माओबादीले नेपाली जनताको गासबास र कपासको माग गर्दा छातीमा गोली हान्ने सरकारका गृहमन्त्री राजीनामा दिन माग गरे। माओबादी पाल्पा जिल्ला सेक्रेटरी नेत्र पाण्डेले जिल्लाका बिभिन्न राजनितिक दलहरुले ब्यक्तिगत सम्पत्तीको रुपमा जग्गा कब्जा गरेकाले आफूहरुले पनि जग्गा कब्जा गरेको बताए। उनले अहिले पनि तानसेनमा बिभिन्न सार्बजनिक स्थानहरुमा ब्यक्तिहरुले जग्गा मिचेको र कब्जा गरेको बताए।

इटहरी पनि माओवादीले जग्गा कव्जा गरे

एकिकृत नेकपा माओबादी निकट अखिल नेपाल किसान संघ र सुकुम्बासी संघले आज सुनसरीको इटहरीमा झण्डै दुई बिगाह जग्गा कब्जा गरेका छन्। सुकुम्बासी संघका केन्द्रीय उपाध्यक्ष अरुण खवासको नेतृत्वमा आएका सुकुम्बासीहरुले धरान स्थित गीता मन्दीरको नाममा रहेको इटहरी–४ङ को कित्तानम्बर ११३ को १ बिगाहा १८ कठ्ठा जग्गा कब्जा गरेका हुन्।
एकिकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई सुकुम्बासी समस्या समाधान गर्न चेतावनी दिएको पौष ४ गते सम्मको अल्टिमेटम पनि सकिन नपाउदै माओबादीले सुनसरीमा जग्गा कब्जा गरेको हो।
सुकुम्बासीहरुले आफ्नो संघको झण्डा गाडेर झण्डै ६ करोड ६० लाख मुल्य बराबरको जग्गा कब्जा गरेको हो। कब्जा गरेको जग्गाको बारेमा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय उपाध्यक्ष खवासले केहि नखाने देउताको नाममा यतीका धेरै जग्गा भएकाले कब्जा गरेर भुमिहिन हरुलाई बितरण गरीन लागेको जानकारी दिनुभयो। उहाँले यसरी भुमिहिन हरुलाई जग्गा उपलब्ध गराउदा शान्ति संझौता अनुसारनै भएको दाबी गर्नुभयो।
खवासले कब्जा गरेको ठाँउमा ४१ घर सुकुम्बासीहरुलाई राखिने पनि जानकारी दिनुभयो। झण्डै २५ बर्ष अघि इटहरी–४का गंगा पोखरेलले मन्दीरको नाममा सो जग्गा दान दिनुभएको थियो।
जग्गामा अहिले भने सोही ठाँउका दलबहादुर कोइराला र भगवान ढकालले खेती लगाईरहेका छन्। खेती गर्ने कोइरालाले आफुहरुले ४५ सालदेखी मन्दीरलाई बार्षीक जम्मा ७ हजार दिदै आएको बताउनुभएको छ। उहाँले जग्गामा आफुले लामो समय देखी मेहनत र परिश्रम गरेेकाले क्षतिपुर्ती पाउनुपर्ने बताउनुभयो। जग्गा कब्जाको समयमा अखिल नेपाल सुकुम्बासी संघका जिल्ला अध्यक्ष सुरेन्द्र कट्वाल, एकिकृत नेकपा माओबादीका जिल्ला इन्चार्ज कुकेस लगायतको सहभागीता रहेको थियो।

झापामा पनि माओवादीले जग्गा कव्जा गरे


एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले आज झापाको सतासीधाम स्थीत कनकाई सिंचाईआयोजनाको नाममा रहेको पाँच बिगाह पाच कट्ठा जग्गा कब्जा गरेको छ। माओवादीको भातृ संगठन अखिल नेपाल किसान संघ २००७ ले सतासीधाम–८ स्थीत कनकाई सिंचाईको नाममा रहेको सो जग्गामा व्यानर र झण्डा गाडी कव्जा गरेको हो। जग्गा कव्जा पछि आयोजीत कोणसभामा बोल्दै अखिल नेपाल किसान संघका झापा अध्यक्ष तारा सुवेदिले कव्जा गरीएको जग्गामा सुकुम्वासी राखिने वताउनुभयो।

कर्मचारीको मिलेमत्तोमा उक्त सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै माओवादी समर्थीत किसान संघले कव्जा गरको कोण सभा मार्फत जनाएको छ। कन्काई नदीको वाढिबाट विस्थापित ६० परीवार दशकदेखि त्यहा वस्तै आएका छन भने अन्य विस्थापित र सुकुम्वासी राखिने योजना रहेको समेत वताईएको छ। जग्गा कव्जा गर्दा माओवदीका जिल्ला स्तरीय नेता कार्यकर्ता गरी तिन सय बढी उपस्थीत थिए। -दैनिकी

बस खस्दा १३ को मृत्यु /३९ घाइते

धन बस्नेत/माधव बराल (सराङकोट) कास्कीको पर्यटकीय सराङकोट गाविसमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ को मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

कास्कीको कास्कीकोट गाविसबाट पोखरा जाँदै गरेको ना३ख ६२८६ नम्बरको बस सोमबार बिहान सराङकोटस्थित साउनेपानीमा दुर्घटना हुँदा एक बालकसहित १३ जनाको मृत्यु भएको हो।

सोमबार बिहान करिब साढे ९ बजे भएको सो दुर्घटनामा एक बालक, पाँच महिला र सात पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा १० जना कास्कीकोट र तीन जना सराङकोट गाविसका रहेका छन्। दुर्घटनामा एकै परिवारका बाबुछोराको समेत मृत्यु भएको छ। त्यसै गरी अर्का एक परिवारका तीन जना घाइते छन् भने एकको मृत्यु भएको छ। घटनामा १६ महिनाकी बालिका बाँच्न सफल भएकी छन् तर उनकी आमाको भने ज्यान गएको छ।

दर्ुघटनामा कास्कीकोट-८ का ५८ वषीय गोपाल गिरी, उनका २२ वषर्ीय छोरा शिव गिरी, सोही ठाउँका ३ वषर्ीय बालक सर्ुदर्शन श्रेष्ठ, कास्कीकोट-२ का ५५ वषर्ीय गोपी सुनार, ४५ वषर्ीया गिरीमाया सुनार, ३८ वषीया मनपूजा नेपाली, कास्कीकोट-७ का ५० वषीय कृष्णबहादुर थापा, कास्कीकोट-६ की ४० वषर्ीया मीना कार्की, तेजबहादुर कार्की, १६ वषर्ीया विमला कार्कीको मृत्यु भएको छ।

यस्तै सराङकोट-३ की २६ वषीया विमला तिमिल्सिना र सराङकोट-५ का कपिलमणि तिमिल्सिनाको पनि मृत्यु भएको प्रहरीले बताएको छ। अर्का एक जना मधेसी मूलका मृतकको भने सनाखत हुन नसकेको प्रहरीले जनँएको छ। बस सडकबाट करिब १ सय ५० फिट तल खोंचमा खसेको छ।

प्रहरीका अनुसार १० जनाको घटनास्थलमै, दुइ जनाको उपचारका क्रममा र एक जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो। घटनामा परी घाइते भएका २५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा, तीन जनाको मणिपाल शिक्षण अस्पतालमा र एक जनाको चरक अस्पतालमा उपचार भइरहेको छ। पश्चिमाञ्चल अस्पतालमा रहेका घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ। मणिपालमा रहेका घाइते खतरामुक्त रहेको अस्पतालले बताएको छ।

सराङकोटमा प्याराग्लाइडिङका लागि पुगेका पर्यटकहरू, स्थानीय बासिन्दा र प्रहरीहरू उद्धार कार्यमा जुटेका थिए। ँप्याराग्लाइडिङ गर्ने क्रममा बस दर्ुर्घटना भयो’, एक पर्यटकले भने- ँउडन् छाडेर उद्धारमा जुटयौं।’ उद्धार कार्यमा एक दर्जनभन्दा बढी पर्यटकहरू संलग्न भएका थिए। उद्धारमा पर्यटकको उत्साहलाई प्रहरी र स्थानीय बासिन्दाले समेत सहयोग गरेका थिए।

घटनापछि कास्कीकोट र सराङकोट गाविस शोकमा डुबेको छ। जेठी छोरी अनिता कार्कीको विवाहका लागि पोखरा आउँदै गरेका कास्कीकोट- ६ का बाबुराम कार्कीकी कान्छी छोरी विमला कार्कीको मृत्यु भएको छ भने घटनामा कार्कीकी श्रीमती सीता, १४ वषर्ीय छोरार् इश्वर घाइते छन्। उनीहरूको मणिपाल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

कार्कीकी छोरी अनिताको विन्ध्यवासिनी मन्दिरमा विवाह गर्ने कार्यक्रम रहेको आफन्तले बताएका छन्। घटना भएपछि अनितालाई बहिनीको मृत्युको खबर नदिई विवाह गरेर पठाइएको आफन्तले बताए।

घटनामा सराङकोट-३ की १६ महिनाकी बालिका शुशी तिमिल्सिनालाई सोही ठाउँकी १६ वषर्ीया शान्ति थापाले उद्धार गरेकी थिइन्। तर, उनकी आमा विमला तिमिल्सिनाको ज्यान गएको छ। बालिकाको टाउकोमा चोट लागेको छ।
बसमा करिब ५५ यात्रु रहेको अनुमान गरिएको छ।

घटनास्थलनजिकै सडकमा ढुंगा रहेको र ढुंगालाई छल्न खोज्दा बस सडकबाट तल खसेको थियो। तर, घटनामा परी घाइते भएकार् इश्वर कार्कीले भने सडकमा रहेको खाल्डोलाई जोगाउन ड्राइभरले एक्कासि बे्रक लगाउँदा बस सडकमा पल्टिएर तल गुल्टिएको बताए। घटना भएको थाहा पाएपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा र्सवसाधारणको ठूलो भीड लागेको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक