रोक्न सरकार असफल हुँदा हज्जारौ शोभियत सेना काबुल प्रबेश गर्यो त्यस पछी अफगानिस्तान के हालत भयो ईतिहास साक्षी छ माओवादी पनि आफ्नै माग बमोजिम स्थापित संबिधान सभा , गणतान्त्रिक अन्तरिम संबिधान , स्वदेशी बिदेशी जनमत को अबमुल्यन र धज्जी ऊडाउदै '' जातिय र भाषिक '' युद्ध मा फसाउन '' गणराज्य घोषणा '' गर्दै हिंडेको छ र भन्दै छ '' संबिधान सभा बिघठन गर्ने षड्यन्त्र रोक्न '' त्यसो गर्नु परेको रे ?माओबादी स्वयम ले नै संबिधान सभा को अस्तित्व र गरिमा लाई लत्याएको छ । हुन त बाबुराम ले बेला बेला मा भाड भैलो मच्चाउनु नै हाम्रो निती हो त भनी राखेकै छन ।
नेपाल मा माओवादी ले जातिय र भाषिक अधिकार को नाम मा रोपेको बिषाक्त बिज अनी सरकारी तथ्याँक अनुसार ११३ वटा शशास्त्र हतियार धारी समुह को संघर्श लाई रोक्ने अवस्था देखिएको छैन । सर्सर्ती हेर्दा नेपाल सोमालिया को बाटोमा पुगिनै सकेको छ । स्मरण रहोस गृह युद्ध पीडित सोमालिया मा अमेरिका र सयुक्त राष्ट्र सघ को बैशाखि अनी रुवान्डा र बुअन्डी को फौज बाट सम्रक्षित नाम मात्र को अन्तरिम फेडरल सरकार जुन सोमाली जनता भन्दा निक्कै टाढा छ । प्रत्यक किलोमिटर जस्तो फरक फरक स्थान मा बिभिन्न शसस्त्र हतियार धारी थरी थरी का समुह छन । त्यस्तै नेपाल मा पनि आज जनता बाट अस्विकृतिक जमात तर छिमेकी राष्ट्र समर्थित कथा पुतली सरकार छ । यस्को पहुच सिंह दरवार भन्दा टाढा पुग्न सकेको छैन ।
अहिले सम्म माओवादी ले अल्प संख्यक जन जातिका नाम मा '' गण राज्य घोषणा '' गरेको छ र बहु संख्यक आदी बासी ( छेत्री , ठकुरी , ब्राहम्ण ) को अस्तित्व नै स्विकारीएको छैन यो समुह ले आफ्नो अस्तित्व खोज्दा , तराइ मा '' स्वायत्व मधेस गण राज्य '' घोषणा गर्दा , थारु हट ले प्रतिकार गर्दा , हुने हिंसात्मक संघर्श मौजुदा लथा लिङे प्रहरी प्रशासन ले थेग्न सक्ने अवस्था छैन । अनी दक्षिण बाट आफ्न मुलका मानिस को शुरक्षार्थ , भारतीय फौज उत्तर बाट तिबतीयन मुलका मानिस को सुरक्षार्थ चिनिया फौज र काठमान्डौ मा अमेरिकि ( नाटो ) वा सयुक्त राष्ट्र संघ समर्थित कठ पुतली सरकार रहने अवस्था देखिएको छ ।
संबिधान सभा , अन्तरिम संबिधान , १२ बुँदे लगायत का सम्झौता , नियम कानुन को बर्खिलाब गएर '' जातिय गण राज्य घोषणा गरिराखेको छ समानान्तर सरकार बनाउने धम्की आएकोछ सरकार देखेको नदेख्यै सुनेको नसुन्यै गर्छ , दिन दहाडै ब्यक्ती का सम्पत्ति जफत , हत्या , बलात्कार , लुट , फिरौती , तोडफोड भै राखेको छ सरकार रमिता हेरेर बसेको छ । सुरक्षा निकाय हुनु र नहुनु मा जनता लाई फरक परेको छैन । दन्ड हिनता ले संसार को सामु लज्जित भैसकेका छौ । देश आर्थिक संकट मा फस्ने चेतावनी अर्थ बिद ले दिएका छन । स्वदेशी बिदेशी लगानी कर्ता सुरक्षा र राजनैतिक अस्थिरता को कारण पछाडि हटेका छन । बिदेशी पुँजि भित्र्याउने कार्पेट , गार्मेन्ट हस्त कला का उध्योग लगभग बन्द छन । दाता राष्ट्र हरुले आफ्नो अनुदान सहयोग न्युनिकरण गर्दै लगेका छन । २०० अरब भन्दा बढी बेरुजु भार कर दात ले ब्यहोरी राखेका छन । एक पछी अर्को सरकार फजुल खर्च गर्न प्रतिस्पर्धा गर्दै छन । युबा जन शक्ती जो राष्ट्र को उर्जा हुन , बौद्धिक बर्ग जो देश को मस्तिस्क हुन , प्राबिधिक बिज्ञ जो देश को यन्त्र हुन सबै पलायन भै राखेका छन । हतियार र युद्धरत्त समुह बाट प्रशिक्षित लडाकु जत्था को ब्यबस्थापन नगरि संबिधान सभा मा जाने तत्कालिन सरकार को अदुरदर्शी निर्णय को प्रतिफल आज देश असफल हुँदैछ । लडाकु र हतियार को ब्यबस्थपन नगरि संबिधान बन्नु र न बन्नु को कुनै औचित्य छैन । तोकिएको समय मा संबिधान नबन्ने निस्चित छ यस्तो सम्बेदनसिल अवस्था मा चर्किने जातिय , भाषिक संघर्श ले देश लाई नयाँ असफल राष्ट्र को सुचिमा हाल्ने निस्चित छ ।
dherai ramro lago. its going to happen very soon.
ReplyDelete