20091214

नेपाली राजदुत् डा. शंकर शर्मा र अबैतनिक महाबाणिज्यदुत प्रेमराजा महतको स्वागत अमेरिकामा यसरी गरियो


अमेरिका नेपाल सोसाइटी वासिंड.टन डीसीले डिसेम्बर १३ तारिख आइतबार एक कार्क्रमको आयोजना गरी नवनियुक्त राजदूत शंकर शर्मा (पीएचडी)को स्वागत गरेको छ । आरलिंड.टनस्थित स्थानीय पुस्तकालयमा सम्पन्न उक्त स्वागत कार्यक्रममा डीसी क्षेत्रमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पदाधिकारीहरुले पनि नवनियुक्त राजदूत शर्मालाई स्वागत गरेका थिए ।

त्यसैगरी आजै पेन्सिलभेनिया र मेरिल्याण्ड राज्यका लागि नेपाल सरकारका तर्फबाट नियुक्त गरिएका अवैतानिक वाणिज्यदूत गायक प्रेमराजा महतलाई सोही समारोहका बीच राजदूत शर्माले अवैतानिक बाणिज्यदूतका लागि प्रमाणपत्र प्रदान गर्नुभयो । ......

यो समाचारको बाँकी अंश, कार्यक्रमका बाँकी फोटो र भिडियो हेर्न यस् को ठीक तल Read More >> मा क्लिक गर्नुस्

राजदूत शर्माले नेपाली समुदायले आफूलाई गरेको यस स्वागत कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरुका लागि पनि आफूले गर्नुपर्ने सहयोग गर्न अझ हौसला मिलेको बताउँदै दूताबास नेपाली समुदायको साथमा छ भन्दै स्थानीय नेपाली समुदायको समेत सहयोग आफूले पाउने गरेको बताउनुभयो । आफूले अमेरिका आएपछि अमेरिकी विदेश विभागमा गएर अमेरिकामा बस्ने नेपालीहरुको समस्याहरुका बारेमा समेत अमेरिकी अधिकारीहरुसँग छलफल गरेको  र आफूले सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो तर के कुराका लागि अमेरिकी अधिकारीहरुसँग कुरा भयो भन्नेबारे राजदूत शर्माले बताउनुभएन । अमेरिकामा रहेका नेपाली समुदायले नेपालमा बन्न लागेको संविधानका लागि आ-आफ्ना सुझावहरु पठाउन आग्रह गर्दै त्यस्ता सुझावलाई नेपाल सरकारले पनि विशेष महत्वका साथ हेर्ने शर्माले बताउनुभयो । नेपालको सरकारी स्तरमा रहेर आफूले धेरै वर्ष काम गरिसकेको र नेपालका निजीक्षेत्रसँग पनि आफ्नो सम्बन्ध रहेकाले नेपालका लागि कस्तो कस्तो क्षेत्रमा लगानी गर्न सकिन्छ त्यसतर्फ आफूले सकेको सहयोग पुर्याउने बताउँदै अमेरिकामा रहेका नेपालीहरुले हाइड्रो पावर, पर्यटन लगायतका विभिन्न क्षेत्रमा लगानी गर्ने संभाव्यताहरु रहेको समेत बताउनुभयो ।
नेपालको पर्यटन विकासका लागि नेपाल दिनप्रतिदिन राम्रो अवस्थामा रहेको जानकारी दिंदै गत महिनामामात्र १९ प्रतिशतमा पर्यटकको वृद्धि भएको जानकारी दिनुभयो । अमेरिकी संचारमाध्यमहरुमा समेत नेपालको पर्यटन उद्योग व्यवसायका बारेमा राम्रो प्रचार गर्न सके अमेरिकी पर्यटकहरुमा वृद्धि हुने उहाँको धारणा रहेको थियो । राजदूत शर्माले नेपालसँग सम्बन्धित शान्ति प्रक्रिया, मानवअधिकार, आर्थिक अवस्था जस्ता कुनै पनि विषयमा जानकारी चाहिएमा दूताबासले उपलब्ध गराउने समेत उहाँले जानकारी गराउँदै डीसीमा आफूले सानो नेपाल नै पाएको र नेपालका विषयमा यहाँ रहेका नेपालीहरुले गरेका गुनासाहरुलाई आफूले मनन गर्दै अगाडि बढ्ने समेत उहाँले बताउनुभयो । राजदूत शर्माले सोही समारोहमा बाणिज्य दूत प्रेमराजा महतको कार्यकालको सफलताको कामना गर्दै आफूलाई विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले गर्नुभएको स्वागतका लागि हार्दिक धन्यवाद दिनुभएको थियो । नवनियुक्त बाणिज्यदूत गायक प्रेमराजा महतले आफूलाई नेपाल सरकारले दिएको यो अवैतानिक बाणिज्यदूतको पद अमेरिकामा रहेका आम नेपालीहरुको लागि दिइएको पद हो भन्दै यस समुदायको मायाकै कारण यो पद पाएकोमा खुशी व्यक्त गर्दै आउँदा दिनहरुमा समेत आफूले सकेको सहयोग नेपालका लागि हरतरहले गर्ने बताउनुभयो । कविन्द्र सिटौलाले स्वागत गर्नुभएको सो कार्यक्रममा डा. श्याम कार्की, अमेरिका नेपाल सोसाइटीका पूर्व उप-सभापति हेन्स स्वायर, अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्षहरु क्रमशः पद्युम्न राणा, राम मालाकार र विष्णु थापा त्यसैगरी अमेरिकी नेपाली संस्थाका वर्तमान अध्यक्ष सिमन ढुंगाना तथा पूर्व अध्यक्ष कृष्ण निरौला लगायत गिरीश पोखरेल, नगेन्द्र पौडेल, भीम रेग्मी, राम खरेल, रविना थापा, पारशमणि श्रेष्ठ, रामहरि सुवेदी, लक्ष्मण प्रधान, राजेश श्रेष्ठ, कमल भुसाल, धर्म विश्वकर्मा, सरोज खनाल तथा पुजा चन्द, गोविन्द गिरी प्रेरणा र रामप्रसाद खनालले समेत नवनियुक्त राजदू शर्माको कार्यकालको सफलताको कामना गर्नुभएको थियो ।
नेत्र घिसिड.द्धारा संचालित उक्त कार्यक्रममा प्रकाश नेपालले राजदूत शर्माको परिचयन गराउनुभएको थियो भने टिका पुन, खेम संग्रौला, मन्जु संग्रौला, तुंगनाथ उपाध्याय र बाणिज्य दूत गायक प्रेमराजा महत, अमेरिकीद्धय डेनियल र ताराले समेत आ-आफ्नो गीत संगीत प्रस्तुत गरेका थिए त्यसैगरी सानी बालिका आयुसा खनाले एक नृत्य प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा सबै आगन्तुकहरुलाई अमेरिका नेपाल सोसाइटीका सभापति तथा कार्यक्रमका सभापति खेम भट्टचनले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा डीसी स्थित नेपाली दूतबासका कर्मचारीहरु लगायत डीसी मेट्रो क्षेत्र (बाल्टिमोर, डीसी भर्जिनिया)का १ सय ५० जनाभन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो । अमेरिकामा सन् १९६७ मा स्थापना भएको अमेरिका नेपाल सोसाइटीले आफ्नो स्थापनाकालदेखि नै नेपालबाट नयाँ आउने राजदूतलाई स्वागत र सकेसम्म अमेरिकाबाट नेपाल जाने अमेरिकी राजदूतलाई समेत स्वागत गर्ने गरेको छ । त्यसैगरी आफ्नो कार्यकाल नै नसकी नेपालबाट फिर्ता बोलाइएका कतिपय राजदूतहरुको विदाइ समेत यस संस्थाले गर्दै आएको छ । ( यो समाचार र सबैभन्दा अन्तिमको एउटा फोटोको स्रोत नेपाली पोस्ट अरु सबै फोटो तथा भिडियो कमल भट्टराई तथा नेपाल मदर डट कम का आफ्नै हुन ) 













भिडियो हरु अप्लोड हुँदैछ केही समयमै तपाईंले हेर्न सक्नुहुनेछ । .........
 



 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 


 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 




 




 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक