20091201

माओवादीको केटी, रक्सी र पेस्तोल प्रेम, जनसेनाका कम्पनी कमान्डर प्रहरी खोरमा !!

- कुमार श्रेष्ठबाट
मादकदार्थ सेवन गरी महिलामाथि अभद्र व्यवहार गर्ने माओवादी जनसेनाका कम्पनी कमान्डर हतियारसहित बाँकेमा पक्राउ परेका छन्। रोल्पा दहवन शिविरका कम्पनी कमान्डर दीपेन्द्र शाही अन्मिनले टाँचा लगाएको चाइनिज पेस्तोलसहित कोहलपुर बसपार्कबाट पक्राउ परेका हुन्। शनिबार राति ९ बजेतिर मादकपदार्थ सेवन गरेर बसपार्कस्थित पानपसलमा एक महिलालाई ‘मसँग नास्ता खान जाऊ’ भनेका कमान्डर शाहीलाई महिलाका आफन्तले पक्राउ गरेर कोहलपुर प्रहरीलाई बुझाएको प्रत्यक्षदर्शीले बताए। महिलाका आफन्तले अभद्र व्यवहार गरेको भन्दै नियन्त्रणमा लिएपछि शाहीले पेस्तोल निकालेर आफू जनसेनाको कम्पनी कमान्डर भएको जानकारी दिएका थिए। तर, उनीसँग परिचयपत्र थिएन। नाइन एमएमको चाइनिज पेस्तोल
, २१ राउन्ड गोली र तीनवटा म्याग्जिन कमान्डर शाहीबाट बरामद गरिएको छ। उनले त्यतिबेला नै आफूले दिदीको घरबाट एक बोतल बियर खाएर आएको स्वीकार गरेको स्रोतले बतायो। प्रहरीले राति नै कोहलपुर मेडिकल कलेजमा लगेर स्वास्थ्य परीक्षण गर्दा डाक्टरले मादकपदार्थ सेवन गरेको पुष्टि गरेका थिए।
कोहलपुरबाट आइतबार बिहान जिल्ला प्रहरी कार्यालय नेपालगन्ज ल्याइएका शाहीका बारेमा बाँके प्रहरीले अति गोग्य राखेको छ। अन्मिनको टाँचा लगाएको हतियारसहित पक्राउ परेकाले ज्रि्रकामा अन्मिन प्रतिनिधि र माओवादीका ब्रि्रेड कमान्डर मिलन उनलाई छुटाउन लागिपरे पनि प्रहरीले मानेको छैन। ब्रि्रेड कमान्डर मिलन कमान्डर शाहीलाई छुटाउन रोल्पा शिविरबाट बाँके आएका हुन्। स्रोतका अनुसार गृह मन्त्रालयले शाहीलाई नछोड्न निर्देशन दिएको छ। शाही हतियारसहित पक्राउ परेको स्वीकार गरे पनि जिल्ला प्रहरी कार्यालय नेपालगन्जका निमित्त प्रमुख राजकुमार बैदावरले थप बताउन चाहेनन्। ‘शाहीका बारेमा थप अनुसन्धान भइरहेको छ। अहिलेलाई यति भन्छु’ -प्रहरी नायब उपरीक्षक बैदावरले भने। मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिनकरशमशेर जबराले घटनाको पुष्टि गर्नुबाहेक थप जानकारी आफूसँग नआइपुगेको बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक