20091208

माओवादीले हतियार बोकेर जङ्गल कब्जा गर्न हिंडेको खुमबहादुर खड्काको आरोप

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले एकीकृत नेकपा माओवादीले कब्जा गरेको सम्पत्ति विधिवत्रुपमा फिर्ता नगरेसम्म उच्चस्तरीय राजनीतिक संयन्त्र बन्नुको कुनै औचित्य नभएको बताउनुभएको छ। वीरगञ्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले यदि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइन्छ भने त्योभन्दा अघि नै माओवादीले हालसम्म सर्वसाधारण नागरिकको कब्जा गरेको सम्पत्ति फिर्ताको घोषणा गर्नुपर्दछ र सरकारले त्यसको उचित क्षतिपूर्ति दिनुपर्ने बतउनुभएको छ। नेता खड्काले एकीकृत माओवादीको अतिवाद र अन्य राजनीतिक दलहरूमा देखिएको अलमलले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमान के हुने हो भन्ने प्रश्न उठिरहेको चर्चा गर्दै यस्तो विषम परिस्थितिमा राष्ट्रप्रतिको दायित्वलाई सबैले इमान्दारीपूर्वक बहन गर्नुपर्दछ भन्नुभयो।

उहाले राजनीतिक दलहरूमा एकले अर्कालाई शङ्का गर्ने परिपाटीले पनि द्वन्द्वलाई बढाएको हुनाले यसको निकासका लागि सबै पक्षले १२ बँुदे सहमति र समझदारीलाई गम्भीर भएर पालना गर्नुपर्ने ......
आवश्यकता औँल्याउनुभयो। खड्काले माधव नेपालको नेतृत्वमा गठित वर्तमान सरकारलाई कुनै पनि हालतमा परिर्वतन गर्न नहुने बताउँदै यही सरकारले संविधान निर्माण गर्ने र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने दाबी गर्नुभयो।
शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन माओवादी लडाकुहरूको व्यवस्थापन, पुनःस्थापन र समायोजन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो–“शान्ति सुरक्षा र सुशासनका लागि सरकारले खुट्टा कमाउनुहुँदैन।
कैलालीको डुडेझारीमा वन अतिक्रमणको कारण घटेको घटना दुःखदायी हो तर राज्य र सरकारको दायित्व कानुनी शासनको पालना गराउनु पनि हो भन्नुभयो।
उहाले माओवादीले हतियार बोकेर जङ्गल कब्जा गर्न हिंडेको आरोप लगाउ147दै यदि कैलालीको डुडेझारी वनमा साच्चिकै सबै सुकुम्बासी हुन् भने एनेकपा माओवादी एक्लैले मात्र किन आन्दोलन गर्ने भनी प्रश्न गर्नुभयो।

नेपाली खाना सम्बन्धी पुस्तक पोर्चुगीस र ल्याटीन भाषामा प्रकाशन हुने ।
- भीम के सी कमल
  लिस्बन, ९ डिसेम्बर २००९
नेपाली खानाको बिश्वब्यापी प्रचारप्रसार, नेपाली परम्परागत भोजन एबं बाली प्रणाली तथा नेपाली खाद्य निर्माण प्रबिधिहरुको समुचित प्रचारप्रसार तथा नेपाली ब्यबशायीहरुको ब्यबशाय प्रबर्धनमा समेत सहयोग पुर्याउने उद्धेश्यका साथ पोर्चुगल नेपाल मैत्री संघका अध्यक्ष एबं गैर वासिय नेपाली संघ, पोर्चुगलका अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य मकर हमालको सक्रियता र पोर्चुगल नेपाल मैत्री संघको प्रकाशन समन्वयमा पोर्चुगीस र ल्याटीन गरि २ भाषामा सचित्र रंगीन कलेबरमा प्रकाशन हुन गैरहेको नेपाली खानाको पुस्तक प्रकाशनको तयारि अन्तिम चरणमा पुगेको छ।
उक्त पुस्तकमा परम्परागत नेपाली खाना, चाडपर्ब भोज भतेरमा तयार गरिने बिषेश खाद्य-परिकारहरु, जाती तथा समुदाय बिशेषका बिशिष्ठ खाद्य-परिकारहरु तथा पोर्चुगल र बांकि बिश्व भरि लोकप्रीय नेपाली मौलिक तथा संयोजीत (फ्युजन) खानाहरुको रेसीपि सहित सचित्र बिबरण प्रस्तुत गरिने जानकारी पुस्तक लेखनको अनुसंधान कार्यमा संलग्न भीम के सी कमलबाट प्राप्त भएको छ।
उक्त पुस्तकलाइ थप प्रभाबकारी बनाउनको निमित्त आफुसंग उपलब्ध भएमा नेपाली खाना सम्बन्धी सामग्रीहरु, रेसीपिहरु, तस्बिर (फोटो,स्केच) लगायत अन्य सामग्रीहरु इमेल (bhimkamal@gmail.com or jhalakkc@yahoo.com ) मार्फत उपलब्ध गराई पुस्तक प्रकाशनको होस्टेमा हैंसे गरि सहयोग पुर्याउन सम्बन्धित बिषय बिज्ञ, रेस्टुरेन्ट ब्यबशायीहरु तथा सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजु भाइहरुलाई मैत्री संघको तर्फबाट पोर्चुगल नेपाल मैत्री संघका सचिब झलक के सी ले हार्दिक अनुरोध गरेका छन।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक