20091102

वाईसीएल क्याम्पहरू र अन्य कतिपय माओवादी अखडाहरूमा रड, भाला, खुकुरी, लाठी र पिस्तोललगायतका हतियार जम्मा

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आन्दोलन शान्तिपूर्ण बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिइरहेकै बेला वाईसीएल क्याम्पहरूमा घरेलु हतियारको भण्डारण गरिएको छ। वनस्थली, मीनभवन, खोकनालगायतका वाईसीएल क्याम्पमा हातहतियार भण्डारण गरिएको सूचना सुरक्षा निकायसम्म पुगेपछि माओवादी आन्दोलन हिंसात्मक बन्ने पूर्वसंकेत देखिएको छ।  म्ााओवादीले आफ्नो अर्धसैनिक संगठन वाईसीएललाई आन्दोलनका अग्रभागमा राख्ने तयारी गर्नुले नै देश मुठभेडमा जान लागेको स्पष्ट भएको थियो। यसबीचमा वाईसीएल कार्यकर्ताहरूलाई हतियार चलाउनेसम्मका तालिम दिएको गोप्य सूचना सुरक्षा निकायमार्फत प्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री भीम रावलले समेत पाएको बताईन्छ। माओवादी आन्दोलन हिंसात्मक हुने आँकलन गरेर सरकारले पनि आफ्नो तयारी गरेको छ।  सरकारले पाएको गुप्तचरी रिपोर्ट र माओवादी सम्बद्ध स्रोतहरूका अनुसार आन्दोलनको पूर्वसन्ध्यामा वाईसीएल क्याम्पहरू र अन्य कतिपय माओवादी अखडाहरूमा रड, भाला, खुकुरी, लाठी र पिस्तोललगायतका हतियार जम्मा गरिएका छन्।
यद्यपि, माओवादी नेताहरूले भने यो भनाइलाई आन्दोलन उत्तेजित बनाउने दुष्प्रयास भनेका छन्।      
म्ााओवादी आन्दोलन हिंसात्मक बन्ने आँकलन सरकारले पनि गरिसकेको छ। काठमाडौं नाकाबन्दी गर्ने, स्वायत्त गणराज्यहरू घोषणा गरेर साइनबोर्ड टाँग्नेजस्ता कार्यलाई सरकार र सत्तारुढ दलहरूले असंवैधानिक तथा शान्ति सम्झौताविपरीत ठहर गर्दै त्यस्ता हर्कत गर्न नदिने निर्णय गर्नुले पनि अब मुठभेडको बाटोतर्फ देश अघि बढेको स्पष्ट संकेत गर्छ। माओवादीले कात्तिक २४ गते काठमाडौंलाई नाकाबन्दी गर्ने घोषणा गरेको छ। माओवादीको यो प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिन सरकारले सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको छ।
त्यस्तै, कात्तिक २६ र २७ गते लाखौं मान्छे उतारेर सिंहदरबार घेराउ गर्ने माओवादीको घोषणाले सरकार थप गम्भीर भएको छ। ''दुई दिनसम्म देशको केन्द्रीय सचिवालय घेराउ गर्न खोज्नुले माओवादीले मुठभेड नै चाहेको निष्कर्ष सत्तारुढ दलहरूले निकालेका छन्। सरकार कुनै पनि हालतमा उनीहरूलाई त्यसो गर्न दिँदैन। आवश्यक परे बल प्रयोग गर्नुपर्ने हुन्छ। माओवादीले हातहतियार पनि बोकेर हिँडेको सूचना पाइएकाले कठोर कदम चाल्न बाध्य हुँदैछौं,' सत्तारुढ दलहरूको बैठकमा गृहमन्त्री भीम रावलले भनेको यस कुराले पनि माओवादी आन्दोलन हिंसात्मक हुने देखिएको छ।
संविधान लेख्नका लागि अब सात महिनामात्र बाँकी छ। तर अहिलेसम्म दलहरूले संविधानको प्रस्तावनामा समेत सहमति जुटाउन सकेका छैनन्। माओवादीको आन्दोलनले सरकारलाई त अप्ठेरो पार्छ नै, संविधान निर्माणसमेत अवरुद्ध हुने निश्चित छ। समयमै संविधान नबन्नुको अर्थ शान्ति प्रक्रिया पनि भंग हुनु हो।- sanghu
<object width="445" height="364"><param name="movie" value="http://www.youtube.com/v/g4jUmqhy48U&hl=en&fs=1&border=1"></param><param name="allowFullScreen" value="true"></param><param name="allowscriptaccess" value="always"></param><embed src="http://www.youtube.com/v/g4jUmqhy48U&hl=en&fs=1&border=1" type="application/x-shockwave-flash" allowscriptaccess="always" allowfullscreen="true" width="445" height="364"></embed></object>

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक