20091109

माओवादीले सोमबार किरात गणराज्य घोषणा गरे पछि प्रधानमन्त्री नेपाललाई १०५ डीग्री ज्वरो


माओवादीको स्थानीय इकाईले सोमबार किरात गणराज्य घोषणा गरेको छ । उसले जाति, भाषा, संस्कृति र ऐतिहासिकताका आधारमा पूर्वका छ जिल्लालाई किरात गणराज्य घोषणा गरेको हो । खोटाङ सदरमुकाम दिक्तेलमा कार्यक्रम गरी विरोधस्वरूप साङ्केतिक किरात गणराज्य घोषणा गरेको हो । माओवादी किरात राज्य समिति इन्चार्ज तथा माओवादी पोलिटव्युरो सदस्य गोपाल किरातीले गणराज्यको घोषणा गरेका हुन् । जातीय सद्भाव र समानताको पक्ष्ामा लड्नेका लागि मात्रै किरात गणराज्य भएको बताउदै किरातीले भारतीय विस्तारवाद, सामन्ती, पुजीवादीका लागि किरात राज्यको ढोका बन्द हुने पनि चेतावनी दिए । गणराज्य घोषणा गरेपनि यसका पदाधिकारी भने चयन गरिएन । 'अहिले साङ्केतिक रूपमा मात्रै घोषणा गरेका हौं'- नेता किरातीले भने- 'केही समयपछि हामी पदाधिकारी पनि चयन गर्छौं ।' किरातीले किरात गणराज्य घोषणा खोटाङबाट गरिए पनि यसको राजधानी भने खोजी भइरहेको बताए । भोजपुरको पानधारेमा सम्भावित किरात गणराज्यको राजधानी हुनसक्ने उनले बताए । केन्द्रीय कार्यक्रम स्थगित गरिए पनि पार्टी अध्यक्ष् प्रचण्डसंग स्वीकृति लिएर मात्रै गणराज्य घोषणा गरिएको किरातीले बताए । 'टेलिफोन सम्पर्क भएको थियो' किरातीले भने- 'उहाँले घोषणा गर्नु भन्नुभयो ।' कार्यक्रममा माओवादीले निर्धारण गरेको किरात राज्यमा पर्ने पूर्वका खोटाङ, ओखलढुङ्गा, भोजपुर, सोलुखुम्बु, उदयपुर र संखुवासभाका माओवादी नेता कार्यकर्ता तथा सभासदहरूको उपस्थिति थियो । किरातीले पूर्वमा सशस्त्र विद्रोह गर्दै आएको किरात जनवादी वर्कस पार्टी र खम्बुवान मोर्चाले आतंक फैलाइरहेको प्रति आपत्ति जनाए । 'किरात राज्य खोजेका हौ भने यता आऔं, होइन भने जनताले ठीक गर्नेछन्' उनले भने । घोषणा गर्नुअघि गाउँ-गाउँबाट आएका र्‍यालीले बजार परिक्रमा गरेको थियो भने जिल्लाका रत्नपार्क, हाटडाडा र पञ्चमाविक्ष्ाेत्रबाट र्‍याली निकालिएको थियो । कार्यक्रममा अन्य दलहरूलाई भने निम्ता दिइएको थिएन ।

प्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ भएपछि बालुवाटारस्थित निवासमै आराम गरिरहेका छन् । उनलाई आइतवार साँझदेखि ज्वरो देखिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजालका अनुसार राती १०५ डीग्री पुगेको ज्वरो पुगेकोमा अहिले घटेर १०१ मा झरेको छ । ज्वरोका कारण काठमाडौं-निजगढ फाष्टट्रयाक सडकको उद्घाटनमा सहभागी हुन सकेनन् । रिजालका अनुसार आइतवार चार बजे प्रधानमन्त्री कै अध्यक्षतामा बसेको राष्ट्रिय परिचय-पत्र बनाउने सम्बन्धी बैठकमा उपस्थित रहेकै बेला ज्वरोले च्यापेपछि आरामका लागि निवास गएका थिए । उपचार डा. गुप्तबहादुर श्रेष्ठले गरिरहेका छन् ।  -कान्तिपुर/ डम्बरसिं राई

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक