20091130

कता लगिदैछ नयाँ नेपाल, हेरौ यि समाचार !

संघीय गणतन्त्र स्थापना हुनेछ : पुष्पकमल दाहाल
प्रधानमन्त्री मागेर माओवादीले लोकतन्त्रको खिल्ली उडाए : गृहमन्त्री
सरकारले माओवादीलाई वार्तामा बोलाउनुपर्छ : सुजाता कोइराला
जनतालाई दिग्भ्रमित बनाउने माओवादीको चालबाजी : शेरबहादुर देउवा
एमाले- कांग्रेस चैते गणतन्त्रवादी : कमल थापा
२४ वटै दललाई कापी र कलम : नेपाल पत्रकार महासङ्घ


                          माओवादीले घोषणा गर्न लागेको स्वायत्त गणराज्यको विरोध भइरहेको बेला अध्यक्ष पुष्पकमल दाहालले संघीयतामा जान नदिने चालबाजी भइरहेको बताएका छन्। अहिलेको सत्ता गठबन्धनलाई 'अस्वाभाविक' र 'अप्राकृतिक' भन्दै संघीय गणतन्त्रविरोधी भएको समेत दाबी गरे। 'अन्तरिम संविधानमा उल्लेख भइसकेको संघीय गणराज्यमा जान नदिन परोक्ष ढंगले चालबाजी भइरहेको छ,' लिम्बु जातिको चासोक इङ्नाम पर्वको अवसरमा संयुक्त लिम्बुवान मोर्चाले सोमबार राजधानीमा आयोजना गरेका चियापानमा उनले भने, 'तर उनीहरुको ती चालबाजीलाई जनताले सफल हुन दिने छैनन्।' कांग्रेस, एमाले लगायतका दलहरुले गणराज्य घोषणाले देशलाई मुठभेडतिर लाने आरोप लगाउँदै विरोध गर्दै....यो समाचारको बाँकी भाग र मेरी बास्सै  भिडियो हेर्न यस् को ठीक तल Read more >> मा क्लिक गर्नुस् .......
आएका छन्। तर माओवादीले दलहरु संघीयतामा जान आनाकानी गरिहेकाले दबाबस्वरुप घोषणा गर्न लागेको जनाएको छ। नेपाली कांग्रेसले अझ सम्म पनि राज्य पुनसंचरना समितिमा आफ्नो दलबाट संघीयताको खाका बुझाएको छैन। 'यो गठबन्धन अस्वाभाविक र अप्राकृतिक ढंगको छ। यो संघीय गणतन्त्रविरुद्ध परिलक्ष्यित छ,' उनले भने। सरकार र त्यसमा सहभागी दलहरु संघीयतामा जान नचाहे पनि जनतामा जातीय, लैंगिक, बर्गीय चेतना आइसकेकाले संघीय गणतन्त्र स्थापना हुने दाबी गरे। सहमतिबिना शान्तिप्रक्रिया निष्कर्षमा पुग्न सक्तैन भने नयाँ संविधान पनि सम्भव छैन। सोही कार्यक्रममा सभामुखले सबै दललाई मिल्न आग्रह गरेको प्रसंग कोट्याउँदै भने, 'सभामुखले भनेजस्तै हामी एकजुट होऔं र अगाडि बढौं।' राजनीतिक, जातीय र क्षेत्रीय आफ्नो अधिकारको पक्षमा सबैभन्दा जागरुक जाति भनेर लिम्बु जातिका मान्छेलाई फुरुङ पारे। माओवादी, नेपाली कांग्रेस, एमालेलगायतका दल निकट आधा दर्जन लिम्बु जातीय संस्थाहरुले आयोजना गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभा अध्यक्ष सुवास नेम्बाङले शान्तिप्रक्रिया र संविधान बनाउन सबै दलहरुलाई एक जुट हुन आग्रह गरे। निर्धारित समयमा संविधान दलहरु नमिले अहिले प्राप्त भएका उपलब्धीसमेत गुम्ने बताए। 'संविधान निर्माणमा एक जुट भएर अघि बढे मात्र समयमा पूरा हुन सक्छ,' उनले भने,'एक्लै हिंडे कहाँ पुगिन्छ भन्न सकिन्न। म सबै दलहरुलाई एक भएर अघि बढ्न आग्रह गर्छु।'

गृहमन्त्री भीम रावलले सडकमा प्रधानमन्त्री मागेर माओवादीले लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्।
उनले माओवादीले बहुमत पुर्‍याएर सरकार परिवर्तन गरे आफू फूलमाला लगाउन तयार रहेकोसमेत बताए। वर्तमान सरकार कसैको हुङ्कारले नढल्ने पनि उनले बताएका छन्। अनेरास्ववियु जिल्ला कमिटी दोलखा बुद्धिमान स्मृति प्रतिष्ठानको आयोजनामा सोमबारबाट सदरमुकाम चरिकोटमा सुरु भएको अन्तरमावि जिल्लास्तरिय पुरुष भलिबल प्रतियोगिताको उदघाटन गर्दै मन्त्री रावलले वर्तमान सरकार दक्षिण पन्थीको इसारामा चलेको भन्ने माओवादी आरोपको खण्डन गर्दै माओवादीको आँखामा वर्तमान सरकारप्रति दक्षिणपन्थी चश्मा लागेकोसमेत उनले आरोप लगाए। माओवादीले पुसदेखि घोषणा गरेको आमहड्तालको औचित्य नभएको मन्त्री रावलको भनाई थियो। उनले माओवादीले घोषणा गरेको कार्यक्रमले जनतालाई अफ्ठेरो पर्ने हुँदा त्यस्ता कार्यक्रम फिर्ता लिई सहमतिको मूलधारमा आउनसमेत माओवादीलाई आग्रह गरे। मन्त्री रावलले कृषि राज्य मन्त्री करिमा वेगमले गल्ती भयो भनेर सार्वजनिकरुपमा महसुस गरेकाले कारबाही नगरेकोसमेत बताए। “राजनीतिक तहको व्यक्तिले सार्वजनिकरुपमा गल्ती गरेको महसुस गरेकाले कारबाही प्रक्रिया अगाडि नबढेको हो”, उनले भने– कर्मचारीहरु असन्तुष्ट भएका कारण बेगमजीले थप केही सार्वजनिकरुपमा बोल्ने तयारी गर्नुभएको छ।

गृहमन्त्री रावलले सरकारले लागू गरेको विशेष सुरक्षा योजना प्रभावकारी रुपमा कार्यान्वयन गराइनेसमेत बताए। तराईका केही राजनीतिक दलले योजनाको विरोध गरेकोतर्फ इङ्गित गर्दै उनले सुरक्षा योजना कुनै व्यक्ति विशेष, वर्ग अथवा दलविरुद्ध नभई कानुन नमान्ने अपराधीविरुद्ध भएकोसमेत बताए। माओवादीले विभिन्न स्थानमा पछिल्लो समयमा गरेका धान लुट्ने लगायतका कामलाई केही दिनमै नियन्त्रण गर्ने नयाँ सोच गृह मन्त्रालयले ल्याउन लागेको उनले जानकारी दिए।
बुद्धिमान स्मृति प्रतिष्ठानकी अध्यक्ष एवम् संविधानसभाका सभासद् शान्ति पाख्रिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका युवा नेता एवम् पूर्व सांसद आनन्द पोखरेल, एमाले दोलखाका संयोजक शिव भण्डारी, नेपाली कङ्ग्रेस दोलखाका सचिव केशवराज चौलागाई, राप्रपाका तीर्थ केसी, अनेरास्ववियुका जिल्ला अध्यक्ष सन्तोष विमलीलगायतले बोलेका थिए। हेकिप्टरमा दोलखा आएका मन्त्री रावललाई माओवादी कार्यकर्ताले कार्यक्रमस्थलमा कालो झण्डा देखाएका थिए।

उपप्रधान एवम् परराष्ट्र मन्त्री सुजाता कोइरालाले एकिकृत माओवादीको साथ नलिई संविधान निर्माण गर्न र शान्ति प्रक्रिया सफल पार्न सम्भव नहुने बताएकी छन्। 'संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन माओवादीको साथ लिनैपर्छ', मन्त्री कोइरालाले भनिन्- उहाँहरू (एमाओवादी) उच्चस्तरीय राजनीतिक संयन्त्रमा संलग्न हुनुभयो भने (मुलुकलाई) राम्रो हुन्छ। सरकारले माओवादीलाई वार्तामा बोलाएर गतिरोध अन्त्य र राजनीतिक सहमतिका लागि पहल गर्नुपर्ने उनले सुझाव दिइन्। भनिन्- सबैभन्दा पहिले सरकारले माओवादीलाई वार्तामा बोलाउनुपर्छ।' मन्त्री कोइराला सिङ्गापुरमा कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच 'सत्तापलट–सहमति' प्रकरणबारे संवाददातासँग बोल्दै थिइन्।

राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले एमाले- कांग्रेस चैते गणतन्त्रवादी रहेको आरोप लगाएका छन्। आज वीरगंजमा सम्पन्न राप्रपा नेपालको तराइ मधेश राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहांले नेपाली कांग्रेस पथभ्रमित भएको छ। कांग्रेस विपीको विचारधारबाट अलग हिडिरहेको छ। यदी विपीको विचारधारामा नहिड्ने हो भने राप्रपा नेपालले बिपीको विचारलाई लिएर हिड्न तयार रहेको बताए।
उनले भने -तराइबासीहरुले राजा नहुंदा देश अभिभावक विहिन भएको महसुस गरेका छन् भने बाहिरी शक्ति र पैसाको कारण दलहरुले हिन्दूत्वको पहिचान मेटाउन खोजेका छन्। मधेशीको भावना, हिन्दूत्वको लागि आन्दोलन गर्न राप्रपा नेपाल तयार रहेको र आन्दोलनको घोषणा गरिसकेको अध्यक्ष थापाले बताए।
आन्दोलनको कार्यक्रम अनुसार माघ १० गतेदेखि १२ गतेसम्म खबरदारी सभा, माघ १३ गते उपत्यका बन्द, १४ गते सिंहदरबार घेराउ गर्ने रहेको बताए। उनले २०४७ सालको संविधान बनाउने कांग्रेस र एमाले आफैले संविधान नमान्नु भनेको जनतालाई धोका दिनु रहेको आरोप लगाए।
अध्यक्ष थापाले आफूलाई मधेशको मसिहा ठान्ने मधेशवादी दलका नेताहरु चप्पल लगाउन नजान्नेहरु रातारात करोडपछि भएका छन् भने जनता भने जहांको त्यही रहेको बताए। आफूलाई प्रमुख दल भन्ने कांग्रेस, एमाले, माओवादीका कारण समयमा संविधान लेखिने कुरा क्षिण भएको बताए।
समयमा संविधान लेखिएन भने संवैधानिक रिक्तताको फाइदा उठाउंदै माओवादी र राज्य बीच झडप हुने र देश गृहयुद्धमा फस्ने आशंका व्यक्त गरे।

नेपाली काङ्ग्रेसको वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादी संविधान बनाउने काममा भन्दा गणराज्य घोषणा गर्ने आन्दोलनको धम्की दिएर देशमा मुठभेडको राजनीति गर्न चाहेको आरोप लगाउनुभएको छ। सुनसरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले गरिएको पत्रकारसम्मेलनमा उहाँले माओवादीले चालेको गणराज्य घोषणाको आन्दोलन अन्य दलका लागि आपत्तिजनक छ भन्नुभयो।
अन्तरिम संविधानले नै देशलाई सङ्घीय लोकतान्त्रिक गणराज्यमा लैजाने व्यवस्था गरिसकेको अवस्थामा राजनीतिक अस्थिरता सिर्जना गरी आमनेपाली जनतालाई दिग्भ्रमित बनाउने माओवादीको चालबाजी रहेको टिप्पणी गर्दै नेता देउवाले यो राजनीतिक बेइमानी भएको बताउनुभयो।
सिङ्गापुर वार्ता प्रसङ्गमा उहाँले नेपाली सञ्चारमाध्यममा जुन ढङ्गबाट कुरा बाहिर आएको छ, त्यो त्यस्तो नभएको स्पष्ट पार्दै पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले पहिलेदेखि नै उठाउँदै आउनुभएको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने कुरामात्र भएको दाबी गर्नुभयो।
प्रधानमन्त्री फेर्ने र राष्ट्रपति परिवर्तन गर्ने कुरा कल्पनासम्म गर्ननसकिने विषय भएको बताउँदै नेता देउवाले सञ्चारकर्मी र पत्रपत्रिकाले बढी कुरा उचालेर राजनीतिक वृत्तमा गलत सन्देश प्रवाह गरिरहेको उल्लेख गर्नुभयो।
माओवादी जनमुक्ति सेनाको व्यवस्थापन संविधान बन्नु अगावै सक्नुपर्ने जिकिर गर्दै उहाँले माओवादी जनमुक्ति सेनाको समायोजन र प्रमाणीकरणमा नपरेकाहरुलाई वहिर्गमन गराउने विषयमा माओवादीले नचाहेको पनि स्पष्ट गर्नुभयो।
वर्तमान राजनीतिक अन्योलको निकास कसरी निकाल्न सकिन्छ भन्ने प्रश्नको जवाफमा नेता देउवाले सबै राजनीतिक दलका शीर्ष नेताहरु बसेर एक आपसमा सहमति र सहकार्यको बाटो पहिल्याउनसकिने तर्क अघि सार्नुभयो।
नेता देउवाले संविधान निर्माण गर्ने कार्यमा माओवादीले केही लचकता देखाएर नआए इतिहासमा उसको राजनीतिक छवी राम्रो नहुनेसमेत स्पष्ट गर्नुभयो।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादी संविधान बनाउने काममा भन्दा गणराज्य घोषणा गर्ने आन्दोलनको धम्की दिएर देशमा मुठभेडको राजनीति गर्न चाहेको आरोप लगाउनुभएको छ।
सुनसरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले गरिएको पत्रकारसम्मेलनमा उहाँले माओवादीले चालेको गणराज्य घोषणाको आन्दोलन अन्य दलका लागि आपत्तिजनक छ भन्नुभयो।
अन्तरिम संविधानले नै देशलाई सङ्घीय लोकतान्त्रिक गणराज्यमा लैजाने व्यवस्था गरिसकेको अवस्थामा राजनीतिक अस्थिरता सिर्जना गरी आमनेपाली जनतालाई दिग्भ्रमित बनाउने माओवादीको चालबाजी रहेको टिप्पणी गर्दै नेता देउवाले यो राजनीतिक बेइमानी भएको बताउनुभयो।
सिङ्गापुर वार्ता प्रसङ्गमा उहाँले नेपाली सञ्चारमाध्यममा जुन ढङ्गबाट कुरा बाहिर आएको छ, त्यो त्यस्तो नभएको स्पष्ट पार्दै पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले पहिलेदेखि नै उठाउँदै आउनुभएको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने कुरामात्र भएको दाबी गर्नुभयो।
प्रधानमन्त्री फेर्ने र राष्ट्रपति परिवर्तन गर्ने कुरा कल्पनासम्म गर्ननसकिने विषय भएको बताउँदै नेता देउवाले सञ्चारकर्मी र पत्रपत्रिकाले बढी कुरा उचालेर राजनीतिक वृत्तमा गलत सन्देश प्रवाह गरिरहेको उल्लेख गर्नुभयो।
माओवादी जनमुक्ति सेनाको व्यवस्थापन संविधान बन्नु अगावै सक्नुपर्ने जिकिर गर्दै उहाँले माओवादी जनमुक्ति सेनाको समायोजन र प्रमाणीकरणमा नपरेकाहरुलाई वहिर्गमन गराउने विषयमा माओवादीले नचाहेको पनि स्पष्ट गर्नुभयो।
वर्तमान राजनीतिक अन्योलको निकास कसरी निकाल्न सकिन्छ भन्ने प्रश्नको जवाफमा नेता देउवाले सबै राजनीतिक दलका शीर्ष नेताहरु बसेर एक आपसमा सहमति र सहकार्यको बाटो पहिल्याउनसकिने तर्क अघि सार्नुभयो।
नेता देउवाले संविधान निर्माण गर्ने कार्यमा माओवादीले केही लचकता देखाएर नआए इतिहासमा उसको राजनीतिक छवी राम्रो नहुनेसमेत स्पष्ट गर्नुभयो।

नेपाल पत्रकार महासङ्घले तोकिएको समयभित्र संविधान लेख्न दबाब दिने उद्देश्यले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत २४ वटै दललाई कापी र कलम बुझाएको छ। महासङ्घका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, बबरमहल पुगेको पत्रकारको टोलीले सहायक प्रजिअ तेजप्रसाद पौडेलमार्फत ती सामग्री बुझाएको हो।
टोलीमा महासङ्घका उपाध्यक्ष गोविन्द आचार्य, महासचिव पोषण केसी, कोषाध्यक्ष रमेश विष्ट, सचिव रामजी दाहाल, नेपाल प्रेस युनियनका उपाध्यक्ष दामोदर दवाडी, काठमाडौँ शाखाका अध्यक्ष युवराज विद्रोहीलगायतका सञ्चारकर्मीको सहभागिता थियो। अध्यक्ष झाले संविधान बनाउन दलहरूबीच अहिलेसम्म एकमत नदेखिएकाले पछि थप समस्या आउने ठानेर दलहरूको ध्यानाकर्षण गराउन ती सामग्री बुझाइएको बताउनुभयो। सहायक प्रजिअ पौडेलले समयमै संविधान बन्नु आम नागरिकको चासो र हितको विषय भएकाले ती सामग्री गृहमन्त्रालयमार्फत छिट्टै दलहरूको संसदीय दलको कार्यालयमा पठाइने प्रतिबद्धता जनाउनुभयो।
'शान्ति, सहमति र संविधान : नेपाल पत्रकार महासङ्घको अभियान' भन्ने नाराका साथ दबाबमूलक कार्यक्रममा उत्रिएको महासङ्घले आज देशभरिका सबै जिल्ला प्रशासन कार्यालयमा कलम र कापी बुझाएको छ।
निर्धारित समयमा नै संविधान बनाउन आग्रह गर्दै महासङ्घले यही मङ्सिर १७ गते सबै दलको सहभागितामा अन्तर्क्रिया गर्ने र मङ्सिर १० गतेदेखि सुरुगरेको हस्ताक्षर सङ्कलनलाई २३ गतेसम्म जारी राखी मङ्सिर २४ गते संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई बुझाउने भएको छ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक