20091107

माओवादीसँग घुँडा टेक्नु भनेको नेपालको भाबी पुस्तालाइ अन्धकार मा लैजानु हो : रक्षामन्त्री

लौ हेरौ हामीलाई कस्ले रोक्दो रहेछ ! सेना तिनका बाउको बिर्ता हो र ? : पुष्पकमल दाहाल


नागरिक सर्वोच्चताको नाम दिएर आन्दोलन थालेको एकीकृत नेकपा माओवादी लचिलो बन्दै गएको समयमा रक्षामन्त्री विद्यादेवी भण्डारीले भने माओवादीमाथि संसद् अवरुद्ध गरेको आरोप लगाउनुभएको छ। उहाँको अभिव्यक्तिले माओवादी आन्दोलन दबाउन सरकारले सेनापरिचालन गर्नसक्ने बुझिन्छ। शनिबार एक कार्यक्रममा बोल्दै रक्षामन्त्री भण्डारीले माओवादीले संसद् अवरुद्ध गरेर मुलुकमा युद्ध निम्त्याउन खोजेको आरोप लगाउनुभएको हो। उहाँले संसद अवरुद्ध गरेर नागरिक सर्वोच्चता कायम हुँदैन भन्दै माओवादीले मुलुकलाई मुठभेडतर्फ लान खोजेको समेत बताउनुभयो। माओवादीले मुलुकलाई मुठभेडतर्फ लान खोजेको आरोप लगाउँदै उहाँले सरकारले समेत त्यसको प्रतिकार गर्ने बताउनुभएको छ। यद्यपि रक्षामन्त्री भण्डारीले अनुरोधात्मक शैलीमा माओवादीलाई मुलुकलाई मुठभेडतर्फ नलैजान आग्रह गर्नुभएको छ। तर उसले आफ्नो कार्यक्रम रोकेर संसद् सुचारु नगरे सरकार पनि चुप लागेर नबस्ने आशय व्यक्त गर्नुभयो।
विशालनगर पुस्तकालय, हाँडीगाउँको ४८ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले सडक आन्दोलन गर्ने, गणराज्य घोषणा गर्ने, प्रशासन कार्यालय घेराउ गर्ने जस्ता माओवादी क्रियाकलापले सहमति र सम्झौताहरू तोडेको..... यो समाचार को बाँकी अँस र शेखर ढुङेल को समसामयिक् लेख हेर्न  यस् को ठीक तल Read more >> मा क्लिक गर्नुस्  
बताउँदै माओवादीले सम्झौता उल्लङ्घन गरे सरकारले पनि त्यसलाई मानिरहन सक्दैन भन्नुभयो। उहाँको यस अभिव्यक्तिले यसअघि चर्चामा आएको सेनापरिचालनसम्बन्धी अभिव्यक्तिको पुष्टि गरेको छ। माओवादीले आफ्ना आन्दोलन फिर्ता नगरी सडकप्रदर्शनतर्फ लागे सरकार समेत प्रतिकारमा उत्रनसक्ने चेतावनी उहाँको अभिव्यक्तिमा पाइन्छ। उहाँको कथन थियो, अनावश्यक विषयमा बखेडा झिक्ने माओवादीसँग सम्झौता गरेर सरकारले भावी पुस्ताका लागि विषवृक्ष रोप्दैन र लोकतन्त्र र राष्ट्रियताप्रति सम्झौता गर्दैन। रक्षामन्त्री भण्डारीले माओवादीलाई सहमति र सहकार्यको राजनीतिलाई अगाडि बढाउन आग्रह पनि गर्नुभयो।

एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले स्वायत गणराज्यको घोषणा कार्यक्रममा कसैको दवावमा नभई तयारी नपुगेकाले स्थगित गरेको बताएका छन, 'कसैको दवावमा हैन , तयारी नपुगेर गणराज्य घोषणा कार्यक्रम रोकेका हौ ', उनले थपे - 'सरकार गभिर नभए अर्को चरणको आन्दोलनमा राज्य मात्र हैन , स्वायत सरकारको समेत घोषणा गर्ने छौ। 'एकिकृत माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तीकारी)को राष्ट्रिय सम्मेलन शनिबार वीरगन्जमा उद्‌घाटन गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टीले थालेको आन्दोलनलाई दमन गर्ने चेष्टा गरे त्यसबाट उत्पन्न हुने आँधिवेहरीले बर्तमान सरकारका सवैखाले सपना चकनाचुर पारिदिने बताए। अध्यक्ष दाहालले आन्दोलनलाई सेना लगाएर दवाउने केहि मन्त्री तथा नेताको अभिव्यक्तिलाई मूर्ख्याईको सँज्ञा दिए। आफ्नो चिरपरिचीत शैली उनले वीरगन्जमा पनि दोहोराए। 'सेना प्रयोग गरेर आन्दोलन दमन गर्ने भन्ने पनि सुनेको छु ', आक्रोस पुर्ण स्वरमा उनले् भने - 'सेना तिनका वाउका विर्ता हो ।'

विगतका दिनमा आफ्ना टाउकोको मूल्य तोक्नेले अहिले पुन त्यस्तो धम्की दिन थालेको बताउदै दाहालले यसबाट आफूहरु रत्तीभर नडराउने बताए। 'हाम्रो जिवन त नाफाको जिवन हो ', उनले भने - 'परि आए फेरि संघर्षमा होमिन तयार छौ।'
आफ्नो भाषणको क्रममा अध्यक्ष दाहालले अधिकासं समय नेपाली कांग्रेस र एमालेको आलोचनमा विताए। सुरुका दिनमा संघियताको विरोध गर्ने यी दलले अहिले सरकार हाक्नु विडम्बनापूर्ण बताउदै यिनलाई सघाउने हालका मधेशी दलसंग समेत उनले गुनासो पोखे। 'मधेशको हक अधिकारको लागि लड्ने माओवादी पार्टीलाई पाखा लगाएर केही मधेशी दल सत्ताको मज्जा लुटेर बसेका छन् ', उनले भने -'समावेशी विधेयकको समेत विरोध गर्नेसँग टाँसिदा ती मधेशवादी दललाई लाज लाग्नु पर्ने हो।'भाषणको क्रममा अध्यक्ष दाहालले उपेन्द्र यादव तर्फ भने खुवै साहानुभुति देखाए। मधेशी जनअधिकार फोरमलाई सरकारले पुनः फोड्ने तयारीमा रहेको दावी गरे। 'उपेन्द्र जीलाई सत्त्तामा जान नत्र पुन पार्टी विभाजन भोग्न विभन्न तिरबाट दवाव आईरहको छ ', उनले भने - 'मलाई उपेन्द्र जी थाक्नु होला भन्ने डर लाग्छ।'

माओवादी अध्यक्ष दाहालले देशी विदेशी सवै मिलेर माओवादीलाई एक्लाउने प्रयासमा लागेको समेत बताए। 'उपेन्द्र यादब माओवादीसँग मिल्ला भन्ने सवैलाई डर लागेको छ', उनले थपे - 'त्यसैले उनलाई विभिन्न खाले दवाव दिन थालेका छन्।'संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको बारेमा हालै दिएको प्रतिक्रियालाई सरकार समर्थित दलले विरोध गर्नुको कुनै औचित्य नरहेको उनले बताए। सवै देशको साझा संगठनका अध्यक्षले बोलेको कुरालाई राजनीतिक हस्तक्षेप देख्ने तर अन्य वाह्य शक्तिले सरकार परिवर्तन गराउने खेल खेल्दा भने् चुप लाग्ने बर्तमान सरकार लाचार सरकार रहेको उनको टिप्पणी थियो। हारेका व्यक्तिहरुको बर्तमान सरकारले संविधान बनाउने अधिकार नभएको भन्दै दाहालले राष्ट्रिय सरकारको विकल्प नरहेको बताए।



यिनीहरूको डर, धम्की, सान्, रबाफ र फुर्तीका अघि कसैको केही लाग्दैनथ्यो

एक समय यस्तो थियो, यिनीहरूको खबर नभएको कुनै अखबार फेलापर्दैन'थ्यो । जनता यिनीहरूसँग त्राहिमाम थिए । यिनीहरूको डर, धम्की, सान्, रबाफ र फुर्तीका अघि कसैको केही लाग्दैनथ्यो । अहिले त्यसमा केही कमी मात्र आएको हो । कहिले उनीहरू क्याम्पसमा नांगा खुकुरी देखाएर विद्यार्थी लखेट्छन् । कहिले अरूको खुट्टै काटिदिन्छन् । एकले अर्कालाई मार्न पनि यिनीहरू पछि परेका छैनन् । कहिले कसको खुट्टो काटिन्छ, कहाँ झडप हुन्छ त्यो उनीहरू आफैँ पनि अनुमान लाउन सक्दैनन् । सान, फुर्ती, दादागिरी जे छ देशमा अचेल यिनीहरूकै छ ।
दुवै संगठनका माउहरूलाई यहाँ दादागिरी थाहा छ । मान्छे कसरी ठीक पार्ने, थाहा छ । मान्छेलाई कसरी तह लगाउने, त्यो थाहा छ । मुक्का, लठ्ठी, डन्डी वा यस्तै अरू कुराको तीव्र स्पर्स कसरी गराउने त्यो थाहा छ । आउनूस्, देशको यति शक्तिशाली यी दुई संगठनका माउलाई भेटौँ । कस्ता छन् र के गर्दै छन् अचेल ? के भन्छन् ? के चाहन्छन् ?

बागबजारको उत्तरी कुनो । नजिकैको टुँडिखेलमा माओवादीको नागरिक सर्वोच्चताको मागको नाराले नाघेको नाघेकै छ आकाश । लाग्छ, उनीहरूको आवाज जति नै माथि पुगे पनि त्यसले निर्धा मनको हुर्मत भने सधैँ लिइरहेकै छ । सधैँ बागबजार चोकमा जुत्ता टल्काएरै बस्ने दोलखाका गोरेबहादुर सार्की सधैँभरि त्यही चोकमा उसैगरी बसेका भेटिन्छन् । जनजीविकाबारे बोल्ने स्वप्नद्रष्टाका चखिला भाषण उनले बिर्सेका छैनन् । पसिना चुहिन्छ घरी-घरी । ती सबलाई थाति राख्छन् उनी । सडकमै जोडिएको यो जुत्ता टल्काउने पसलसाथ प्रजातन्त्रको युद्धमा आफूलाई उत्सर्ग गर्न पनि बिर्सेनन् उनले ।
गोरेबहादुरको पसलसँगैको ठूलो होटलमा भेटिए महेश बस्नेत । अर्थात् युथफोर्सका अध्यक्ष । उनी यति शान्त, भद्र र सामान्य थिए जसमा उनी वाइसिएलसँग प्रतिरक्षामा उत्रेका युवादस्ताको मुख्य मान्छेजस्तो लाग्ने कुनै पनि चिह्न थिएन । युथफोर्सले जनतालाई कति दुःख दिन सकेको ? मेरो पहिलो प्रश्न थियो । 'हामीले कहाँ दुःख दिनु ? हामीले दुःख दिएका छैनौँ । हामीसँग बद्मास, चोर, डाँका, फटाहा, जाली, तस्करहरू मात्रै आत्तिएका हुन्,' एक चिसो दिन युथफोर्स अध्यक्ष बोल्छन्, 'वाइसिएल आत्तिएको छ हामीसँग । जनता आत्तिएका छैनन् । जनताले त युथफोर्सलाई आफ्नै मुटुमा राखेका छन् । हामीले कसैलाई दुःख दिएका छौँ भने अराजक गुन्डालाई मात्र ।'
वाइसिएलको गुन्डागर्दी र आतंक साह्रै बढेपछि त्यसलाई मत्थर पार्न युथफोर्स गठन भएको माउ पार्टी एमालेले बताएको थियो । पछिल्लो एक वर्षमा के छ त प्रगतिविवरण ? वाइसिएल तह लागे त ? 'बितेको एक वर्षमा वाइसिएलको आतंक पूरै घटेको छ,' ०६५ जेठ २१ गते युथफोर्स गठन भएपछिका आफूले गरेको प्रगतिविवरण सुनाउँछन् उनी, 'उनीहरूले आफूलाई सच्याएका त होइनन् । युथफोर्सदेखि काँपेका हुन् । माओवादीलाई युवा हाम्रा मात्र छन् भन्ने भ्रम थियो । हामीले देखायौँ युवा हाम्रा पनि छन् । अझ उनीहरूभन्दा धेरै छन्, हामीसँग ।'
अन्तर्वार्ताका लागि नयाँ पत्रिका कार्यालयमै आइपुगेका गणेशमान पुन पनि उत्तिकै भद्र, सामान्य छन् । 'असामान्य चर्चा पाइरहेको युवादस्ता -वाइसिएल) का प्रमुख' जस्तो लाग्दैनन् उनी । होचो कद र सामान्य लवाइखवाइमा भेटिएका उनलाई पनि लाग्छ, वाइसिएलले जनताको सेवा नै गरिरहेको छ । 'जनता हामीसँग निकै खुसी छन् । हामीसँग अराजक गुन्डा र अपराधी पो डराउँछन् त । जनताले त हामीलाई मनैमा राखेका छन्,' उनले सुनाए, 'कुन्डले, मन्डले, चोर, डाँकाहरू पो हामीसँग डराएका छन् त । युथफोर्समा सामन्त, तस्कर, फटाहा, जाली मात्र छन् । त्यसैले उनीहरू हामीसँग डराएका हुन् ।' दुवै संगठनका माउहरूको उस्तै जवाफ थियो ।
त्यसोभए वाइसिएलले के अर्थ राख्छ जनतालाई ? 'वाइसिएल शक्ति हो जनताको । प्रतिगामी चरित्रलाई परास्त गर्न बनेको हो हाम्रो संगठन । जुनैवेला पनि जनताका लागि लड्छौँ, हामी । रगत, पसिना बगाउनेहरूको विरुद्ध लाग्नेलाई छाड्दैनौँ,' उनको जवाफ थियो । वाइसिएल अध्यक्षलाई के लाग्छ, कस्ता छन् युथफोर्सहरू ? 'हामीलाई परास्त गर्न युथफोर्स गठन भएको हो । युथफोर्समा पेसेवर गुन्डा मात्रै छन्, जनतालाई दुःख दिनेहरू छन् । संविधानसभा चुनावअघि दुलोमा बसेर खानेहरूले पछि त्यो दस्ता निर्माण गरे । अग्रगमनलाई सिध्याउने लक्ष्य हो युथफोर्सको,' उनले सुनाए, 'युथफोर्स भनेको वाइसिएलको डाहाले जन्मिएको हो । उनीहरू आतंक मच्चाउन र पेसेवर गुन्डाको ग्याङ मात्र भेला भएका हुन् ।'
आतंक त वाइसिएलले पनि मच्चाउँछन् । मान्छे वाइसिएलले पनि कुट्छन । गुन्डाजस्ता लाग्ने मान्छेहरू वाइसिएलमा पनि छन् । के फरक छ, वाइसिएल र युथफोर्समा ? 'वाइसिएल परिर्वतनको वहाव हो । हामी त परिवर्तन चाहने शक्ति हो । युथफोर्सचाहिँ झगडा गर्न मात्रै जन्मेको हो । हामी अग्रगामी चेतनासहित लड्छौँ । युथफोर्स अग्रगामी शक्तिको विरुद्ध लड्छ,' पुन भन्छन्, 'वाइसिएललाई जनताले मुटुमै ठाउँ दिएका छन् । युथफोर्सलाई छीःछी र दुरदुर गर्छन् जनता ।' युथफोर्स अध्यक्षको आँखामा उनीहरू दुईबीचको फरक यस्ता छन्, 'युथफोर्स कानुनी राज्यको विद्रोही होइन । हामीले वाइसिएलजस्तो दादागिरी देखाएनौँ । हामीले कहिले पनि जनतालाई दुःख दिएनौँ । उनीहरूजस्तो हातहतियार प्रदर्शन गरेनाँै । क्रान्तिका नाममा चन्दा संकलन गरेनौँ । हामी उनीहरूभन्दा विल्कुलै भिन्न रूपमा प्रस्तुत भयौँ ।'
युथफोर्स अध्यक्षलाई वाइसिएल कस्तो लाग्छ ? 'उनीहरू जनतालाई दुःख दिन जन्मेका हुन् । उनीहरूले खुब कुटे जनता । धेरै त्रसित भए । उनीहरूले प्रतिगामी चरित्रलाई सहयोग गर्छन् । हाम्रो संगठन गठन भएपछि उनीहरूले आतंक मच्चाउन पाएका छैनन्,' महेशले सुनाए । गणेशमान हेरीकन महेशले वाइसिएललाई उत्ति गाली गरेनन् । कुराकानीमा पनि महेश निकै भद्र देखिए ।
'युथफोर्सले वाइसिएलको खुब रिस गर्‍यो' भन्ने गणेशमान र 'फेरि झडप नहोस् भन्नाका खातिर वाइसिएलसँग लडेका हौँ' भन्ने महेशबीच भेटघाट, चिनजान वा एकअर्कामा बोलचाल छ कि छैन होला ? 'उनीहरू नसुधि्रएसम्म हामी नजिक पर्दैनौँ,' गणेशमानको उत्तर थियो । यता महेश भन्दै थिए, 'केही कार्यक्रममा देखेको छु । केहीपटक हात पनि मिलाएको छु ।' पछि थाहा लाग्यो, उनीहरूबीच अहिले बोलचाल पनि रहेनछ ।
उनीहरूलाई कोही मान्छे 'खराब' लाग्यो भने, 'बद्मास' लाग्यो वा 'बद्मास' भनेर उजुरी पर्‍यो भने उसले जीवनभरि 'कम्युनिस्ट' नामधारी केटाहरूसँग तर्सिरहनुपर्छ होइन र ? 'कोही खराब लाग्यो वा कसैविरुद्ध उजुरी पर्‍यो भने पनि हामी भौतिक कारबाही गर्दैनौँ । राज्यको निकायमा लैजान्छौँ । आफैँ आक्रमण गर्दैनौँ । राज्यलाई कारबाही गर्न सहयोग गर्छौं,' महेश बस्नेतको उत्तर थियो । उही प्रश्न थियो, गणेशमान पुनलाई । के भन्छन् उनी ? 'कोही मान्छे खराब लाग्दैमा कुटिहालिँदैन । त्यसको यथार्थ चित्र के हो त्यो बुझन्िछ । पुलिस, प्रशासनलाई खबर गछौर्ं, बुझाउँछौँ । सक्रियतापूर्वक कानुनलाई बुझाउने काम गर्छौं ।'
त्यसोभए यत्तिका मान्छेले वाइसिएल, युथफोर्सको कारण दुःख पाएको के त ? के यिनीहरूका आँखाले जनताले आफ्ना कारणले पाएको दुःख देखेका छैनन् ? 'कहीँ-कहीँ हाम्रा कारणले पनि दुःख पाएका हुन सक्छन् । हामी सच्याउँदै छौँ,' युथफोर्सका महेशको उत्तर थियो । 'हाम्रा कारणले कतै दुःख पाएका छन् भन्ने म मान्दिनँ । हामीले अहिलेसम्म कसैलाई दुःख दिएका छैनौँ,' गणेशमान पुनले भने ।
िि
िउनीहरूले आफ्नो र अरूको संगठनबारे जे-जस्तो भने पनि एउटा समानता छ, त्यो के भने उनीहरू दुवै कम्युनिस्ट हुन् । दुवैजना निम्नमध्यमवर्गीय किसानका छोरा । आफ्नो संगठनका सदस्य संख्या पनि दुवै बराबर भएको दाबी गर्छन्-आठ/दस लाख । दुवैजना सुधारवादी गीत रुचाउँछन् । दुवैको रुचि पनि लगभग मिल्छ । दैनिकी पनि उस्तै छ । बिहान उठ्ने समय उही, काम गर्ने तरिका उही । फरक के छ ? 'हामीसँग विचार र एकता छ,' महेशले भने, 'वाइसिएलले बन्दुक लुकाएका छन् । लाठी र अरू हतियार त कति-कति ।'
झन् वाइसिएलसँग त हतियार छ भन्ने आरोप नै लागेको छ । कति छन् कमरेड हतियार ? 'कहाँ, हामीसँग हतियार छ र ? लडाकु मिलिसियाहरू शिविरमै छन् । हाम्रो पूरै पार्टी नै जनयुद्धमा लागेकाले हाम्रा कमरेडहरूसँग युद्ध सीप हुनु स्वाभाविक हो । यत्तिकै भरमा लडाकु भन्न मिल्दैन । अब तिनलाई विकास निर्माणको काममा लगाइन्छ । युथफोर्सले हतियार नराखे पनि कुन्डले, मन्डले पालेको छ । पेसेवर गुन्डाको ग्याङै भएपछि किन हतियार राख्नुपर्‍यो ?' गणेशमानले भने, 'युथफोर्स यथास्थितिवादी, नोकरशाह र दलालहरू हुन्, उनीहरू हतियारभन्दा पनि खतरा हुन्छन् ।' अझ गणेशमानले त अहिले समाजमा भइरहेका विभिन्न अपराधका काममा युथफोर्सकै कार्यकर्ता मजैसँगले लागेको आरोप लगाए । 'अहिले लुकिछिपी भइरहेको हत्या, बालबच्चा अपहरण, चन्दा, फिरौती, ठेक्कापट्टामा गुन्डाको प्रयोगलगायतका आपराधिक काममा युथफोर्सका कार्यकर्ता लागेका छन् ।' महेशले गणेशमान पुन र वाइसिएल संगठनलाई नै त्यस्ता जघन्य आरोप त लगाएनन्, तर भने, 'वाइसिएलले आफ्ना गुन्डा पालेर राखेका छन् ।'
एकअर्काले दुवैको संगठनमा गरेको सबैभन्दा ज्यादतिपूर्ण काम के होलान् ? 'वाइसिएलले हाम्रा कार्यकर्ता निर्मल, पुष्करलाई जिउँदै पुर्‍यो । विवेक देवकोटाको एउटा खुट्टा छिनालिदियो,' महेश आफूविरुद्ध वाइसिएलको ज्यादति सुनाउँदै थिए, 'सुशील महर्जनको हात काट्यो । सामान्य अपराध त कति गर्‍यो कति ? भनिसाध्ये छैन ।' गणेशमान भने महेशको केही पनि आरोप स्विकार्न तयार छैनन् । 'हामीले उनीहरूका कार्यकर्ताको हात काटेको, खुट्टा काटेको र जिउँदै पुरेको भन्ने आरोप सबै निराधार हुन् । हामी कसैलाई पनि त्यसो गर्न सक्दैनौँ,' गणेशमानले सुनाए, 'युथफोर्सले त झन् धेरै अपराध गरेका छन् । भनिसाध्ये, सम्झिसाध्ये छैन ।'

अहिले वाइसिएल र युथफोर्सको झडप निकै कम हुन थालेको छ । एक समयका कुकुर, बिरालैजस्ता देखिने उनीहरू अहिले सुधि्रएकै हुन् त ? 'हामी त पहिले पनि ठीकै थियौँ । अहिले पनि ठीक छौँ । सुधि्रनुपर्दैन । झडपमा अग्रसर हुँदैनथ्यौँ । झडप हाम्रो रहरको कुरा होइन । यो त आइपर्ने बाध्यता हो,' गणेशमान पुन भन्दै थिए, 'बाध्यतामा त हामीले बन्दुकनै उठायौँ नि ! हामी झगडा नगर्ने भनेर पछाडि हट्दा पनि युथफोर्सले लगातार आक्रमण गरे । उनीहरूसँग विचार थिएन । ती विचार नहुनेहरूले हामी विचारका धनीलाई आक्रमण गरेर मात्र हामीले जवाफ फर्काएका हौँ । कोही लड्न आउँछ भने हामी किन पछि हट्ने ?'
युथफोर्स अध्यक्ष भने यो मान्न तयार छैनन् । 'पहिले वाइसिएलसँग प्रतिरोधका लागि दस्ता नहुँदा उनीहरूले हामीलाई निकै आक्रमण गरे । एमाले भन्नेबित्तिकै उनीहरू आक्रमणमा ओर्लिहाल्थे,' महेश भन्छन्, 'उनीहरूको दैनिक आक्रमण सहन गर्न नसकेर हामीले प्रतिरक्षा शक्ति खोलेका हौँ । उनीहरूको आक्रमणपछि मात्रै हामीले जवाफ फर्काउँथ्यौँ । पहिले नै हामी कहिल्यै आक्रमणमा ओर्लिर्एनौँ । हाम्रा साथीका नाक फुटाउने, सख्त घाइते बनाउने उनीहरूको कामपछि हामीले प्रतिरक्षा मात्र गर्ने हो । हामी सुधि्रनुपर्ने आवश्यकता छैन । उनीहरूले आक्रमण गरे भने हामी अहिले पनि प्रतिरक्षाका लागि तयार छौँ । अहिले हामीमाथि उनीहरूको आक्रमण केही कम भए पनि गरिरहेकै छन्, तर्साइरहेकै छन् हाम्रा साथीहरूलाई ।'

महेश र गणेशमानको राजनीतिक जीवनमा ठूलो फरक के छ भने गणेश भूमिगत जीवन बाँचिरहँदा, आज कि भोलि मरिन्छ भन्दै भागिरहँदा महेशले शान्तिपूर्ण जीवन बाँचे । भक्तपुरको गुन्डुमा ०३१ मा जन्मेका उनले दुःख के हो भोग्नुपरेन । दुःखको रंग कस्तो हुन्छ जान्नुपरेन । प्रवेशिका परीक्षा उत्तीर्ण गरी ल कलेज भर्ना भएपछि उनको जीवनले राजनीति जान्यो । 'राजनीति त गजबकै कुरा रहेछ' भन्ने त्यतिवेला लाग्यो ।
यता गणेश ०२८ सालमा पहिलोपटक यस संसारमा 'च्याँ' गरेर रोए । १३ वर्षसम्म उनी रुकुमको गाईगोठमा घाँस, दाउरा गरेर, भैँसीगोठालो भएरै रहे । उमेरले १४ टेक्नै लाग्दा पहिलोपटक उनी डेढ घन्टा परको स्कुल भर्ना भए । 'स्कुल जानुुअघि बिहान एक भारी घाँस काट्नैपर्ने, भैँसी दुहुनैपर्ने । नत्र त उही हो स्कुल जान पाइन्नथ्यो,' गणेशमानको स्मृतिमा बाल्यकाल आयो । गणेशमानलाई जीवनमा यति दुःख लेखिएको थियो कि विधाताले कहिल्यै पनि सुखको सास फेर्न लेखिदिएकी रहिनछिन् भन्ने लाग्थ्यो । घाँस-दाउरा गरेरै पनि उनी 'स्कुल टप' हुन्थे । उनको परिवार त कांग्रेस थियो । हजुरबालाई कांग्रेसको भूत यसरी सवार रहेछ कि उनलाई मनपर्ने नेता गणेशमान मात्र रहेछन् । त्यसैले आफ्नो नाम गणेशमान रहन गहेको उनले सुनाए । पारिवारिक चंगुलबाट फुत्त बाहिर निस्केर उनी त कम्युनिस्ट पो भएछन् । त्यो रंग जीवनमा अब कहिल्यै नमेटिनेगरी बसिसकेको थियो । निकै दुःख व्यहोरेर ०४६ मा उनले एसएलसी पास गरे ।
रुकुमको आठबिसकोटमा जनयुद्धको पहिलो कारबाही हुँदा चौकी आक्रमणको कमान्डर थिए, गणेशमान । उनका आँखाअगाडि आफ्ना धेरै साथी सहिद भएका छन् । अघिल्लो रात आफूसँगै आँखामा अनेक सपना सजाएर सुतेका साथीका छाती सेनाको गोलीले चाल्नु भएको उनी अहिले पनि सम्झन्छन् । 'त्यो सम्झनाले अहिले पनि छाती पोल्छ,' गणेशमान भन्छन् । त्यसो त गणेशमानका हातले पनि थुप्रै सेनालाई मारेका छन् । ती सेनाका पनि त आँखामा सजिएका सपना एकाएक मरेका छन् नि ? तिनको सम्झना आउँदैन ? 'आउँछ नि सम्झना त ! ती सहिदलाई सम्झँदा सम्मान जागेर आउँछ । तर, युद्धमा सबै जायज हुँदोरहेछ,' उनले सुनाए ।
यता, गणेशमान भूमिगत हुँदा र जेल पर्दा महेश स्थानीय चुनावमा गाविस अध्यक्ष भए । महेश सम्झन्छन्, '०५४ मा भएको त्यो चुनावमा म देशकै कान्छो अध्यक्ष भएको थिएँ ।' अध्यक्ष भएपछिका महेशका दिन झन् सुखमय हुँदै गए । उनी आफैँ कुटो-कोदालो बोकेर बाटो खन्न निस्कन्थे, श्रमदानमा जान्थे । अरूलाई पनि जुटाउँथे । त्यसवेला सडक, स्वास्थ्यचौकी, पुल, सामुदायिक वनलगायतका विकासका कुरामा गुन्डु निकै अगाडि बढ्यो ।
राजनीति गर्नुअघि उनीहरू दुवैको सपनामा खासै अन्तर थिएन । 'म कलाकार वा पत्रकार बन्न चाहन्थँे,' महेश आफ्नो सपना सम्झन्छन् । 'मचाहिँ शिक्षक बन्ने सोच्थेँ,' गणेशमानले भने । गणेशमानको किसानजिन्दगी निकै संघर्षपूर्ण थियो । उनी बारीमा हलो जोत्थे । दाङदेखि नुनको भारी बोकेर गाउँ पुग्थे । एकदिन नुन बोकिरहेका वेला जीवनमै पहिलोपटक उनले ०४४ मा मोटरगाडी देखे । 'चित्रमा देखेको थिएँ, गाडी,' उनी सम्झन्छन्, 'त्यो त साँच्चैको फरक थियो । तीन वर्षपछि मात्रै चढ्न पाएँ ।' त्यसवेला गाडी देखेर छक्क पर्ने केटो अहिले पजेरो चढेर यो सहर चहार्छ । 'मैले चढ्ने गाडी मेरो होइन । ठूलो रहर पनि होइन, चढ्ने । कामविशेषले मात्रै चढ्ने हो,' गणेशमान भन्छन् । उनकी जीवनसंगी कमला रोका सभासद् हुन् जो जनयुद्धका सुरुका दिन गणेशमानकै कमान्डरीमा प्रहरी चौकी आक्रमण गर्न गएकी थिइन् । उनीहरूले आफूहरू भूमिगत नहुँदै १५ वर्षअघि बिहे गरे । छोरा 'आजाद' भने युद्धकालीन समय अर्थात् ०५९ सालमा जन्मियो । गणेशमानले १३ दिनपछि मात्रै 'म बाबु बनेँ' भनेर चाल पाए । बाल्यकालमा गणेशमानले पढ्न नपाए पनि अहिले उनको छोरा राजधानीको महँगो र नाम चलेको बोर्डिङमा पढ्छ ।
महेश सधैँ चर्चामै रहँदा गणेशमानको नाम थिएन । थियो त जनयुद्ध गर्नेहरूले मात्रै चिन्थे, उनलाई । गणेशमान बर्दिया, बाँके र रुकुमको जेलमा पालैपालो यातनामय जीवन गुजारिरहेका थिए । जेलजीवन र भूमिगत जीवन गुजारिरहेकै वेला उनकी आमा तेजकुमारीले ०५९ चैतमा यस संसारबाट सधैँका लागि आँखा चिम्लिन् । त्यसवेला गणेशमान म्याग्दी आक्रमणमा खटिएका थिए । र, उनले आमाको अन्तिम अनुहार पनि देख्न पाएनन् । उनका बाबु दिलबहादुरलाई ०५२ फागुन २९ गते घरैमा पुगेर प्रहरीले गोली हानेको उनी कहिल्यै बिर्संदैनन् । नीलकाँडा जसरी त्यो दिन मनमा बसेकै छ ।
यी दुई संगठनका माउ कहिल्यै मिल्न सकेनन् । यद्यपि, दुवै कम्युनिस्ट हुन् । एउटा उग्र कम्युनिस्ट, अर्को नरम । के अब यी दुई आफ्नो छातीमा हात राखेर 'अब हामी जनतालाई दुःख दिँदैनौँ, समस्या थप्दैनौँ, झडपमा उत्रिँदैनाँै' भन्न सक्छन् होला ? 'समस्या त आउँछ । युथफोर्समा लागेकाहरूले गल्ती नै गर्दैनन् भन्न म सक्दिनँ,' महेश बस्नेतले सुनाए, 'हाम्रा गल्ती-कमजोरी सच्याउँछौँ । घटनालाई निरुत्साहित गर्छौं ।' गणेशमान पुन भने वाइसिएलले 'गल्ती नै नगरेको' बताउँछन् । 'हामीले जनतालाई दुःख दिएका, गल्ती गरेका छैनौँ । हामी त परिवर्तन चाहने शक्ति हो,' छुट्नेवेला गणेशमानले सुनाए, 'हामी अग्रगामी चेतनासहित रचनात्मक कामका लाग्छौँ । हामी युथफोर्सलाई परास्त गर्छा ।' -दीपक सापकोटा/नयाँ पत्रिका


नयाँ नेपाल को उपहार चप्पले सस्क्रिती र भाई राज
- शेखर ढुङेल्, अमेरिका 


नेपाल को दुर्भाग्य नै भन्नु  पर्यो जती सुकै पराधिन भएनौ भनी गर्ब ले  सँख फुके पनि बिस्तारै बिस्तारै सम्पूर्ण रुपमा छिमेकी देश  भारत को चङुल र प्रभाब ले के नेता के जनता सब लाई क्यान्सर झै च्याप्दै लगेको देखिन्छ । आफु र आफन्त लाई भन्दा पराइ को दुस्चक्र मा नै रमाउने खुशी हुने हाम्रा नेता मात्र होइन हामी जनता पनि नेता हरु कै लाइन मा बसिराखेका छौ । भारत कै खेल बमोजिम भएको कथित  जन यूद्ध भारत कै राजधानी मा पुगेर सकियो जबर्जस्ती गणतन्त्र लादियो राष्ट्र धर्म मासियो अनी उपहार स्वरुप उता फस्टाएको चप्पले सस्क्रिती र भाई राज भित्रियो ।
चप्पले सस्क्रिती !
कारण बस म अचानक ९ बर्ष पछी नेपाल पुगेको थिए र पहिलो पटक चप्पले सस्क्रिती को अनुभुती गर्ने मौका मिलेको थियो '' गंगा लाल मुटुरोग अस्पातल बासबारी मा '' त्यहा का डा . हरु पोलो स्पोर्टस सर्ट , जिन को पाइन्ट अनी चप्पल मा फट्याक फट्याक गर्दै बिरामी को सामु आउने द्रिश्य अती नै ठिट लाग्दो थियो . नर्स हरु पनि चप्पल मै देखिन्थे . आफ्नो मानस पटल् मा भएको टाइ  सुट वा साधारण कपडा मा टाइ लगाएर टिलिक्क टल्कने कालो खैरो जुत्ता मा भद्र देखिने डा हरु त त्यहा नामो निसान  नै थिएन् .
यो त एउटा उधाहरण मात्र हो नेपाल मा आज चप्पले सस्क्रिती ले जता ततै गाजेको देखिन्छ राष्ट्र प्रमुख वा सरकार् प्रमुख उपस्थिती भएको कार्यक्रम मा होस कि बिदेसी पाहुना सित जहाँ पनि आज भोली का मन्त्री सासद समेत् चप्पल र जिन्स मा  देखिन थालेका छन . यहाँ सम्म की हालै प्रधान मन्त्री माधव नेपाल अमेरिका आउँदा एक जना मन्त्री चप्पल मै थिए . प्रतिष्ठित स्वदेशी बिदेसी ब्यक्तित्व हरु उपस्थित हुने कार्यक्रम मा आमन्त्रक होस वा आमन्त्रित कोइ पनि चप्पल जिन्स मा हुनु पाच्य सस्क्रिती हो जस्तो लाग्दैन . नेपाल मा निसँकोच सर्बत्र चप्पल र जिन्स सस्क्रिती प्रोत्साहित बन्दै गएको देखिन्छ . बिमान स्थल , सरकारी कार्यालय , बिभाग् , मन्त्रालय हरुमा समेत यो प्रब्रिती ले निर्धक्क प्रबेस को स्विक्रित पाएको देखिन्छ .
पहिरन लाई सजिलो र असजिलो को कुरा गर्दा भारत  ( पन्जाबी ) को पगडी राजस्थानि पहिरन , अफगनिस्थानि , इन्डोनेसिया भुटानि , अफ्रिकी आदी मुलुक को पहिरन भन्दा नेपाल को राष्ट्रिय पहिचान को पहिरन निक्कै उच्च स्तर को र हिमाल पहाड तराइ मा पहिरिन नसकिने पनि होइन . हिजो को ब्यबस्था ले नै गरेको किन न होस राम्रो उदेस्य ले  केही गरेको छ भने भत्काउनु वा फ्याक्नु जायज हुँदैन . पहिरन को सिदान्त र महत्व सार्वजनिक पद धारक लगायत प्रत्यक ले बुझ्नु जरुरी हुन्छ . नितान्त ब्यक्तिगत समय मा बाहेक सार्वजनिक पद धारक , वा सार्वजनिक सेवा  का कर्मचारी हरुले आँफै लाई मर्यादित गराउने पहिरन लगाउनु पर्छ . स्वतन्त्रता का कुरा गर्ने हो भने अमेरिका जापान बेलायत वा अन्य देश मा खुद्रा पसल मा काम गर्ने ले समेत् चप्पल लगाउने अनुमती पाउदैनन . सरकार् ले निस्चित स्थान , कार्यालय र सार्वजनिक कार्यक्रम मा चप्पल र जिन्स लाई निषेध गर्न ढिला गर्नु हुन्न .
देश भनेको एउटा रेखान्कित भु भाग मात्र होइन त्यहा मौलिक सस्क्रिती , सभ्यता , भाषा , पहिरन लगायत का बिशिस्ठता हुन्छन जस्ले देश को परिचय दिन्छ र त्यो प्रत्यक नागरिक को गर्ब को बिषय बनेको हुन्छ तर नयाँ नेपाल का नेता र जनता ले  त्यो सबै मौलिकता लाई तिलान्जली दिने जमर्को गर्दैछन यो दु:खद पक्ष हो ।न त स्थानिय , न त राष्ट्रिय न त अन्तरराष्ट्रिय स्तर को बेताल को पहिरन ले कतिन्जेल नेपालीत्व को सम्रक्षण गर्न सकिएला ?
गुण्डा ( भाई ) राज -
भारतीय चलचित्र मा देखिने हत्या , लुट , फिरौती , हफ्तावरि का कथा हरु नेपाली समाज मा केही समय अगाडि सम्म अबिस्वासिलो जस्तो लाग्दथ्यो त्यतो पनि होला र जस्तो लाग्दथ्यो त्यो बिक्रिती बाट भारत भने बिस्तारै मुक्त हुन खोज्दैछ तर नेपाल मा जन यूद्ध को त्रास र धम्की को भर मा आएको गणतन्त्र ले अपाच्य असैह्य गुण्डा राज को उपहार दिएको छ .
घोषित रुप मै राजनैतीक दल समर्थित "डन " हरु बाहेक ११३ वटा शसस्त्र सङठित अपराधीक समुह लगायत उठती पुडति गर्न ब्यापारि ले पालेका 'डन ' हरु ले बम्बैया फिल्मी सैली लाई पनि बिर्साउन थालेका छन . हत्या , असुली , सुपाडी सस्क्रिती केही बर्ष अगी सम्म नेपाल मा थिएन .
मन्त्री का पि ए प्रहरी को मा गएर पैसा उठाउने ? स्वास्थ्य मन्त्री का पि ए अस्पातल कै कक्ष मा ब्यक्ती गत कोठा बनाउने ?जस्ता निर्किस्ट गुण्डा प्रब्रिती फस्टाएको छ . मन्त्री का पि ए लुट्ने , प्रहरी लुट्ने , सुरक्षा गार्ड नै लुट्ने , काठमान्डौ मा मात्र दर्जनौ राजनैतीक दल द्वारा सम्रक्षित ' डन ' हरु ?लाग्दछ लुट्न कै लागि यो  ब्यबस्था हो सस्क्रिती हो कानुन हो प्रहरी हो सरकार् हो सत्ता हो राजनीति हो .

नेपाल आज दैनिक हिँसा  , हत्या , लुट , बलात्कार , अपहरण , जस्ता गुण्डा ( भाई ) प्रब्रिती बाट ग्रस्त छ . भयन्कर अपराध हरु को स्रिन्खला बढी राखेको छ दिन दहाडै मन्दिरा मा पूजारी लुटिने कुटिने र मारिने गरेका छन . देश का जिम्मेवार पक्ष न सुनेको न देखेको वा केही नै न भएको र यही नै नयाँ नेपाल को बिशेषता हो भने जस्तो गरी बिबेक सुन्य बनेका देखिन्छन .
11/07/2009
 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक