20091116

'प्रचण्ड' अकस्मात सिङ्गापुर प्रस्थान, सिङ्गापुर भ्रमण राजनीतिक वृत्तमा अर्थपूर्ण !!!


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अकस्मात सिङ्गापुर प्रस्थान गर्नुभएको छ। थाई एयरको विमानबाट सोमबार अपरान्ह सिंगापुर प्रस्थान गर्नुभएका दाहालले सिङ्गापुरमा उपचारार्थ रहनुभएका नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग पनि भेट गर्नुहुने जनाईएको छ। यसैगरी अध्यक्ष प्रचण्डले त्यहाँ माओवादी सम्बद्ध प्रवासी नेपालीसँग पनि छलफल गर्नुहुने जनाईएको छ। सिङ्गापुर भ्रमणमा उहाँका साथ एनेकपा माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरा पनि रहनुभएको छ। एनेकपा माओवादीको दोस्रो चरणको आन्दोलन भर्खर सम्पन्न भई विभिन्न माग राखी सरकारलाई यही मङ्सिर ५ गतेसम्मको समयसीमा दिएको सन्दर्भमा हुनलागेको अध्यक्ष दाहालको अकस्मात सिङ्गापुर भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्णरुपमा लिइएको छ।

युथफोर्स र वाइसिएल कार्यकर्ताबीच झडप

ताप्लेजुङको हाङ्पाङ गाविसमा युथफोर्स र वाइसिएल कार्यकर्ताबीच झडप भएको छ।झडपमा वाईसीएलका एक जना घाइते भएका छन् भने युथफोर्सका चारजना कार्यकर्तालाई वाईसीएल कार्यकर्ताले अपहरण गरेका
छन्। सोमबार बिहान दुई पक्षबीच बन्दुक हानाहानसमेत भएको र हाल सो स्थानमा प्रहरी परिचालन गरिएको छ। वाईसीएल कार्यकर्ताले एमाले गाउँ कमिटी सचिव मोहन याक्सो र अर्का नवराज याक्सोसहित नाम नखुलेका अन्य दुईजना कार्यकर्तालाई माओवादीले अपहरण गरेर अज्ञात स्थानतर्फ लगेको जिल्ला प्रहरीले जानकारी दिएको छ। केही दिनअगाडि ताप्लेजुङ्गकै ढुङ्गेसाँघु गाविसमा विद्यार्थी र शिक्षकबीच भएको विवादले राजनीतिकरुप लिएपछि हालसम्म पनि वाईसीएल र युथफोर्स कार्यकर्ताबीच झडप भइरहेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक