20091114

मध्यरातमा हतियारसहित आएको समूहले साहलाई घिसार्दै अपहरण गरी गोली हानी बिभत्स हत्या

नागरिकका अनुसार सिरहाको पडरिया गाबिस ९ भोटियाटोल निवासी प्रमोदकुमार साहलाई अज्ञात समूहले मंगलबार राति अपहरणपछि हत्या गरेको छ। उनको शव बुधबार बिहान प्रहरीले फेला पारेको छ। भोटियाटोलस्थित आफनै घरमा सुतिरहेको बेला मध्यरातमा हतियारसहित आएको समूहले साहलाई घिसार्दै अपहरण गरको उनको परिवारले जनाएको छ। साहको मृत शरीर घर नजिकैको चौरमा गोली हानी हत्या गरेको अवस्थामा बिहान सौचका लागि निस्केका स्थानीयले देखेपछि प्रहरीले फेला पारेको हो। वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक बिपिन रेग्मीका अनुसार साहलाई राती करिब १२ बजे हतियारधारी अज्ञात समूहले अपहरण गरेको जानकारी पाउने बित्तिकै प्रहरी टोली खोजीमा जुटेको, तर राती उनी फेला नपरेपछि फर्केको थियो। स्थानीयका अनुसार साहलाई अपहरण गरको केही बेरमै दुई राउण्ड फायरिंगको.... यो समाचार को बाँकी अँस, तितो सत्य को नयाँ भाग भिडियो, नेपालका अन्य समाचार हरुको भिडियोहरु सबै हेर्न यस् को ठीक तल Read more >> मा क्लिक गर्नुस्   ..
आवाज सुनिएको थियो। बिहान मात्र साहको मृत शरिर घर नजिकैको चौरमा रहेको जानकारी आएपछि प्रहरी पुगी शव फेला पारेको रेग्मीले बताए। साह परिवारसँग अज्ञात समूहले केही सातादेखि चन्दा रकम माग गर्दै आएको प्रहरीले जनाएको छ। चन्दा नदिएकै कारण उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। उनको परिवारसँग सो समूहले १५ लाख चन्दा माग्दै आएको प्रहरीले जनाएको छ। हत्यामा संलग्नको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ। साह हत्याको जिम्मा कुनै समूहले लिएको छैन।
सरकारले विशेष सुरक्षा योजना लागू गरेपछि यहाँ अपहरणका सात वटा घटना भए पनि हत्याको यो पहिलो घटना हो। प्रमुख जिल्ला अधिकारीको हेरफेर भए लगतै यहा अपराधको घटना बढ्न थालेको स्थानीय अधिकारकर्मी दुर्गाप्रसाद महतोको कथन छ। एक साताअघि प्रमुख जिल्ला अधिकारी गेहनाथ भन्डारी सरुवा भई वीरेन्द्रप्रसाद यादव आएको दुई दिन नबित्दै शनिबार जिल्ला प्रशासन कार्यालयमा बम बिस्फोट गराइएको थियो। विस्फोटको जिम्मा प्रतिक नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले लिएको थियो।
यो घटनाको दुई दिन नबित्दै पुनः साहको हत्या भएपछि यहाँका स्थानीय त्रसित छन्।







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक