20091112

जनतालाई सास्ती दिएर जब प्रचन्ड नायिका रेखा थापा सँग मायाप्रितीको गीतमा कम्मर ढल्काइ ढल्काइ नाच्न थाल्नुभयो, क्रान्ति यसरी भुइँ भरी पोखियो !!!

Video Source : Samjhana/Dcnepal, Kathmandu
सिंहदरवार घेराउ गरिरहेका माओवादी कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रशासन कार्यालय क्षेत्रबाट घेराउ गरिरहेका माओवादी कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेपछि झडप भएको हो ।

धर्नाकारीहरु सिंहदरवारको दक्षिणी ढोकातर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो । बाँकी  भाग भिडियोहरु सबै हेर्न यस् को ठीक तल Read more >> मा क्लिक गर्नुस्
प्रहरीले धर्नाकारीमाथि अश्रुग्याँस र लाठी प्रहार गरेका छन् भने धर्नाकारीले पनि ढुङगा प्रहार गरेका थिए । भर्खरै प्राप्त समाचार अनुसार १२ बजेर ५० मिनेट जाँदा उक्त झडप भएको हो । अहिले प्रदर्शनकारीले दक्षिणी ढोका तर्फ अघि बढ्न छाडेर तितरवितर भएका छन् । त्यस क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । झडप भएको क्षेत्रमा विद्यार्थीहरुले धर्ना दिएका थिए ।
बिहान ८ बजेदेखि सुरु भएको माओवादीको सिंहदरवार घेराउ कार्यक्रम अन्य स्थानहरुमा भने नाचगान गरेर जारी रहेको छ । घेराउ भद्रकाली, माइतीघर, जिल्ला प्रशासन कार्यालय, पूर्वी गेट, घट्टे कुलो र पद्मोदय मोडबाट गरिरहेका छन् , एकीकृत नेकपा माओवादीले आफ्ने दोस्रो चरणको कार्यक्रम अन्तर्रगत बिहानैदेखि देशको मुख्य प्रसासनिक केन्द्र सिंहदरबार घेराउ गरिरहेको छ । राष्ट्रपतिको कदमका विरुद्ध शुरु गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अर्न्तगत आज र भोलि सिंहदरबार घेराउ गर्ने पर्ूव घोषित कार्यक्रम अनुसार माओवादीले बिहान ८ बजेबाट सिंहदरबार घेराउ गरेको हो । माओवादीले काठमाण्डुको भद्रकाली, माइतीघर मंण्डला, पद्मोदय मोड, बबरमहल, घट्टेकूलो लगायतका ८ ठाउँबाट एकैसाथ हजारौ नेता तथा कार्यकर्ता सहित सिंहदरबार घेराउ गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सबै शिर्षहका नेताहरुले घेराउ कार्यक्रमको नेतृत्व गर्नु भएको छ । बिहान ८ बजेदेखि बुलेका ५ बजे सम्म घेराउ कार्यक्रम जारी रहने माओवादीले प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । घेराउका लागि माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्य भद्रकाली, डाक्टर बाबुराम भट्टराइ माइतीघर मंण्डलामा रहेर आन्दोलनको नेतृत्व गर्नुहुनेछ । माओवादी घेराउका कारण आज बिहानै ७ बजे अगाडि नै मन्त्रीहरु र सरकारी कर्मचारीहरु कार्यालयमा गइसकेका छन् । सरकारले माओवादीको घेराउ कार्यक्रम शुरु हुनुअघि नै सिंहदरबारमा आइसक्न कर्मचारीलाई निर्देशन दिएको थियो । त्यस्तै माओवादीले सबै सरकारी र गैरसरकारी कार्यालयका मजदुरहरुलाई आन्दोलनमा सहभागि गराएको छ । हिजो आफ्ना मजदुर संगठन मार्फ माओवादीले अनिवार्य उपस्थितका लागि उर्दि जारी गरेको थियो । माओवादी कार्यकर्ता नाचगान सहित अहिले सिंहदरबार वरिपरी घेराउ गरिरहेका छन् । माओवादी आन्दोलनलाई लच्छित गरी सिंहदरबार वरपरी लगाइएको निषेधित क्षेत्र माओवादीले नमान्ने बताएपछि सरकारले हिजो निषेधित क्षेत्र घोषणलाई हटाएको छ । माओवादी आन्दोलनलाई लच्छित गरी सिंहदरबार वरीपरीको क्षेत्रमारुपमा बाक्लो संख्यामा सुरक्षाकर्मि परिचालन गरिएको छ । सिंहदरबार वरीपरी सहित ठाउँठाउँमा आज झण्डै १० हजार सुरक्षाकर्मि परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ । गृहप्रवक्ता जयमुकुन्द खनालले सरकारले अप्रीय घटना नहोस भनेर प्रायाप्त मात्रामा सुरक्षाकर्मि परिचालन गरिएको सीआइएनलाई जानकारी दिनुभयो ।
माओवादी अध्यक्ष प्रचण्ड र नायिका रेखा थापा बिहीबार भद्रकालीमा छमछमी नाचे । माओवादीले गरेको पहिलो दिनको सिंहदरबार घेराउ कार्यक्रममा प्रचण्डको नेतृत्वमा भद्रकालीमा भएको धर्नामा प्रचण्ड नायिका रेखाको आग्रह स्वीकार गर्दै उनीसँग कम्मरमा कम्मर मिलाई नाचेका हुन् ।
नायिका रेखा आन्दोलनको पक्षमा भाषण गर्न उत्रिएपछि आन्दोलनकारीले उनलाई नाच्न अनुरोध गरेका थिए । निकै हुटिङ भएपछि रेखा नाच्न तयार भइन् । तर, उनले प्रचण्डप्रति लक्षित गर्दै भनिन्, 'म सधैँ फिल्मका नायकसँग मात्र नाचेँ । तर, आज देशको असली नायकसँग नाच्न चाहन्छु- उहाँ हुनुहुन्छ, प्रचण्ड । उहाँ मसँग नाच्न तयार हुनुहुन्छ भने म गाउन पनि तयार छु ।' रेखाको यस्तो प्रस्ताव सुनेपछि प्रचण्ड मुसुमुसु हास्दै समकक्षी नेताहरू रामबहादुर थापा बादल, मोहन वैद्य किरणलगायतसँग मुखामुख गर्न थाले ।
आन्दोलनकारीले प्रचण्ड पनि नाच्नुपर्छ भनेर हुटिङ गर्न थालेपछि उनलाई उठ्न करै लाग्यो । प्रचण्ड आफ्नै शैलीमा मुन्टो हल्लाउँदै फ्लोरमा आए ।
प्रचण्ड आएपछि रेखाले गाउन सुरु गरिन्, लालुपाते नुह्यो भुइँतिर, कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, माया नलाऊ दुईतिर गीतका तालमा रेखा र प्रचण्ड छमछमी नाचे । नाच्ने क्रममा रेखाले प्रचण्डको कानमा सुटुक्क भनिन्, 'तपाईं पनि गाउनुस् न..।' प्रचण्ड पनि नाच्दै गाउन थाले, 'निश्चित रूपमा लालुपाते नुहुन्छ भुइँतिर...।'
सधैँ हिरोहरूसँग नाच्दै आएकी नायिका रेखा पहिलोपटक आफूलाई मनपर्ने नेता प्रचण्डसँग नाच्न पाउँदा निकै हौसिएकी थिइन् । नेता प्रचण्ड पनि देशकी चर्चित नायिकासँग नाच्दा प्रफुल्ल थिए । उनले रेखासँगै ताल मिलाएर नाचे । माओवादी जनयुद्ध सुरु भएदेखि नै प्रचण्ड कस्ता होलान् भन्ने कल्पना गर्ने गरेको बताउने रेखाले उनीसँगै नाच्न पाउँदा आफूलाई निकै खुसी र गर्वानुभूति भएको बताइन् । 'यो दिन सोचेकी थिइनँ,' रेखाले भनिन्, 'माओवादीको कार्यक्रमका लागि अकस्मात निम्तो आयो, गएँ । निकै स्मरणीय भयो ।'
नायिका रेखाले उपस्थित आन्दोलनकारीमाझ नागरिक सर्वाेच्चताका लागि माओवादीको गरिरहेको आन्दोलनमा आफ्नो पनि समर्थन भएको भाषण पनि ठोकेकी थिइन् ।
झन्डै दुई सयको संख्यामा उपस्थित फिल्मकर्मीमा निर्देशक समाजका अध्यक्ष केपी पाठक, निर्देशकहरू युवराज लामा, अशोक शर्मा, दीपक श्रेष्ठ, विमल पौडेल, नायिका मौसमी मल्ल, फिल्म-लेखक मौनता श्रेष्ठ, सुनीलदत्त पाण्डे, निर्माता छवि ओझा, संगीतकार चेतन सापकोटालगायत औपचारिक रूपमै माओवादीमा प्रवेश गरेका फिल्मकर्मी कार्यकर्ता थिए । भद्रकालीमा दुई बजेसम्म सांस्कृतिक कार्यक्रममार्फत धर्नामा बसेका फिल्मकर्मीहरू त्यसपछि माइतीघर मण्डलामा अर्का माओवादी नेता डा. बाबुराम भट्टराई नेतृत्वको कार्यक्रममा पनि सहभागी भएका थिए । - नयाँ पत्रिका



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक