20091122

गिरिजाप्रसाद कोइराला केही पनि बोलेनन् ! पुष्पकमल दाहाल कोइराला निवास गएनन् !


सिङ्गापुरमा एक साता लामो उपचार गरी आज स्वदेश फर्केका कङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको ध्यान अब मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्नेतिर हुने भएको छ। सँगै रहेकी कोइराला पुत्री तथा उपप्रधान एवम् परराष्ट्र मन्त्री सुजाता कोइरालाले विमानस्थलमा उपस्थित पत्रकारलाई कोइरालाको अबको कामबारे बताएकी हुन। उनले गिरिजाप्रसादको स्वास्थ्य ठीक रहेको पनि उल्लेख गरिन्। कोइरालाले भने पत्रकारसँग केही पनि बोलेनन्।

प्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच आइतबार साँझ छलफल भएको छ। उपचारपछि सिंगापुरबाट आजै फर्किएका कोइराला भेट्न नेपाल महाराजगञ्जस्थित कोइराला निवास पुगेका थिए। प्रधानमन्त्रीले कोइरालाको स्वास्थ्यस्थिति बारे जानकारी लिएका छन्। राजनीतिक गतिरोध अन्त्य तथा माओवादीसँग गर्ने वार्ताका विषयमा दुई नेताबीच कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले नागरिकन्यूजलाई बतायो।भेटका अवसरमा उच्चस्तरीय राजनीतिक संयन्त्रका बारेमा पनि छलफल भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले समेत कोइरालालाई साँझ भेट्ने कार्यक्रम तय भएको थियो। तर उनी पार्टीको केन्द्रीय कमिटीको बैठमा व्यस्त भएकाले आइतबार उनी कोइराला निवास गएनन्।


कात्तिक २७ गते एअर एम्बुलेन्सबाट सिंगापुर लगिएका कोइराला सिल्क एयरको जेट विमानबाट फर्किएका थिए। एमाले नेता केपी ओलीले माओवादी यही सरकारमा सामेल हुने बताएका छन्। भारत भ्रमणबाट स्वदेश फर्केका ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग यो सरकार नढल्ने र माओवादी यसैमा नआइ सुखै नभएको दोहोर्‍याए। उनले माओवादीको नेतृत्वमा सरकार बन्नु असम्भव भएको पनि दोहोर्‍याए। पार्टीको आन्तरिक बैठकमा भाग लिन चाँडै आउनुपरेकाले कुनै पनि भारतीय नेतासँग भेट हुन नपाएको पनि उनले बताए।


थ्रीस्टार रेमिट्यान्सले क्षतिपूर्तिको व्यवस्था

मलेशिया लगायत विश्वका विभिन्न देश हरु मा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको थ्रीस्टार रेमिट्यान्स ले आफ्ना ग्राहक हरु नेपाली बंगाली भियतनामी सबै श्रमिक हरु को हित को लागि यस रेमिट्यान्स बाट पैसा पठाउने ग्राहक हरु लाई कुनै किसिम को दुर्घटना भएमा क्षतिपूर्ति को व्यवस्था गरेको सबैलाई जानकारी भएको कुरा हो| मलेशिया को सेलान्गोर राज्य स्थित पन्दन्मरण क्षेत्र को B-CONVON (M)SDN BHD रेस्टुरेन्ट मा कार्यरत बंगलादेशी ग्राहक मन्जु सिक्दर नाम गरेका व्यक्तिलाई गत आइतबार क्लांग स्थित थ्रीस्टार रेमिट्यान्समा आयोजित कार्यक्रममा उक्त रेमिट्यान्सका क्लांग प्रतिनिधि अभिषेक खरेल द्वारा सो रकम हस्तान्तरण गरिएको थियो उनलाई सहयोग स्वरूप आर आम 1500 प्रदान गरिएको थियो | रेमिट्यान्स क्षेत्रमा पहिलो पटक यस रेमिट्यान्सले ग्राहक हरुको हितमा क्षतिपूर्तिको व्यवस्था गरेको यस संस्थाका सस्थापक श्री अन्शुमान थापा ज्युले जानकारी गराउनुभयो | क्षतिपूर्ति बाहेक यस रेमिट्यान्सले थ्रीस्टार बाट पैसा पठाउने ग्राहक हरुलाई लकी ड्र मार्फत प्रथम पुरुस्कार १२५ सी सी को बाइक दोश्रो पुरुस्कार टिभी तेश्रो पुरुस्कार ब्याट्री बाट चल्ने साइकल पनि राखिएको साथै आगामी महिना देखि नेपाल स्थित नेपाल बैंक लिमिटेड र बंगलादेश स्थित जनता बैंक संग पनि कारोबार सुरुहुने कुरा थापा ले बताउनुभयो |

ABHISHEK KHAREL "PRATIK"
MALASIYA ,KUALA LUMPUR
H/P NO .6014-6050532
HELLO. 6012-7555493
E-mail:- kharel1@live.com, pratik_unlimited@yahoo.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक