20091130

केही दिन अघि हामीले राखेको यो फोटो र क्यापसन यती धेरै लोकप्रिय भयो कि भनी साध्य छैन, पाठक कै अनुरोधमा आज फेरी !
यो फोटो घोरिएर हेर्नुस् हिडिरहेको कार रोकेर बाँदर का हूलले कारमा गएर र माथि रहेको डिक्की फोडेर डिक्कीमा रहेका सरसामान लत्ता कपडा  जसरी लथालिँग र भताभुँग पारेका छन, यि बाँदरहरुका ठाउँमा  हाम्रो देशका नेताहरु सम्झिएँ, अनी यो कार भित्र बाट दशा हेरिरहेकी महिलाको ठाउँमा आफुलाई र जनतालाई सम्झेँ, तपाईं आफूलाई कहाँ पाउनुहुन्छ कुन्नी ?  
.............................................


चार मिडियाका  तर्फवाट राजदूत को स्वागत

वाशिंटन डिसी,  चार मिडिया सगरमाथा टिभी, नेपाल होराइजन्स डट कम, रेडियो दोभान, तथा पाक्षिक अखवार विश्वपरिक्रमाका तर्फवाट अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. शंकर प्रसाद शर्माको स्वागत तथा उहाँसँगको अन्तरकृया कार्यक्रम स्थानिय आर्लिंटन भर्जिनियाको केन्द्रिय पुस्तकालयको सभाकक्षमा सम्पन्न भयो । सो समारोहलाई सम्वोधन गर्दै राजदूत डा। शर्माले अहिलेसम्म आफुले आर्जन गरेको अनुभव र यहाँका नेपाली समुदायको सुझाव अनुसार काम गर्ने मनसाय व्यक्त गर्नुभयो । राजदूत नियुक्तिको प्रकृयासँगै आफुले एजेण्डा..........

तयार गरेको र पत्राचार शुरु गरेको वताउनु हुँदै ६ महिनामा प्रष्ट रुपमा केही देखिने वताउनु भयो । आफूले यहाँको जन समुदायको सुझाव र सल्लाहको अपेक्षा गरेको तर आफू विचारशून्य नभएको र आफ्नो भिजन अनुसार काम अघि वढाउने वताउनु भयो । राजदूत शर्माले भन्नुभयो अमेरिकी सरकारले नेपाललाई दिने सहयोगको मात्रा मात्र होइन प्रकृतिमा समेत सुधारको आजश्यकता छ । उहाँको कथन थियो दुइ देशको सम्वन्ध आधिकारिक रुपमा संस्थागत हुन जरुरी छ जस्ले गर्दा यौटा ट्रयाक वन्दछ र त्यो पकृयाले निरन्तर काम गर्दछ । कार्यक्रमको शुरुवात रेडियो दोभानका अध्यक्ष नगेन्द्र पौडेलले गरेपछि औपचारिक कार्यक्रम सगरमाथा टिभीका ऐंकर शर्मिला उप्रेतीले गर्नु भएको थियो । आयोजकका तर्फवाट औपचारिक स्वागत भाषण विश्वपरिक्रमा अखवारका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणाले गर्नुभएपछि गोपाल रेग्मीले राजदूत डा। शंकर शर्माको परिचय प्रस्तुत गर्नुभएको थियो । उत्तरअमेरिकाका पत्रकारहरुको संस्था नाजाका महासचिव कृष्ण शर्माले नाजाका तर्फवाट मन्तव्य प्रस्तुत गर्नु भएको थियो । सगरमाथा टेलिभिजनका संचालक राम खरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा आयोजकका तर्फवाट मुक्ति दवाडीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । प्रथम चरणको औपचारिक कार्यक्रमपश्चात् सम्पन्न अन्तरकृया कार्यक्रममा विभिन्न व्यक्तिहरुले राख्नुभएको जिज्ञासाको राजदूत डा. शर्माले जवाफ दिनु भएको थियो ।- गोविन्द गिरी प्रेरणावाट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक