20091128

माओवादीले गणराज्य घोषणा गरी देशमा मुठभेड गराउन खोजेकोछ : प्रधानमन्त्री


प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले गणराज्य घोषणा गरी देशमा मुठभेड गराउन खोजेको बताएका छन् । उनले उनले गणराज्य घोषणा गर्नु शान्तिसम्झौताविपरीत रहेको टिप्पणी गरे । निर्माण व्यवसायी संघको साधारणसभा उद्घाटन गर्न जाने क्रममा नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शुक्रबार प्रधानमन्त्री नेपालले भने, 'आफूलाई सबैभन्दा जिम्मेवार बताउने दलले गैरराजनीतिक कार्य गर्दै छ ।'
उनले राजनीतिक गतिरोध अन्त्य गर्न छलफल चलाउने बताए । गणराज्य घोषणा गर्नुअघि माओवादीसँग राजनीतिक सहमति हुने पनि प्रधानमन्त्री नेपालको विश्वास थियो । प्रधानमन्त्री नेपालले प्रमुख जिल्ला अधिकारीलाई मन्त्रीले कुटेको प्रसंगमा कृषि राज्यमन्त्री करिमा बेगमले माफी मागिसकेको बताएर पन्छिए । 'मन्त्रीले माफी मागिसकिन् । माफी पनि ठूलो सजाय हो,' उनले भने । यता नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले स्वायत्त गणराज्य घोषणाको निर्णय मुलुकका लागि घातक हुने बताएका छन् । नेपालगन्ज विमानस्थलमा आयोजित छुट्टै पत्रकार सम्मेलनमा उनले आफूखुसी गरिएको स्वायत्त गणराज्य घोषणाले जाति-जातिबीच संषर्घ चर्किने टिप्पणी गरे । माओवादीको गलत माग पूरा गर्न सरकार र अन्य राजनीतिक दल बाध्य नहुने उनको भनाइ थियो । 'माओवादीले उठाएको मागका विषयमा वार्ताबाट सहमति खोजिन्छ । तर, राष्ट्रपतिलाई लान्छना लगाउने विषयमा सहमति हुनै सक्दैन,' उनले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक