20091122

रक्षामन्त्री बिद्या भण्डारी भन्छिन : "आफ्नै सेना र हतियार भएकाले माओवादीले शान्तिपूर्ण रूपमा संविधान जारी गर्न दिनेमा आशंकाछ"

विस्तृत शान्तिसम्झौता शान्तिको सम्झौता नभएर युद्धविराम मात्र, सत्ता हत्याउन आन्दोलन र सिंगापुरयात्राको नाटक :  रक्षामन्त्री


रक्षामन्त्री एवम् नेकपा (एमाले) की उपाध्यक्ष विद्यादेवी भण्डारीले माओवादीले रक्तपातलाई नै अँगाल्न चाहेको बताउनुभएको छ। नेकपा (एमाले) जोरपाटीको नवौं अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री भण्डारीले आफ्नै सेना र हतियार भएकाले माओवादीले शान्तिपूर्ण रूपमा संविधान जारी गर्न दिनेमा आशंका रहेको बताउनुभयो। उहाँले विस्तृत शान्तिसम्झौता शान्तिको सम्झौता नभएर युद्धविराम मात्र भएको टिप्पणी गर्नुभयो। मन्त्री भण्डारीले विस्तृत शान्तिसम्झौतामा उल्लेख भएका अस्थायी शिविरमा रहेका माओवादी लडाकूको उन्मुक्ति, सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग, माओवादीद्वारा विगतमा
कब्जा भएका घरजग्गा फिर्तालगायतका सहमति थन्किएको भन्दै कार्यान्वयन नहुनुको दोषी खोजिनुपर्नेमा जोड दिनुभयो। सदन अवरुद्ध हुँदा देशै ठप्प हुन लागेको बताउँदै उहाँले भन्नुभयो- ‘माओवादीलाई सदनप्रति विश्वास छ कि छैन ? यदि माओवादीले आफ्नो कारणले सदन अवरुद्ध गरी बजेट पास हुन दिँदैन भने यो ६ सय १ जनाको संसद् निकम्मा हो भनेर माओवादीले नै प्रस्ट पार्नेछ।’ यसैबीच, शनिबार नै राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा रक्षामन्त्री भण्डारीले लामो समयदेखि रोकिएको नेपाली सेनाको नियमित नयाँ भर्नाप्रक्रिया खोलिने समेत बताउनुभयो। उहाँले तीन वर्षघि भएको शान्तिसम्झौताका कारण नेपाली सेनाको भर्नाप्रक्रिया रोकिँदा सेनाको नियमित काममा समेत प्रभाव परेकाले नियमित भर्नाप्रक्रिया खोल्न लागेको जनाउनुभयो। मन्त्री भण्डारीले नेकपा (माओवादी) ले नागरिक सर्वोच्चताको नारा दिएर सत्ता हत्याउन आन्दोलन र सिंगापुरयात्राको नाटक गरे पनि उसको इच्छा पूरा नहुने दाबी गर्नुभयो।

1 comment:

  1. u r a great leader, I respect your sentiment.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक