20091115
प्रधानमन्त्री नेपाललाई पनि स्वाइनफलु ???
महामारीको रूपमा फैलिएको स्वाइनफलु अर्थात् एचवानएनवानए पान्डेमिक-२००९ भाइरस नेपालभरि फैलिसकेको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुरले बताउनुभएको छ।
उहाँले भन्नुभयो- प्रधानमन्त्री माधवकुमार नेपाल पनि उच्च ज्वरो आउनुका साथै रुघा लागेका कारण परीक्षण गर्राई चिकित्सककै सल्लाहअनुसार आराम गरिरहनुभएको छ। यो रोग लुकाएर हैन र्सतर्कता अपनाएमा ४-५ दिनमै निको हुन्छ।’ यो रोग पशुबाट मान्छेमा र मान्छेबाट मान्छेमा र्सर्ने खालको खतरा भएकाले उच्च र्सतर्कता अपनाउन रोगनियन्त्रण महाशाखाले जनतालाई सूचित गरिसकेको उहाँले बताउनुभयो। निर्देशक ठाकुरले पोखरामा पनि २१ जना
बिरामीको नमुना ल्याइएकोमा अधिकांशमा स्वाइनफलुको संकेत देखिएपछि प्रभावित विद्यालय ४-५ दिन बन्द गरेर अरूमा फैलनबाट जोगाउन आग्रह गरेको बताउनुभयो। काठमाडौं, ललितपुरका केही विद्यालयमा अध्ययनरत विद्यार्थीमा पनि गत सातादेखि स्वाइनफलुको संकेत देखिएपछि विद्यालय बन्द गरेर नीरोगीलाई रोग र्सनबाट बचाउन विद्यालय सञ्चालकहरूलाई सूचित गरिएको पनि निर्देशक ठाकुरले बताउनुभयो। विकसित मुलुक अमेरिकामा त स्वाइनफलुका कारण २ हजार मानिसको मृत्यु हुनुका साथै २५ लाख जनतामा स्वाइनफलुको समस्या देखापरेको प्रमाणित भइसकेको अवस्थामा सामान्य रुघाखोकी त हो नि भनेर नीच मार्न नहुने निर्देशक ठाकुरको भनाइ छ। रुघाखोकी सामान्य भए पनि अहिले देखिएको भाइरस पशुबाट मान्छे र मान्छेबाट मान्छेमा नै र्सर्दै आनुवंशिक हुने हुनाले खतरा भएको र जोगिनका लागि हात धोइरहने, भीडभाडमा हिँड्दा माक्स लगाउने गर्नुपर्छ।
1 comment:
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक
Subscribe to:
Post Comments (Atom)
Nepalko PM jasta lai yesto rog laagepa6i aru saamanye jantako k haalat hola ta hamro nepalma..............|
ReplyDelete