20091124

४ विघा क्षेत्रफल रगतको आहालमा, मन्दिर परिसर नै रगताम्ये , २० हजार राँगाको बली, ,दशौं हजार मुसा, सुगुर, परेवा, र बोकाको बली !


हातमा खुँडा लिएका ३ सयभन्दा बढी 'मारक' हरु चिच्याउँदै बधस्थलमा प्रवेश गर्दा उक्त क्षेत्र युद्ध भूमिजस्तो देखिएको थियो।

पन्ध्र हजारभन्दा बढीको सङ्ख्यामा रहेका राँगाको भीडमा खुँडा–तरवार बोकेका ३ सय व्यक्तिको प्रवेशपछि त्यहाँको वातावारण कोलाहाल बनेको थियो

मान्छेले यस्तो दानबीय व्यबहार किन गर्छन् ?
के भगवान ले अरुलाई मारेर रगत खान ले भन्छन र !
अब रोक्नै पर्छ यो मान्छे को दानबीय व्यबहार !
बिरोध गर्नु पर्छ यो आतंकको, चेतना जगाउनु पर्छ यि प्राणी बिरुद्ध गरिएको अपराध को !!!


अधिकारकर्मी तथा धार्मिक सङ्घसंस्थाको विरोध हुँदाहुँदै पनि गढीमाई मन्दिरमा मङ्गलबार करिब २० हजार राँगालाई सामूहिक बली दिइएको छ। बिहान मन्दिरका मूल पुजारी मङ्गल चौधरीले पञ्चबली (मुसा, सुगुर, परेवा, राँगा र बोका ) दिएपछि सामूहिक बली सुरु भएको थियो। उक्त बलीसँगै ४ विघा क्षेत्रफलमा फैलिएको बधस्थल रगतको आहालमा परिणत भएको छ। दशौं हजारको सङ्ख्यामा आएका भारत तथा नेपालका तिर्थालुले यत्रतत्र बोका तथा परेवासमेत मङ्गलबारबाटै काट्न थालेपछि मन्दिर परिसर नै रगताम्ये भएको हो। मूल पूजारी चौधरीले बधस्थल नजिकै रहेको पीपलको बोटमुनि पञ्चबली दिएका हुन्। उनले सुरुमा बोका काटेका थिए।

त्यसपछि जङ्गलबाट ल्याइएको सेतो मुसालाई धारिलो खुकुरीमा राखेर घाँटी रेटे। मुसा बली दिएको दृष्य नेपाली तथा विदेशी पत्रकारले खुवै रुचीका साथ नियालेका....
थिए।त्यसपछि परेवा, सुगुर र राँगो हुँदै पञ्चबली समाप्त भएको थियो। बिहान ८ बजेको पञ्चबली समाप्तिलगत्तै हातमा खुँडा लिएका ३ सयभन्दा बढी 'मारक' हरु चिच्याउँदै बधस्थलमा प्रवेश गर्दा उक्त क्षेत्र युद्ध भूमिजस्तो देखिएको थियो। पन्ध्र हजारभन्दा बढीको सङ्ख्यामा रहेका राँगाको भीडमा खुँडा–तरवार बोकेका ३ सय


व्यक्तिको प्रवेशपछि त्यहाँको वातावारण कोलाहाल बनेको थियो। मारकहरुले अन्धाधुन्ध खुँडा–खुकुरी प्रहार गर्दा राँगा कराउँदै भाग्न पुगेका थिए। मार हान्नेहरुले भने आफूहरुलाई मार हान्न रमाइलो लाग्ने सुनाए । 'जति धेरै काट्न सक्यो उत्ति आनन्द महसुस हुन्छ', मार हान्दै गरेका रामलाल महतोले भने – परम्परा निभाउनका राँगा काट्न ग्रसर भएको हुँ। यसरी मार हान्नेमा कतिपय पैशाका लागि आएका देखिन्थे भने कतिपय भने सोख पूरा गर्नसमेत धमाधम राँगा ढाल्दै गरेका देखिन्थे। बली दिएको दृष्य हेर्न दशौं हजारको भीड बधस्थलको चारैतिर झुम्मिएको थियो। मार हान्ने क्रम साँझसम्म जारी छ। बाराको बरियारपुरमा लागेको गढीमाई मेलामा मंगलबार मध्यान्ह सुरक्षा निकायका उच्च अधिकारीहरुले पूजा गरेका छन् । प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरी लगायत जनपथ प्रहरीका उच्च अधिकारीहरुले गढीमाईको दर्शन र पुजाआजा गरेका हुन । आफूले चिताएको पूरा हुने कामनाका साथ भारतीय तथा नेपाली भक्तजन राँगा ल्याएको सुनाउँछन्। आफूले चढाएको राँगा मारिएकोसमेत हेर्न बसेका कतिपय राँगाको बगेको रगतसँगै आफ्नो मनोकामन पूरा हुने सुनाउँथे। भारतीय राज्य बिहारका एक व्यक्तिले १ सय ५ वटा राँगा गढीमाई मेलामा बली चढाएको समितिले जनाएको छ। मनोकांक्षा पूरा गर्न यसरी चढाइएका राँगामध्ये मङ्गलबार मध्याह्नसम्म १५ हजारको हाराहारीमा राँगा काटिसकिएको गढीमाई मेला समितिका संयोजक शिवचन्द्र कुशवाहले बताए। राँगा ल्याउने क्रम जारी रहेकाले २० हजार पुग्ने उनको भनाई छ । मंसिर ९ र १० गते बली दिने कार्यक्रम सिद्धिए पनि मेला अझै दुई सातासम्म रहने छ। गढीमाई मन्दीरमा मंगलबार काटिएका करिब २० हजार राँगाको मासु संभवत भोलीसम्ममा राजधानी पुग्ने छ। मेला व्यवस्थापन समितिले बली दिइएका राँगा ठेक्कामा बेचेपछि ठेेकेदारले बिक्रीका लागी राजधानी लैजाने तयारी गरेको हो। बली व्यवस्थापन समितिका उपाध्यक्ष धेनुकप्रसादले प्रतिराँगा ५ सय १० रुपैयाँका दरले कलैयाका पुष्कर नाम गरेका ठेकेदारलाई ठेक्कमा दिइसकेको जनाए। यस अनुसार सुरुमा १० हजार राँगा बराबरको ५१ लाख अनुमान गरिएपनि अहिले काटिने राँगाको संख्या बढेकाले रकम पनि बढ्ने उनले बताए।

बध स्थलमा छरिएका राँगाका शवलाई ठेकेदारले मंगलबार रातभरीमा संकलन गर्ने छन्। बलीमा मारिएका उक्त राँगा व्यापारीले मासु तथा छालाको प्रयोजनका लागी किनेका हुन्। 'मासु संभवत काठमाडौ लैजान्छन् होला', उनले भने- 'त्याहाँ छाला मासु दुवैको बिक्री हुनेछ।' एक अर्को स्रोतले भने उक्त मासु चाईनाको बजारमा निकासी हुने दावी गरेको छ।
विगतका बलीमा छालाको मात्र बिक्री हुँदै आएकोमा यस पटक मासुको समेत बिक्री भएको छ। यस पटक मन्दिरमा २० हजार हाराहारीमा राँगाको बली चढेको समितीले जनाएको छ। -उपेन्द्र लामिछाने/नागरिक


 बमजनले अलौकिक शक्ति प्रयोग गरेर रोक्ने, बधस्थलमा प्रकट हुनेजस्ता बकम्फुसे हल्लाका बिच चलिआएको चलनलाई रोक्न सकेनन् कसैले  

व्यापक विरोधका बाबजुद पनि गढिमाईको मेलामा हजारौँ राँगाको बलि दिएरै छाडिएछ । बमजनले अलौकिक शक्ति प्रयोग गरेर रोक्ने, बधस्थलमा प्रकट हुनेजस्ता बकम्फुसे हल्लाका बिच चलिआएको चलनलाई रोक्न सकेनन् कसैले । मिस नेपाल हुने दिन आयोजनस्थलको बाहिर धर्ना दिन बसेजस्तो गर्ने खगेन्द्र संग्रौलाहरूजस्तै केहि साकाहारी ठालुले बलि रोक्नका लागि अन्तिम समयमा आएर सस्तो पहल नगरेका पनि होइनन् । साँच्चै नै वलिप्रथा रोक्नैपर्ने भए राम्रोसँग तयारी गरेर अगाडिदेखि नै सम्बन्धित निकायअन्तर्गत काम गर्दै गए यो वर्ष नभए अर्को वर्ष, अर्को नभए त्यसपछिको अर्कोमा त बलिप्रथा रोक्न सकिन्थ्यो होला नि । तर, अब हुनेभयो भनेपछि बोल्नका लागि बोलिदिने ठालुहरूबाट केहि पनि लछारपाटो लागेन ।



बलि त दिईन्छ तर त्यत्रा बीस हजार राँगालाई के गरिन्छ होला भन्ने मेरो मनमा पहिलेदेखि नै प्रश्न थियो । आज पो एउटा पत्रिकामा छापिएको देखेँ बलि दिइएका राँगा त एकजना मान्छेलाई ठेक्का दिइएको छ रे । मारेका राँगाजति सबै भेला पारेर काठमाण्डौमा सप्लाई गर्ने योजना रहेछ । अब तिनै खुल्लामखुल्ला ठाउँमा मनपरी तवरबाट मारिएका राँगाका मासु जनतालाई खानको लागि ल्याउने कस्तो योजना हो यो ? स्वस्थ र व्यवस्थित रूपमा मासु काट्ने र बनाउने बधशाला निर्माणको आवाज चौतर्फी रूपमा उठिरहेको बेला र सरकारले पनि यस्तो कामलाई प्रोत्साहन गरिरहेको बेला खालि चौरमा मनपरि ढङ्गले मारिएका राँगाका मासु अब जनतालाई खान दिने कुरा सञ्चारमाध्यममा आउँदा पनि कसैको ध्यान जान सकेको छैन । काठमाण्डौका म:म भट्टीमा अब गढिमाईमा बलि दिइएका राँगाको मासुका म:म पाक्ने भए । सस्तोमा मासु भेटेपछि राँगा मारिरहने दु:ख कसले गर्छ र !


भर्खरै झाडापखालाको महामारीबाट देश सामान्य हुँदैछ । काठमाण्डौमा पनि मान्छेलाई दुनियाँथरि रोगले सताइरहेको छ । जण्डिस नहुने मान्छे भेट्न गाह्रो भइसक्यो । टाइफाइड, ज्वरो त सामान्य हुन थालिसक्यो काठमाण्डौबासीलाई । सरकारले दिएको खानेपानीमा समेत ढल मिसिएर आउँछ । स्वास्थ्यसम्बन्धी अवस्था यस्तो विकराल हुँदाहुँदै पनि अझ गढिमाईको राँगाको मासु पनि आइपुग्ने भयो काठमाण्डौ । त्यो काट्दा कस्तो फोहोर थियो होला ? काठमाण्डौ ल्याउँदा कसरी ल्याउँछन् होला ? कति फोहोर बनाएर ल्याउँछन् होला ? अनि त्यो मासु खाएर के हुन्छ होला काठमाण्डौवासीको हालत ? सोच्ने फुर्सद कसलाई छ र ! महामारी फैलियो भने सरकार छँदै छ नि, स्वास्थ्य केन्द्रमा नि:शुल्क जीवन जल बाँड्नलाई । जय होस् वलि दिएको मासु बेचेर जनता पोस्नेहरूको !! - Prabesh/Gafgaf


1 comment:

  1. Yo sachinai uratha lagdo pasu hatyaho gadimai ko bali prathale yo sansarma ajhapani danab rahe6 hamile aaphno parampra jogauda manab bhai hami haru samya ansar chetansil pani hunupar6 jastolag6

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक