20091118

पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहलाई धम्क्याएर १ करोड रुपियाँ माग !


पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहलाई धम्क्याएर १ करोड रुपियाँ माग गर्ने प्रतीक्षारत्न शाहलाई प्रहरीले पक्राउ गरेको छ। मोबाइलको एसएमएसमार्फ १ करोड रुपियाँ माग गरी रकम नदिए उनका श्रीमान् र छोरीलाई २४ घण्टाभित्र हत्या गर्ने धम्कीसहित खबर पठाएपछि पूर्वराजपरिवारभित्र समेत खैलाबैला मच्चिएको थियो। नेपालगन्जका दीपक हमालको नाममा दर्ता गरिएको मेरो मोबाइलको ९८०८३१८०३१ नम्बरबाट प्रेरणालाई एसएमएस पठाइएको थियो। एसएमएस प्राप्त भएको चार दिनपछाडि मात्र प्रेरणाका श्रीमान् राजबहादुर सिंहले प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए। जानकारी गराएलगत्तै प्रहरीको विशेष टोली नेपालगन्ज गएको थियो। प्रहरीले एसएमएस गर्न प्रयोग गरिएको मोबाइलका धनी हमाललाई पक्राउ गरी सोधपुछ गरेपछि उनले मोबाइल आफ्नो नाममा भए पनि काका राजेश हमालले प्रयोग गर्ने गरेको
बताए। रुकुम घर भएका हमाल काठमाडौंको गोंगबुमा दाङ-सल्यान गेस्ट हाउसका सञ्चालक हुन्। प्रहरीले राजेश हमाललाई गोंगबुस्थित उनकै गेस्ट हाउसबाट पक्राउ गरेपछि उक्त घटनाको रहस्य खुलेको एक उच्च प्रहरी अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए। यार्सागुम्बाको व्यापार गर्दै आएका हमालले व्यापारबाट घाटा खाएपछि प्रेरणाकी स्वकीय सचिव प्रतीक्षालाई प्रयोग गरेर उक्त रकम मागेको प्रहरीले जनाएको छ। राजेश र प्रतीक्षाबीच टीकाटालो गरी मंसिरमा विवाह गर्ने तयारी भइरहेको थियो। अनुसन्धानका क्रममा प्रहरीले प्रतीक्षा र राजेशलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै अभियुक्तलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ। उनीहरूविरुद्ध प्रहरीले मानव शरीर बन्धक तथा ठगीमा मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक