20091118

प्रचण्डले वर्तमान सरकार छिटै ढल्ने बताए


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सरकार छिटै ढल्ने बताएका छन् । काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई सिङ्गापुरमा भेटेर बुधबार दिउँसो स्वदेश फर्किएलगत्तै प्रचण्डले सञ्चारकर्मीमाझ भने- "अप्राकृतढङ्गले बनेको सरकार छिटै ढल्दैछ ।" कोइरालालाई भेटेपछि प्रचण्डले नयाँ सरकार गठनको दावी गर्नुलाई महत्वका साथ हेरिएको छ ।उनले काङ्ग्रेस सभापति कोइराला पनि राजनीतिक गतिरोध अन्त्य हुनेमा विश्वस्त भएको बताए । कोइराला र प्रचण्डबीच मङ्गलबार भएको भेटमा राष्ट्रपतिको कदमका सम्बन्धमा मध्यमार्गी बाटो अपनाउने सहमति भएको थियो । "तर खाकाका बारेमा भने छलफल हुन बाँकी छ"- उनले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक