20091116

अनिश्चितकालीन मधेश बन्द आह्वान , बन्द कार्यक्रममा अवरोध गरिए यसको कडा प्रतिकार !

 मातृका यादव नेतृत्वको नेकपा माओवादीले कार्यकर्ता पक्राउको विरोधमा अनिश्चितकालीन मधेश बन्द आह्वान गरेको छ। बन्द आह्वानको पहिलो दिन सोमबार जनजिवन प्रभावित बनेको छ। बन्द आह्वानका कारण पूर्व पश्चिम राजमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन्।  राजमार्गमा यातायातका साधन नचल्दा पहाडी जिल्ला उदयपुर, खोटांग, ओखलढुंगा भएर चल्ने सवारी साधन पनि प्रभावित बनेको छ। सगरमाथा अञ्चलकै प्रमुख बजार लहान पनि पूर्ण रुपले बन्द छ भने गोलबवार, मिर्चैया, सिरहा बवार, रावबिराज, भारदह, कञ्चनपुर लगायतका बजार खुलेका छैनन्। यहाँको राजमार्गमा छिटफुट मोटरसाइकल र एम्बुलेन्स लगायत अतिआवश्यकीय सवारी चले पनि यात्रुवाहक सवारी साधन सञ्चालन नहुँदा यात्रुहरुको बिच्चली भएको छ। आफना कार्यकर्ता ध्रुव यादव सहितकालाई पर्सा प्रहरीले नछापछि मधेश बन्द आह्वान गरिएको पुनर्गठित नेकपा माओवमदीका नेता जगत यादवले बताए। आफ्नो बन्द कार्यक्रममा अवरोध गरिए यसको कडा प्रतिकार गर्ने उनले बताए। यसैबीच पुनर्गठित नेकपा माओवादीका ८ जनालाई प्रहरीले लहानबाट पक्राउ गरेको छ। माओवादीका जिल्लास्तरीय नेता चौधरी महतोसहित ८ जनाले बजार बन्द गराउँदै हिँडेकोले
पक्रउ गरिएको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक बिपिन रेग्मीले बताए। सो पार्टीका केन्द्रीय सदस्य जगत यादवले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप गरी कार्यकर्तालाई पक्राउ गर्दै हिँडेको आरोप लगाएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक