राजा रानी को कती ठुलो महत्व र गरिमा छ भन्ने कुरा ओबामा ले यो पोज को अभिबादन बाट विश्व भर लाई सन्देश दिएका छन ।
जापानका राजा अकितो र रानी मिचिकोलाई शनिबार अभिनन्दन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामा । तस्वीरः एपी/रासस
"राजाले त्यो बेला अडान लिएको भए मुलुकमा ठूलो रक्तपात र भिडन्त हुनसक्ने सम्भावना थियो"
- कमल थापा, अध्यक्ष- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
सबै दलहरुले सङ्घीयताको खाका कोरिसके , राप्रपा नेपाल के गरिरहेको छ, अहिले ?
सङ्घीयताको विषयमा हाम्रो पार्टी स्पष्ट छ । जात र भाषाको आधारमा देशलाई विभाजित गरियो भने त्यसले राष्ट्रलाई विघटनमा पुर्याउँछ भन्ने हामीलाई लागेको छ । दोस्रो- जुन ढङ्गबाट सङ्घीयताको नारा अघि बढाइएको छ, त्यो सकारात्मक छैन । वास्तवमा नेपालमा सदियौँदेखि समाजमा शोषण र विभेद रहँदै आएको हामी पनि स्वीकार्छौँ तर त्यसको समाधान देशलाई जात र भाषाको आधारमा विभाजन गरेर .......
हुँदैन । सङ्घीयतामा जानैपर्छ भने आर्थिक सम्भाव्यता र भूगोलको आधारमा विकासको उद्देश्य प्राप्तिका निमित्त हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।
त्यसो भए नयाँ संविधानमा तपाईँको पार्टीले मुख्य मुद्दाको रुपमा के विषयलाई जोड दिन चाहन्छ ?
तपाईँले बडो राम्रो प्रश्न सोध्नुभयो । वास्तवमा संविधानसभामा २५ दलहरु छन् । तीमध्ये राप्रपा नेपालमात्र एउटा यस्तो पार्टी हो, जसले संविधानसभामा आफ्नो स्पष्ट विचारका आधारमा अवधारणा प्रस्तुत गरेको छ । हाम्रो दृष्टिकोणमा नेपालका लागि राजासहितको प्रजातन्त्र, सर्वधर्म सहअस्तित्व, पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दू धर्मको पहिचान र विकासको निमित्त सङ्घीयता हुनुपर्छ भन्ने मूलभूत मान्यताका आधारमा हामीले संविधानसभामा आफ्नो सुझाव प्रस्तुत गरेका छौँ ।
भनेपछि अझै यहाँहरु संवैधानिक राजतन्त्रको पक्षमा हुनुहुन्छ जबकि गणतन्त्र कार्यान्वयन भइसक्यो, यस्तो अवस्थामा फेरि राजतन्त्र ब्युँताउन सम्भव छ र ?
म यहाँलाई के प्रष्ट पार्न चाहन्छु भने नेपालमा गणतन्त्र कार्यान्वयन भएको छ, यो अन्तरिम संविधानमा भएको अन्तरिम व्यवस्था हो । त्यसैले अन्तरिम संविधानका विषयहरु अस्थायी, अन्तरिम र परिवर्तन हुनसक्ने विषयहरु हुन् । त्यसकारण नयाँ संविधान नबनिसकेको अवस्थामा नेपालको भूराजनीतिक अवस्था, मुलुकको वर्तमान राजनीतिक गतिशीलता, हाम्रो देशको धार्मिक, साँस्कृतिक, सामाजिक परिवेश र विगतका तीन वर्षमा मुलुकमा विकसित घटनाक्रमलाई समग्ररुपमा विश्लेषण गरेर हेर्ने हो भने राजासहितको प्रजातन्त्रको औचित्य समाप्त हुनेहैन, आवश्यकता झन् महसुस भएको हामी ठान्छौँ ।
तपाईँहरुको दीर्घकालीन रणनीति राजतन्त्रको पुनःस्थापना रहेछ, जनता तपाईँको पक्षमा छन् त?
हेर्नुस्, नेपालमा गणतन्त्र कार्यान्वयन गर्ने नाममा जसरी राजालाई पाखा लगाउने काम भयो, यो नेपाली जनताको प्रत्यक्ष अभिमतका आधारमा होइन । यदि वस्तुगतरुपले र पूर्वाग्रह नराखेर भन्ने हो भने बाह्य शक्तिको षड्यन्त्र र नेपालको उग्रबामपन्थी शक्तिको रणनीतिको शिकार राजसंस्था भएको हो । त्यसकारण हामीले अहिले पनि राजासहितको प्रजातन्त्र मागेका हौँ र यसको छिनोफानो जनताको प्रत्यक्ष अभिमतअर्थात राष्ट्रिय जनमत सङ्ग्रहबाट हुनुपर्छ भन्ने हाम्रो माग हो ।
जनता गणगन्त्रको पक्षमा छन् भन्नुभयो तर ०६२-०६३ मा राजतन्त्रको विरुद्ध त्यत्रो जनता उर्लिएको थियो । राजसंस्था जनताबाट बहिष्कृत भइसकेन र?
२०६२-६३ मा भएको जनआन्दोलनको स्रोत भनेको भारतको राजधानी नयाँदिल्लीमा भएको बाह्रबुँदे समझदारी हो । त्यो समझदारीमा राजतन्त्रको अन्त्यको विषय छैन, त्यहाँ निरङ्कुशता अन्त्यको कुरा छ । मूलरुपमा उग्रबामपन्थी चिन्तन बोकेका माओवादीहरुको संलग्नता भएको आन्दोलनका क्रममा माओवादी पक्षधरहरुले गणतन्त्रको आवाज उठाएका हुन् । त्यसमा अरुको पनि मिसमास भयो होला । आन्दोलनको मूल लक्ष्य त्यो थिएन । मूल लक्ष्य हुँदो हो त २०६२ बैशाख ११ को घोषणा नै हुँदैनथ्यो । राजा र राजनीतिक दलहरुको सम्झौताको आधारमा प्रतिनिधिसभा पुनःस्थापति भयो । राजाबाट प्रधानमन्त्रीको नियुक्ति भयो । राजाका अगाडि प्रधानमन्त्रीले शपथग्रहण गर्नुभयो र पुनःस्थापित संसदले २०६३ जेठ ४ गते एउटा ऐतिहासिक घोषणापत्र पारित गरेर राजसंस्थाको निरन्तरताको पक्षमा निर्णय दियो । यो इतिहासमा लेखिएको तत्थ हो । अब यहाँ लहडैलहडमा लागेर कुराहरु बाहिर आएका छन् । क्रान्तिकारिताको नाममा यी सबै कुरा भइराखेका छन् । ऐतिहासिक दृष्टिकोणबाट यी सबै घटनालाई तथ्यपरक ढङ्गले हेर्ने हो भने राजतन्त्रलाई पाखा लगाउने वा गणतन्त्रलाई कार्यान्वयन गर्ने काममा जनताको प्रत्यक्ष संलग्नता छैन ।
पूर्वराजा ज्ञानेन्द्र आफ्नो राजनीतिक भूमिकाको प्रतीक्षामा छन्जस्तो लाग्छ तपाईँलाई ?
राजा आफ्नो भूमिका खोज्दैहुनुहुन्छ वा हुनुहुन्न, आधिकारिकरुपमा म केही भन्न सक्दिन । मैले भन्ने आफ्नो पार्टीको दृष्टिकोणमात्र हो । राजाले दरबार छाड्दा दिएको अभिव्यक्तिबाट हामी सबै नेपाली अनुग्रहित हुनुपर्छ, राजाले त्योबेला अडान लिएको भए मुलुकमा ठूलो रक्तपात र भिडन्त हुनसक्ने सम्भावना थियो । देशलाई रक्तपात र भिडन्तबाट जोगाउनका लागि संविधानसभाले जेठ १५ गते गरेको निर्णय असंवैधानिक भएपनि त्यसको सहज कार्यान्वयनका लागि राजाले दरबार छाडेर गएको हामीले देखेका हौँ । जहाँसम्म राजनीतिमा उहाँको पुनरावृत्तिको कुरा छ, म यसै भन्न सक्दिन ।
नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप बढेको हो त ?
गम्भीर विषय उठाउनुभयो । यो अत्यन्त दुर्भाग्यपूर्ण छ । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपश्चात् नेपालमा विदेशीहरुको प्रभाव बढ्यो । मन्त्रिपरिषद् बैठकमा नै विदेशीहरु बस्ने प्रचलन थियो । राजाको सल्लाहकारका रुपमा विदेशी प्रतिनिधि रहने व्यवस्था थियो । त्यसबेला मन्त्रिपरिषद्मा एउटा कुरामा विवाद भयो । विवाद भएपछि नेपालका सबै मन्त्री हवाइजहाज चढेर भारत गए । त्यहाँका प्रधानमन्त्री जवाहारलाल नेहरुको मध्यस्थतामा त्यो विवादलाई समाधान गरियो । त्यो घटना अहिले ठ्याक्कै मिल्छ । अहिलेको अवस्था पनि त्यस्तै छ । त्यस्ता घटनाले नेपालको सार्वभौमिकतामा प्रश्नचिन्ह खडा भएको थियो तर राजा महेन्द्रको दूरदर्शिता र राष्ट्रियताको नीति तथा अडानले गर्दा नेपाल एउटा स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न राष्ट्र भयो । अहिलेको नयाँ पुस्तामा पनि राष्ट्रियताको भावना हामीले पाएका छौँ तैपनि केही राजनीतिक दलहरुको अकर्मण्यता, गलत नीति, स्वार्थ र सत्ताकेन्दि्रत प्रवृत्तिका कारण नेपालको राजनीतिको साँचो विदेशीको हातमा जान लागेको छ । अहिले लाजै नमानिकन यहाँका नेताहरु विदेशीहरुको सहयोग, हस्तक्षेप र आशीर्वादको अपेक्षा गरिरहेका छन् । प्रधानमन्त्रीजस्तो मानिस विदेशबाट र्फकँदा एयरपोर्टमा भारतको चाहना वर्तमान सरकारको निरन्तरता हो भनी सगौरव भन्नसक्ने अवस्था अहिले सिर्जना भएको छ । एकपछि अर्को गर्दै सबै राजनीतिक दलका नेताहरु देशको गतिरोध समाधानमा विदेशीको आशीवार्द लिन गइराखेको हामीले देखिरहेका छौँ । जबसम्म हामी यो आत्मसमर्पणवादी चरित्रबाट मुक्त हुन सक्दैनौँ, त्यसबेलासम्म नेपालमा सार्वभौमसत्तासम्पन्न प्रजातन्त्र बलियो हुँदैन, न त नेपालको विकास नै सम्भव छ ।
जारी गतिरोध हटाउन कसले के गर्नुपर्छ त त्यसोभए ?
हेर्नुस्, संविधानसभामा हाम्रो पार्टीको प्रतिनिधित्व सानो भएकाले हाम्रा आवाजहरु संसदमा त्यत्ति सुनिएको छैन । तर, अढाई वर्षदेखि निरन्तर हामी कराइराखेका छौँ, हाम्रा कुराहरु एकपछि अर्को गरी पुष्टि हुँदै गइरहेका छन् र त्यही समाधान हो भन्ने हामीलाई लाग्छ । तर, त्रुटीहरु बाह्रबुँदे समझदारीदेखि भएका छन् । शान्ति सम्झौताको पहिलो सर्त हिंसाको परित्याग हो तर नेपालमा शान्ति प्रक्रियाको प्रारम्भ हुँदा न माओवादीले यस्तो प्रतिबद्धता व्यक्त गर्यो न त एमाले र काङ्ग्रेसले नै प्रतिबद्धताका लागि पहल गरे । त्यसैले हरेक दिन माओवादीले यो माग पूरा नभए बन्दुक उठाउँछौँ, बिद्रोह गर्छौँ भन्दै आएका छन् । उनीहरुको मनस्थिति अझै हिंसात्मक छ । दोस्रो कुरा- माओवादी लडाकुको विषयलाई टुङ्गो नलगाई संविधानसभाको चुनाव गर्नु अत्यन्तै आत्मघाती काम थियो । यसले हिंसाको जग बलियो बनाइदियो र अन्य सशस्त्र समूह सिर्जना हुने वातावरण बनाइदियो । तेस्रो कुरा- संविधानसाभाबाट संविधान बनाउने भनिए तापनि त्यो संविधानको वैचारिक धरातल के हुने भन्ने विषयमा सामान्य सहमति कायम नगरिकन चुनाव सम्पन्न भयो । त्यही कारणले आज संविधान बन्न सकिरहेको छैन । दलहरुबीचको वैचारिक खाडल सामान्यढङ्गले समाधान हुनसक्ने अवस्था नै छैन । गतिरोधको एउटै निकास भनेको विगतका गल्ती सच्चाएर नयाँ सम्झौता कायम गर्ने र त्यो सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउने । यसबाहेक अर्को समाधान छैन । हेर्नोस्, काठमाडौँबाट काँकडभित्ता जाने हो भने नारायणगढबाट पूर्व लाग्नैपर्छ तर राजनीतिक दलहरु विपरीत दिशातिर लागिरहेका छन् । यस्तो पाराले गन्तव्यमा पुगिँदैन ।
त्यसोभए तोकिएको समयमा संविधान बन्दैन?
बन्दैन ।
किन बन्दैन ?
अब त प्राविधिकरुपमा पनि सम्भव छैन । माओवादीका अयोग्य लडाकुलाई शिविरबाट निकाल्न र समायोजन गर्न दुइ अढाइ वर्षदेखि सम्भव भएको छैन भने योग्य लडाकुलाई पाँच-सात महिनामा कसरी समायोजन गर्नहुन्छ ? दोस्रो कुरा- सङ्घीयताको स्वरुपबारे राष्ट्र पूर्णरुपमा विभाजित छ । यो विभाजनका बीचमा गरिएको निर्णयलाई कार्यान्वयन गर्नसक्ने अवस्था छैन । अर्को- नेपालमा बढिरहेको बाह्य शक्तिको चलखेलका कारण पनि तोकिएको समयमा संविधान बनाउन संभव छैन ।
भनेपछि राजनीतिक दलहरु विदेशीको गोटी बनेकै हुन् त ?
हो । नेपाल बाह्य शक्तिहरुको रणनीतिकस्थल बन्ने खतरा बढको छ । नेपालमा बाह्य शक्तिको चलखेल बढ्यो । वैकल्पिक मूल्य, मान्यता र संस्थाहरु खडा गरिनुपर्छ । अहिले परम्परागत संरचना र संवैधानिक व्यवस्थालाई भत्काइएको छ । यसले देशमा रिक्तता पैदा गरेको छ । यस्तो रिक्तता पैदा हुँदा विदेशीहरु खेल्न खोजिराखेका छन् । मैले माओवादी नेता प्रचण्ड र बाबुरामलाई चुनाव भएलगत्तै सम्झाएको थिएँ- चुनाव पनि भइसक्यो, गणतन्त्रलाई तपाईँहरुले कार्यान्वयन गर्नसक्नुहुन्छ तर नहतारिनुस् । राजा ज्ञानेन्द्रलाई हटाउँदैमा अथवा रामवरण यादवलाई राष्ट्रपति बनाउँदैमा अहिलेको रिक्तता पूरा हुँदैन । यसको सबैभन्दा ठूलो प्रभाव नेपाली सेनामा पर्छ किनभने सेनाको राजसंस्थासँग निकट सम्बन्ध छ । इतिहासलाई हेर्नुहुन्छ भने नेपाली सेना राजासंस्थाले सिर्जना गरेको व्यक्तिगत सेना हो । यो कुनै संविधानले बनाएको सेना थिएन । त्यसलाई अचानक भत्काइदिनुभयो भने त्यो सेनाले बाहिर संरक्षकत्व खोज्नसक्छ । यदि सेनाले बाह्य संरक्षक खोज्यो भने त्यो हाम्रालागि घातक हुन्छ । मैले यो कुरा प्रचण्ड र नारायणकाजीजीलाई पनि भनेको हुँ केही समयअघि । प्रधानसेनापति प्रकरणपछि बालुवाटारबाट निस्कन माओवादी अध्यक्षलाई कसले दवाव दियो ? यही हो वाह्य हस्तक्षेप भनेको ।
के त्यसोभए सेनापति प्रकरणमा रामवरण यादव पात्रमात्र थिए ?
हो उनी पात्रमात्रै हुन् । अहिले नेताहरु विदेशीहरुको रिमोटमा चलेका छन् । उनीहरुको बोली त्यही रिमोटले कन्ट्रोल गरिराखेको छ । खासगरी माओवादीहरु दिनभर कार्यकर्तालाई आन्दोलनको नाममा सडकमा ओराल्ने र रातभरि राजनीतिक दलका नेताहरुसँग पार्टीभोजमा सरिक हुने र राजदूतहरुसँग सत्तामा पुर्याइदेऊ भनेर चाप्लुसी गरिरहेका छन् । के राष्ट्रियताको आशा गर्नुहुन्छ उनीहरुबाट ? -विज्ञान शर्मा र जनक तिमिल्सिना/नेपालीपत्र
GOOD KAMAL THAPA JI MALAI MAN PARNE BYAKTI MA KAMAL THAPA KO MAN PAHILO LIST MA AUCHA KINA KI TAPAIN KO VOICE ANI COMMANDING RAMRO LAGCHA ANI TAPAIN BATA DHERI KURA HARU PANI SIKEKO CHU RA AILE KO INTERVIEW RAMRO CHA HAMRO DES MA FARI PANI RAJTANTRA AUNU PARCHA ANI DES RAMRO HUNCHA HOINA BHANE YO BHANDA PANI KHATTAM BHAYERA JANCHA ABA TAPAIN HARU JASTO NETA LE GARNE HO SATHAI YUBA SHAKTI LAI PANI AAGADI BADHAUNUHOLA THANX
ReplyDeletebadhai chha kamal thapa ji satya tyahi ho nepal ma raja bina nepal rahadainn . prachanda ta bharat ko dalal nai hun bhanne kuro clear bhai sakyo ni
ReplyDelete