20091112

माओवादी सिँहदरबार घेर्दै, सेना पूर्ण सतर्क अवस्थामा, प्रचन्डद्वारा आम् हड्तालको धम्की, सिँहदरबार घेर्न आउँदा दुर्घटनामा परि एक माओवादीको मृत्‍यु, अन्य ५२ जना घाइते !


माओवादीले सिंहदरबार घेराउ गरेपछि सिंहदरबारका सबै गेटमा नारायण दल गणका सेनालाई ‘स्ट्यान्ड बाइ' गरिएको छ। घेराउका क्रममा हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राख्दै प्रहरी र सशस्त्र प्रहरीको ‘ब्याक अप' स्वरुप सेनालाई खटाइएको सुरक्षा स्रोतलाई उदृत गर्दै नागरिकन्यूजकर्मी भोजराज भाटले जनाएका छन्।
सिंहदरबारभित्र सेनाको उपत्यका पृतनापतिको कार्यालय, नारायण दल गण, क्याब्लरी गण र सुरक्षापरिषद कार्यालय छ। रातो झण्डा हातमा लिएका हजारौंको संख्यामा आएका माओवादी कार्यकर्ताहरुले सिंहदरवारलाई माइतीघर चोक, भद्रकाली, पद्मोदय क्याम्पस, जिल्ला प्रशासन कार्यालय क्षेत्र, घट्टेकुलो, हनुमानस्थान क्षेत्रबाट घेराबन्दी गरेका छन् । कार्यक्रममा माओवादीले काभ्रे, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुरलगायतका जिल्लाहरुबाट ठूलो संख्यामा कार्यकर्ता उतारेका छन् । राजधानी आउने प्राय बसहरुमा रातो झण्डा गाडिएका छन् । बानेश्वरबाट, थापाथली चोक, पुतली सडक, दरवारमार्ग, रत्नपार्क लगायतका क्षेत्रमासमेत सवारी प्रवेश गर्न नपाएपछि राजधानीको सडक व्यवस्था अस्तव्यस्त भएका छन् । पैदल यात्रुलाईसमेत धर्नाकारीले अवरोध पुर्‍याएका छन् । यसले गर्दा कामकाजीहरुलाई आप्ठ्यारो परेको छ । सवारी नचलेपछि पैदल हिडेर गन्तव्यतिर जादै गरेका यात्रुहरुलाई त्यसमा पनि अवरोध भएपछि आप्ठ्यारो भएको हो । सिंहदरवार घेराउला माओवादीका शीर्ष नेताहरुले नेतृत्व गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले भद्रकालीमा, जनआन्दोलन संयोजन समितिका संयोजक तथा उपाध्यक्ष बाबुराम भट्टराईले माइतीघरमा, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पद्मोदय मोडमा, कृष्णबहादुर महराले जिल्ला प्रशासन कार्यालय क्षेत्रमा, अमिक शेरचनले....
सडक डिभिजन कार्यालय क्षेत्रमा, देव गुरुङले हनुमानस्थान, नेत्रविक्रम चन्दका पूर्वी गेट तथा गिरिराजमणि पोखरेलको कालिकिास्थानबाट घेराउ कार्यक्रमको नेतृत्व गरिरहेका छन् ।

माओवादीले वरिपरिका जिल्लाबाट कार्यकर्ता उतार्नुको साथै सबै जनबगिर्ाय संगठनहरुलाई उतारेको छ । बिद्यार्थी, मजदूर, चिकित्सक, महिलालगायत सबैलाई घेराउनमा सहभागी गराएको । घेराउ कार्यक्रमलाई व्यवस्थित बनाउन योङ कम्युनिष्ट लिगका कार्यकर्ताहरु खटाएका छन् । कार्यकर्ताहरु बाजागाजसहित आएका छन् । बिभिन्न परम्परागत, आधुनिक तथा क्रान्तिकारी गीतसंगितले गर्दा संशिदरवार वरीपरिको क्षेत्र संगीतमय बनेको छ । युवायुवतीहरु नाचीरहेका छन् । बिच बिचमा नारावाजी गरिरहेका छन् । साना साना कार्यक्रमहरु गरेर मुक्तक, कविता, प्रहसनहरु देखाउने पनि गरि रहेको छ । संभावित दुर्घट्नाका लागि सरकारले निषेधित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । भद्रकाली, माइतीघर मण्डला, जिल्ला प्रशासन कार्यालय क्षेत्रमा प्रहरीले धर्नाकारीलाई रोकेको छ । सामान्यतय माओवादीले देखाउने उत्तेजक व्यवहारको बदलामा घेराउमा प्रहरीले रोकेको ठाउँमा बसेर धर्ना दिएका छन् । पहिलो पंक्तिमा नेताहरु घेराउमा बसेका छन् । उनीहरुको सुरक्षा तथा व्यवस्थित गर्न त्यसपछिको लाइनमा वाइसीएल र त्यसपछि मात्र कार्यकर्ता बस्ने गरेका छन्
गृह मन्त्रालयका प्रवक्त जयमुकुन्द खनालले निषेधित क्षेत्र उल्लंघन हुन नदिन तथा स्थितिलाई नियन्त्रणमा राख्न १० हजारको संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको बताए । केन्द्रीय सचिवालय भएकाले यहाँ कार्यरत कर्मचारी र काममा आउने सर्वसाधारणलाई सिंहदरवार भित्र आउन यथेष्ट सुरक्षा व्यवस्था गरिएको उनले दावी गरे । सिंहदरवारको पश्चिम गेटबाट कर्मचारीहरुलाई छिराउने उनले बताए । कतिपय मन्त्री र उच्च अधिकारीहरु माओवादी आन्दोलन सुरु हुनु अगावै सिंहदरवार प्रवेश गरिसकेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति नभए तेस्रो चरणको आन्दोलन अन्तर्गत आमहडतालमा उत्रिने बताएका छन् । आफूहरु छिटो गतरोध अन्त्य गर्ने पक्षमा रहेको भन्दै अर्को साता भित्रसम्ममा सहमति हुने विश्वास व्यक्त गरे । पार्टीको पूर्व घोषित कार्यक्रम अन्तर्गत सिंहदरवार घेराउको नेतृत्व गर्न भद्रकालीमा बसेका अध्यक्ष दाहालले संचारकर्मीसंग कुरा गर्दै उनले राष्ट्रपतिको कदम नसच्चिएसम्म गतिरोध अन्त्य हुन गार्‍हो भएको बताए । उनले भने-'हामी वार्ताबाट समस्याको निकास खोज्न चाहन्छौं तर सरकार यो समस्याको निकास चाँहदैन । किनभने उ संविधानससभा भंग गरेर शान्ति प्रक्रिया चुहाउन चाहेको छ ।' उनले आफूहरु शान्ति प्रक्रिया र संविधान लेखनकार्यलाई निष्कर्षमा पुर्‍याउन आन्दोलनरत् रहेको पनि दावी गरे ।

सिंहदरवार घेराउ कार्यक्रमका लागि जाँदै गरेको माओवादी कार्यकर्ता चढेको बस तनहुँको आँवुखैरेनी - ७ मा बुधबार राति दुर्घटना हुँदा एक जना माओवादी कार्यकर्ताको मृत्यु भएको छ । अन्य ५२ जना घाइते भएका छन् । राति करिव सवा वाह्र वजेको समयमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा गोर्खा केरावारीका २० वषर्ीय सुरेश तमु रहेका छन् । गम्भिर घाईते तमुलाई उपचारको लागि काठमाडौं लैजादैं गर्दा वाटोमा मृत्यु भएको हो । गोर्खाको छोप्राकबाट काठमाडौं आउन लागेको ना ३ ख ८३८२ नम्वरको वस सडकवाट करिव ५० मिटर तल मस्र्याङ्दी नदी किनारामा खस्दा दुर्घटना भएको हो । घाईते हुने माओवादी कार्यकर्ता मध्ये ४९ जनाको जनमैत्री अस्पताल काठमाडौं, १ जनाको विर अस्पताल र २ जनाको भरतपुर मेडिकल अस्पतालमा उपचार भई रहेको छ । घाईते मध्ये १० जनाको अवश्था गम्भिर रहेको प्रहरीले जनाएको छ । वसका घाईतेलाई प्रहरीले शुक्रवार विहान ५ वजेसम्म उद्धार गरेको थियो ।

1 comment:

  1. Yaha gherau karyakramma bhag lina aayeka byakti durghatanama pari mrityu bhayeko chha aba tyaslai pani SHAHID ghosana garne ho ki

    M. Lama

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक