20091109

एकीकृत माओवादी किरात गणराज्य घोषणा गर्दै, गणराज्य घोषणाका लागि तयारी पूरा रे !

चन्दा नदिएको भन्दै माओवादीका कार्यकर्ताले 13 वटा यात्रुबाहक बस कब्जामा लिए, प्रतिबस ५० हजार रुपियाँ चन्दा माग

 
समाचार पढ्न सुरु गर्नु भन्दा अगाडि यो फोटो घोरिएर हेर्नुस् हिडिरहेको कार रोकेर बाँदर का हूलले कारमा गएर र माथि रहेको डिक्की फोडेर डिक्कीमा रहेका सरसामान लत्ता कपडा  जसरी लथालिँग र भताभुँग पारेका छन, यि बाँदरहरुका ठाउँमा  हाम्रो देशका नेताहरु सम्झिएँ, अनी यो कार भित्र बाट दशा हेरिरहेकी महिलाको ठाउँमा आफुलाई र जनतालाई सम्झेँ, तपाईं आफूलाई कहाँ पाउनुहुन्छ कुन्नी ? 

                              ......एकीकृत माओवादी केन्द्रीय कमिटीले स्वायत्त गणराज्य घोषणाको कार्यक्रम फिर्ता लिए पनि किरात राज्य समितिले सोमबार किरात गणराज्य घोषणा गर्दैछ। एकीकृत नेकपा माओवादी किरात राज्य जनआन्दोलन संघर्ष समितिले खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखम्बु र संखुवासभालाई किरात गणराज्य घोषणा गर्न लागेको हो। गणराज्य घोषणाका लागि माओवादी पोलिटव्यूरो सदस्य गोपाल किराती खोटाङ आइसकेका छन् भने राज्य समिति अन्तर्गतका ६ जिल्लाका प्रतिनिधि पनि खोटाङ आएका छन्। गणराज्य घोषणा गर्न पार्टीका वरिष्ठ नेता रामबहादुर थापा बादल......
आउने भनिए पनि, बादल नआउने संघर्ष समिति सदस्य तथा खोटाङ इन्चार्ज ध्रुब बुढाथोकी धिरेनले बताए। राईहरुको बहुलबास खोटाङ भएकाले खोटाङलाई यस राज्यको राजधानी मान्दै यहाँबाट गणराज्य घोषणा हुन लागेको धिरेनले बताए। उनले गणराज्य घोषणाका लागि अन्य तयारी पनि पूरा भएको बताए। यो राज्य विकट भएकाले पनि फिर्ता लिने स्थिति नभएको उनको भनाई छ।
पछिल्लो पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयारी पूरा नभएकाले मात्रै गणराज्य घोषणाको कार्यक्रम फिर्ता लिएको र उपयुक्त समयमा कार्यक्रम गरिने बताएका थिए।

आन्दोलनका लागि चन्दा नदिएको भन्दै एकीकृत माओवादीका कार्यकर्ताले आइतबार साँझसम्म अरनिको यातायात सेवा समितिका 13 वटा यात्रुबाहक बस कब्जामा लिएका छन्। काभ्रेको दुर्गम क्षेत्र मानिएको कोसीपारि र रामेछाप जिल्लाका विभिन्न ठाउँबाट माओवादी कार्यकर्ताहरूले शनिबार साँझसम्म ६ वटा र आइतबार ७ वटा यात्रुबाहक बस कब्जामा लिएको अरनिको यातायात सेवा समितिका सदस्य पुष्प गौतमले बताएका छन्। अरनिको यातायात सेवा समितिका सदस्य गौतमका अनुसार केही दिनअघि आन्दोलनका लागि प्रतिबस ५० हजार रुपियाँ मागेको र सो रकम नदिँदा बस कब्जामा लिइएको हो। उनका अनुसार माओवादीका एरिया सेक्रेटरी झम्क गौतमले आन्दोलनका लागि ५० हजार रुपियाँ लिने निर्णयभएको भन्दै रकम माग गरेका थिए। यसबारेमा एरिया सेक्रेटरी झम्क गौतमले नेपाल समाचारपत्रसँग बस कब्जामा लिएको स्वीकार्दै भने- ‘अरनिको यातायात सेवा समितिको बसहरूले भाडा बढी लिने, असुरक्षित यात्रा गराउनेजस्ता अनियमितता गरेकाले स्थानीय बासिन्दाले बस कब्जामा लिएका हुन्।’

आन्दोलनका लागि प्रतिबस ५० हजार रुपियाँ चन्दा मागेको बारे उनले भने- ‘५० हजार मागेका होइनौं स्वेच्छाले चन्दा दिनुस् भनेको मात्र हो।’ कोसीपारिमा यातायात अव्यवस्थित रहेको र त्यसको सुधारका लागि ७ बुँदे मागसहित जनताले आन्दोलन गरेकाले त्यसको र्समर्थन मात्र माओवादीले गरेको उनको भनाइ छ। अरनिको यातायात सेवा समितिका सदस्य पुष्प गौतमका अनुसार आन्दोलनका लागि प्रतिबस ५० हजार रुपियाँ नदिएको भन्दै माओवादी कार्यकर्ताले शनिबार रामेछापको गुराँसेबाट बा२ख ५२९० र बा२ख ४०८७, मादन कुडारीबाट बा२ख ५४२ र बा२ख २७१२ तथा चौंरीपोखरीबाट बा२ख ३०९ र बा२ख ५३०३ नम्बरको बस कब्जामा लिएका थिए भने आइतबार साझसम्म थप ७ वटा बस कब्जामा लिएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक