प्रेस वक्तव्य
१. संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, द्वारा नागरिक सर्वोच्चता लगायतका मागहरूलाई लिएर यही कार्तिक १५ गतेबाट शुरू गरिएको दोश्रो चरणको संघर्षको कार्यक्रम देशैभर लाखौं जनताको सहभागितामा शान्तिपूर्ण, अनुशासित र मर्यादित ढंगले अगाडि वढिरहेको छ । अहिलेसम्म देशव्यापी मसाल जुलुस, गाविस/नगरपालिका घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम शानदार रुपमा सफल भएका छन् । यसका लागि हामी सम्पूर्ण सहभागी संगठनहरू, समर्थकहरू र आम जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दछौं र संघर्षका वाँकी कार्यक्रमहरूमा अझै उत्साहपूर्ण र व्यापक ढंगले सहभागी हुने अपेक्षा गर्दछौं ।
२. संघर्षको विकास संगसंगै हामीले पूर्व घोषित कार्यक्रमहरुमध्ये केहीमा सामान्य संशोधन गर्नुपर्ने आवश्यकता महसूस गरेका छौं । सोही अनुरुप आगामी कार्तिक २३ गते निम्ति प्रस्तावित गरिएको स्वायत्त गणराज्यहरू घोषणा गर्ने कार्यक्रम हाललाई स्थगित गरिएको छ र उपयुक्त समयमा त्यसलाई पुन ः अगाडि ल्याइनेछ । त्यसरी नै कार्तिक २४ गते काठमाण्डौं उपत्यका नाकावन्दी गर्ने कार्यक्रम अन्तर्गत एअरपोर्टको आवागमन समेत रोक्ने कार्यक्रम रहेकोमा एअरपोर्टलाई सो दिन अवरुद्ध नगर्ने तर काठमाण्डौं उपत्यका वाहिर जाने आउने सडकमार्गहरु भने अवरूद्ध गर्ने निर्णय गरिएको छ । सोही अनुरुप त्यसदिन सडकमार्गबाट काठमाण्डौं उपत्यकाभित्र वाहिर नगर्न र सवारी साधनहरू नचलाउन सम्वन्धित सवैलाई हार्दिक आग्रह गर्दछौं ।
३. यो दोश्रो चरणको संघर्षको उत्कर्षको कार्यक्रम कार्तिक २६ र २७ गते सिंहदरवार घेराउ गर्ने भएकाले ती दुवै दिन लाखौंको संख्यामा सिंहदरवार वाहिर भेला भएर उत्सवमय तरिकाले घेराउ कार्यक्रम सफल पार्न हामी सम्पूर्ण न्यायप्रेमी र नागरिक सर्वोच्चता पक्षधर दिदीवहिनी तथा दाज्यूभाइहरुमा हार्दिक अपील गर्दछौं । साथै ती दुवै दिन सिंहदरवार प्रवेश नगरेर नागरिक सर्वोच्चताको वर्तमान अभियानलाई साथ दिन र सफल पार्न हामी सवै राष्ट्रसेवक कर्मचारीहरु र सम्वन्धित अन्य सवैलाई हार्दिक आग्रह गर्दछौं ।
२०६६/७/२०
……………………………..
बाबुराम भट्टराई, अध्यक्ष
संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, केन्द्रीय समिति
अन्धकारतर्फको यात्रा
—पुरुषोत्तम दाहाल म राजनीतिको विषयलाई नउठाउने पक्षमा रहेको छु। राजनीतिले नेपालको भविष्यलाई उज्यालो प्रकाश दिन सकिरहेको छैन। अनिश्चयको भुँवरीमा फसेको नेपाली राजनीतिले देशलाई उज्यालो दिनु संभव छैन पनि। त्यसैले नेपाली राजनीतिले देश र जनतालाई क्रमशः अन्धकारतर्फ धकेल्न थालेको छ। अँध्यारो उपहार दिन आतुर राजनीतिबारे शव्द खर्च गर्नुको अर्थ पनि छैन। शान्तिपूर्ण आन्दोलन थालेको माओवादीले १५ गते राती वालेको राँको र टायरको धुँवाले वातावरणलाई जति प्रदूषित गरायो त्यो भन्दा वढी नेपालीहरुको भविष्यलाई अन्धकारतर्फको यात्रामा वलात् घचेटि दिएको छ। तर त्यसप्रति आम मानिसमा कुनै चिन्ता रहेको छैन। हिमाल पग्लेर पानीको मुहान ठप्प हुदै गएको छ, केही वर्ष वा अवधि पछि नदीहरुमा जलकण होइन कमिलाका ताँतीहरु मुखातीव भएको देखिने छ। त्यसकाप्रति अर्थात् जीवनको आधारप्रति कुनै चेतना हामीमा पलाएको छैन। जीवनको आधार प्रकृतिनै सखाप भयो भने हाम्रा अधिकार, सरकार, सत्ता, राजनीति, सुख सुविधा केही पनि हुने छैनन्। ती सबै कुहिएको फोहोर जति पनि उयोगी हुने छैनन्। तर हामीलाई धुँवाको मुस्लोभित्र वलेको राँकोको ज्वालाले ल्याउन लागेको राजनीतिक डढेलोकाप्रति वढी चिन्ता रहेको छ। तत्कालका सन्दर्भमा यो चिन्ता नाजायज हो भनेर मान्न पनि सकिदैन। शान्तिपूर्ण आन्दोलनका नाउँमा प्रारम्भ माओवादीको यात्रा स्थानीय सरकारमाथि कव्जा गर्नेसम्म लम्कि सकेको छ। आन्दोलनको दोश्रो दिनमानै राजाका साना भारदारको नेतृत्वमा धनकुटा नगरपालिकामा माओवादी सत्ता स्थापना गरिएको समाचार नेपाली छापाहरुमा प्रकाशित भएको छ। सामन्ती राजसंस्थाका अनगिन्ती भारदारहरु नेपाली कांग्रेस र एमाले जस्ता पुराना संवैधानिक राजतन्त्रवादीहरुसंग क्रूद्ध छन्। उनीहरुको ठम्याइमा यी दुई दलहरु राजसंस्था विरुद्ध नउभिएका भए नेपालवाट आज पनि पृथ्वी नारायण शाहको उत्तराधिकारित्व अन्त्य हुने थिएन। त्यसैकारण फलामले फलाम काट्छ भन्ने चर्चित उक्तिलाई सार्थक गर्दैै नव गणतन्त्रमा प्रवेश गरेका दलहरुका जरा काट्न र उनीहरु विरुद्ध वलियो मोर्चावन्दी गर्न समेत माओवादीको सहारा राजावादीहरुलाई चाहिएको छ। धनकुटा नगरपालिकामाथि कव्जा र त्यसमा माओवादीले स्थापित गरेको नेतृत्व त यौटा सानो उदाहरण हुन मात्र सक्छ। भोलिका दिनमा को कता छन् भनेर र कसरी राजनीतिको धार अघि वढ्ने छ भनेर अझ थाहा हुने छ। लोकतन्त्रमा सरकारमा वा निर्वाचित निकायहरुमा जाने र काम गर्ने वैधानिक वाटाहरु हुने गर्छन्। ती वाटाहरु कव्जाका रुपमा हुने छैनन्। विधिको पर्याय लोकतन्त्र हो र सहमति लोकतन्त्रको प्रक्रिया हो। तर यसलाई लोकतन्त्रमा विस्वास गर्नेहरुले मात्र मान्ने गर्दछन्। आज पनि सशस्त्र हिंसा जारी भएको र जनयुद्ध निरन्तर रहेको विस्वास गर्ने माओवादीहरुका लागि लोकतन्त्रका नियमहरु उल्लेख वा उद्धरण गर्नुको कुनै महत्व रहँदैन। आफू निर्वाचित भएर संसदमा सबभन्दा ठूलो शक्तिकारुपमा स्थापित आजको एकीकृत माओवादीले स्थानीय सत्तालाई पूर्ण कव्जा गरेरनै केन्द्रीय सरकार माथि धावा वोल्ने पछिल्लो रणनीतिलाई सार्वजनिक गरेको छ। आन्दोलनको एक चरणमा आफू खुसी संघीय गणतन्त्रको घोषणा गर्ने कार्यक्रम तय गरिसकेको माओवादीले अरु दलहरुको हैसियत र अस्तित्वलाई एक आनामा पनि जोखिरहेको छैन। माओवादीको यही सोच जस्तै कम्जोर भएका छन् अरु लोकतान्त्रिक दलहरु पनि। सरकारको प्रमुख घटक नेपाली कांग्रेस र एमाले आफू भित्रै विभाजनको रागले आक्रान्त छन्। त्यसै कारण सिमरा पुगेका एमाले नेता वामदेव गौतमलाई माओवादी कार्यकर्ताहरुले अनायासनै भए पनि माला लगाइ दिने उदारता देखाए। आफ्नो पार्टीको कार्यक्रमको दिन समेत भुलेर अर्काको स्वागतमा वसेका नेताहरुको माला पहिरन गर्न थाल्ने सम्मको मति भ्रम एमाले नेताहरु भित्र देखिएको छ। वामदेव गौतमको सिमरा घटना त यौटा सानो उदाहरण मात्रै हो।
भरखरै चितवनमा एउटा परिवारले भात खानकै लागि मात्र दुइटा सन्तानहरुलाई विक्री गरेको समाचार आएको छ। चितवन यो पटक संसदीय निर्वाचनका समय माओवादीका पक्षमा सिंगै उभिन पुगेको थियो। माओवादीका त्यहाँवाट निर्वाचित नेताहरु अहिले पजेरोमा, प्राडोमा र प्लेनमा सयर गरिरहेका भेटिन्छन्। उनीहरुलाई नागरिक सर्वोच्चताका नाउँमा राजनीतिकरुपले सत्ता कव्जा गर्न हतार भइरहेको छ। संसदमा वजेट पारित गर्न समेत नदिएर राज्य कोषवाट जीविका चलाई रहेका दश लाख भन्दा वढी नागरिकका पचास लाखभन्दा वढी परिवारलाई भोकै सिद्ध्याउने व्यूह रचना हुदैछ। राष्ट्रका समग्र अवयवहरुलाई कोमामा पुर्याउने षड्यन्त्र हुँदैछ। राष्ट्र सिंगै पक्षाघातमा पर्यो भने राजनीतिले थेग्न सक्दैन र नेपालका विद्यमान कुनै पनि राजनीतिक दलहरुले र राजनीतिक नेतृत्वले उपचार गर्न सक्दैन भन्ने स्पष्ट देखिदैछ। तर राष्ट्र जहाँ पुगे पनि आफ्ना पार्टीका नेता र कार्यकर्ताहरुलाई भने आफूले उठाएको चन्दावाट तलव भर्ने योजना माओवादीको रहेको वताइदै छ। त्यो चन्दा जसलाई हातमा ठेला पार्दै यौटा सवारी चालक, यौटा कारखाना मजदूर, यौटा होटेल मजदूर आदिको पसिनावाट समेत जोडिएको छ। केही दिन अघि मात्रै सेता टेम्पो चलाएर जीविका गरिरहेकी एकजना चालक वहिनी टेम्पो चलाउदै गर्दा कसैलाई फोनमा भनिरहेकी थिइन् : हामीले जन युद्धका वेला घर भनेनौं, परिवार भनेनौं, चुनावमा आफ्ना नेतालाई जिताउन रात दिन खट्यौं तर नेताहरु हाम्रो पसिनाको कमाइवाट प्राडो र पजेरो चढ्छन् र हामीलाई काम गरेर खान पनि दिदैनन्। म त अव केही पनि गर्न सक्तिन। छोरा छोरी पढाउन सकिरहेकी छैन केको पार्टीको आन्दोलन? यी चालक त एउटा उदाहरण मात्रै हुन्। धेरैको मन कुडिएको छ , विरक्तिएको छ माओवादीको नेतृत्वको व्यवहारवाट। तैपनि माओवादी आजका दिनमा आन्दोलनमा सडकमा उभिएको छ। सायद आफू विरुद्ध उभिन थालेको निरासाको पहाडलाई अलिकति भए पनि होच्याउन सकिन्छ कि भनेर आन्दोलनको आगो वालेको हुनुपर्छ। चितवनको त्यो ठगुवा महतोको दम्पतिले आफ्नो सात महिनाको छोरीलाई समेत वेचेको कुरा आन्दोलनको मसाल उठाइरहेको कुनै जनवादको पानामा लेखिने छैन। कुनै जनवादीका लागि योभन्दा ठूलो धर्म आफू शासनमा पुग्नु मात्रै रहेको छ। ठगुवाका परिवारको पीडा घटाउन आन्दोलन हुनु पर्ने थियो, ती चालक वनिकिा सन्तानलाई निशुल्क पढाउने माग गर्दै चक्का जाम हुनु पर्ने थियो, उपचार खर्च धान्न नसकेर असमयमानै इहलीला त्याग गर्नेहरुको पहिलेनै उपचारको वेजो गरिदिनु पर्ने थियो। त्यता तिर कुनै करुणा जागेको छैन। मानवीय संवेदना मर्न थालेको समयको राजनीति सायद यस्तै हुने गर्दछ। लोकतन्त्रको आवरणमा रहेको नेपाली कांग्रेस सत्ताको भारी कसरी चलाउने भन्नेमा आफै वाझि रहेको छ, एमाले त सडकमानै छताछुल्ल भएर पोखिएको छ। आन्दोलनको आगो फुकेर वसेको माओवादी मानिसको हैसियतलाई माओवादको तराजुमा जोख्दै जनवादको कैद खानामा कज्याउन मरिमेटिरहेको छ र पुराना सामन्तहरु भोर जुवाझै चलिरहेको राजनीतिको खालको वरिपरि वसेर एक अर्कालाई उकास्ने र इख्याउने काम गरिरहेका छन्। उनीहरु खालेहरुको पराजयसँगै च्याखे वसेका आफ्ना सहयोगीहरु र आफ्नै विजयको प्रतिक्षामा छन्। उनीहरुको प्रतिक्षालाई माओवादीले वालेको असमयको आन्दोलनको रांकोले अलिकति भए पनि उज्यालो थपिदिएको छ। तर खालेहरु फेरी मिले भने च्यांखेहरु हार्ने छन्। हामी चान्छौं : च्यांखेहरुलाई खुसी तुल्याउनु छैन भने माओवादीले आन्दोलनको राँको निभाउनु पर्छ र सरकारमा वस्नुहरुले पनि रांकोमा पेट्रोल छर्किनुको साटो समन गर्ने सहमतिको विधि पहिल्याउनु पर्छ।
कपन—३, काठमाडौं , २०६६/७/१७

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक