20091009

यस वर्षको शान्तितर्फको नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई प्रदान गर्ने निर्णय


यस वर्षको शान्तितर्फको नोबेल पुरस्कार अमेरिकी राष्ट्रपति बाराक ओबामालाई प्रदान गर्ने निर्णय छनौट समितिले शुक्रबार घोषणा गरेको छ। राष्ट्रपति ओवामाले शान्तिका लागि कुटनीतिक प्रयास गरेको भन्दै उनलाई पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ। नोबेल पुरस्कार छनौटका लागि बनेको निर्णायक समितिले अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनार्थ कुटनीतिक प्रयासलाई ओवामाले विशेष गति दिएका कारण उनलाई २००९ को शान्ति तर्फको पुरस्कार प्रदान गरिने जनाएको छ। समितिले मानिसहरुबीच परस्पर सहयोग र सहकारिता बढाउने दिशामा पनि ओवामाले काम गरेका कारण उनी पुरस्कारका लागि उत्तम भएको बताएको छ। शान्ति र मानवतासँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरुलाई बलियो बनाउने र परमाणु अप्रसारलाई जोड दिएकोमा पनि ओवामालाई पुरस्कार दिइएको छनौट समितिले जनाएको छ। ओवामाको परमाणु हतियार बिनाको संसारको परिकल्पनालाई पनि पुरस्कार पाउने कारणमा उल्लेख गरिएको छ। ओवामा प्रशासनले जलवायु परिवर्तनलाई दिएको महत्व र यसबाट उत्पन्न हुन सक्ने संकट कम गर्ने तर्फ लिएको अग्रसरतालाई पनि छनौट समितिले महत्व दिएको छ। राम्रो भविष्य प्रतिको आशावादी जगाउन ओवामा जस्तो सफल व्यक्ति अहिले कोही नभएको समितिले जनाएको छ। संसारभरबाट नोबेल शान्ति पुरस्कारका लागि यस वर्ष दुई सय पाँच जनाको नाम छनौट परेको थियो।

प्रचन्डलाई अग्रिम बधाई

- शेखर ढुङेल अमेरिका


एउटा कोइ देश लाई प्यारो गर्ने मान्छे ले राष्ट्रिय सम्पत्ति ध्वस्त , जनता को हत्या , राष्ट्रिय धर्म  र सस्क्रिती को अबहेलना  र बिस्थापन् , राष्ट्रिय पहिचान को पहिरन र भाषा को अबमुल्यन गर्न सक्तछ त ? देश को पहिचान राख्ने सम्पूर्ण धरोहर नस्ट गर्ने काम गर्न सक्तछ ? यस्तो चाहना परचक्री बाहेक कस्ले गर्ला ? त्यस्तै परचक्री को एउटा मोहरा हुन माओवादी नेता प्रचन्ड र उनी आज नेपाल कै अस्तित्व समाप्त गर्न कम्मर कसेर लागेका छन ।
लामो समय देखी आफ्नो अनुकुल र निर्देश मान्ने सरकार को खोजी मा रहेको भारत ले नेपाल मा प्रजातन्त्र , लोक तन्त्र , गणतन्त्र को बहाना मा प्रभाब र दबाब बढाउदै लगेकोछ । राजा महेन्द्र त उस्को लागि बिष  नै थियो भने राजा बिरेन्द्र को शान्ती क्षेत्र को प्रताब र १२२ देश ले दिएको समर्थन को अन्तरराष्ट्रिय मन्छ मै बिरोध गर्‍यो र naka  बन्धी जस्तो अामानबिय र अन्तरराष्ट्रिय कानुन को उल्लघन गर्न समेत पछी परेन नेपाल को बढ्दो अन्तरराष्ट्रिय छबी र आत्म निर्भरता bharat  को लागि सधैं अपाच्य रह्यो ।
तत्कालिन राजा हरु ले स्थापना गर्न खोजे  का कुनै पनि प्रमुख उध्योग , कल कारखाना , सडक , बीध्युत , र सीचाइ योजना निर्माण  गर्न सधैं बखेडा गर्दथ्यो र भारत निर्भर र परस्त नेता को खोजी को क्रम मा २०४७ साल पछी  राजसस्था निस्क्रिय भएको बेला मा बिभिन्न आबरण मा दलिय नेता हरु लाई प्रयोग गरे पनि राजसस्था रहुन्जेल आफ्नो अभिस्ट पुरा नहुने मुल्याङ्कन गरी ' ' को योजना मुताबिक प्रचन्ड को जन्म गरायो र नेपाल राजसस्था  को जरो उखेल्न भारत सफल भयो ।
राजा ग्यानेन्द्र ले '' ढाका मा सम्पन्न दक्षिण एसियाली राट्र हरु को शिखर सम्मेलन मा देखाएको साहसिक र ओजपूर्ण छबी अनी आतंककारी प्रती भारत को दोहोरो माप दन्ड किन सवाल  गर्दा भारत झन चिढियो र लोक तन्त्र को नाम  मा अमेरिका बेलायत र उरोपियन राष्ट्र  लाई ''राजा ग्यानेन्द्र निरन्कुश नै हुन '' भन्ने  भ्रम
 मा पारी दिल्ही मा ज्वाँई झै पाली राखेको प्रचन्ड ( आफ्ना सहायक् ) लाई दिल्ली बाट नै सत्ता मा बिराज मान गराइ नेपाल माथि को लामो समय को गिद्धे उदेस्य पुरा गर्‍यो प्रचन्ड मार्फत । तत्कालिन गिरिजा सरकार ले चुनाव  को  लागि  अनुकुल बातावरण छैन भन्दा भन्दै जबर्जस्ती भारत कै दबाब मा संबिधान सभा को चुनाव भयो र उस्को दुत लाई अगिल्लो पँती मा पुर्याउन सफल भयो । राजसस्था को पक्ष धर काङ्रेस र एमाले लाई प्रचन्ड पथ मा हिंड्न निर्देशन दियो र सोही भयो जो भारत चाहन्थ्यो ।
राजसस्था पछी को अर्को  नेपाल को स्वतन्त्र अस्मिता को लड्ने सस्था तत्कालिन शाही नेपाली शेना लाई ध्वस्त पार्ने सुनुयोजित प्रयास मा प्रचंड सफल न भए पछी भारत ले ''''का नेपाली दुत आमरेस कुमार सिंह सित ' लफ्सी फेदी को रिसोर्ट मा शिखर बार्ता गराइ प्रचन्ड लाई रजिनामा  गर्न लगायो र बाहिर बसेर नै अस्त ब्यस्त बनाउन निर्देश दिए बमोजिम उन्ले रजिनामा दिए । शेना पती प्रकरण प्रचन्ड को हार थिएन भारत को हार थियो । भारत छिट्टो भन्दा छिट्टो नेपाल मा ठुलो रक्त पात मच्चियोस  र अफ्ना मूल का मानिस को सुरक्षार्थ   bahana ma  भारतीय  शेना  भीत्राउन  सजिलो  होस  भन्ने चाहन्छ । नत्र देश को यस्तो सम्बेदनशील अवस्था मा आफ्नै शेना को खेदो खनि बिदेशी दुस्मन कोजस्तो व्यबहार देश को भलो चिताउने ले कसरी गर्दछ ? प्रचन्ड ले के  युध्द जितेर नेपाल  लाई कसै को उपनिबेश बाट मुक्त गरेका हुन ? किन धर्म , राष्ट्रिय पोशाक , राष्ट्रिय शेना , झन्डा फेर्नु पर्‍यो ?के उन्ले ले बिद्रोह बाट बिजय हासिल गरेका हुन र देश को राजसस्था वा तत्कालिन संबिधान फ्याक्नु पर्‍यो ? बिदेशी को सहारा ले बिदेशी को जमिन मा बसी स्वदेश लाई ध्वस्त  बनाउने बिदेशी का मतियार  प्रचन्ड ले त सजाय पाउनु पर्ने होइन र ?

प्रचड भारत को मोहरा होइनन भने दिल्ली को नाकै मुनी ( नोयडा यू पि ) को अलिशान एपार्टमेन्ट मा  १० बर्ष सम्म सुरक्षित रहन सके कसरी ? प्रचन्ड को नेत्रित्व मा भएको जन युद्ध मा भारत त्यती कै सहयोगि बन्यो जती श्री लन्का को तामिल युद्ध बनेको थियो । भारत ले अफनै सुरक्षा घेरा मा  राखेर पटना र सिलगुढि मा एमाले नेता माधब  नेपाल लगायत का नेता हरु लाई  भेटाएको  थियो । पछी अन्तरराष्ट्रिय दबाब र अलोचना बाट बच्न किरण लाई पक्रेको थियो तर उस्को पोल खुल्ने डर ले नेपाल लाई सुम्पेन ।  तर भारत नेपाल र पाकिस्तान बाट भने त्यस्तै प्रक्रिती का मुद्धा मा सुपुर्दगी को कुरो जोड ले उठाउदछ ।

प्रचन्ड को सत्ता रोहण पूर्व र पस्चात दर्जनौ यस्ता घटना घटे जस्ले हमेशा भारत लाई नेपाल मा हस्तक्षेप गर्न मात्र निम्ताएको छ र निम्तो दिने पात्र प्रचन्ड नै बनेका छन । पशुपती कान्ड , सिमा मिच्ने काम , स्व . राजा बिरेन्द्र को पाला देखी थन्किएको नागरिकता बिधेयक पास गरेर आधा करोड गैर्ह नागरिक लाई नेपाली नागरिक बनाउने काम , आदी अब एमाले र प्रचन्ड को सहमति मा देश लाई जातिय युद्ध मा फसाउने कसरत हुँदै छ र त्यस पछी को रक्तपात ले भारत को २५० बर्षा देशी को सपना पुरा हुनेछ ।


नेपाल र नेपाली  को हित मा प्रचन्ड कहिल्यै देखिएनन . राष्ट्रिय एकता , राष्ट्र को स्वतन्त्रता र मौलिक अस्मिता लाई धरायसी मात्र बनाएनन सधैं को लागि देश लाई द्वन्द मा फसाइ दिए . हालै भारत का प्रधान मन्त्री ले नेपाल को माओवादी बाट खतरा भयो भन्दा प्रचंड किन चुप बसे ?किन प्रचन्ड लुकी लुकी भारतीय दुताबास धाउदछन ? शेना पती प्रकरण मा किन भारतीय बिशेष दुत को माग गरे ?किन बारम्बार  आमरेस कुमार सिंह गोप्य भेट बार्ता गर्दछन र नेपाल का अन्य सहयात्रि दल हरु लाई धम्काउदछन ? नेपाल को बिशेष सुरक्षा निती र भारत को घुष  पैठ को आरोप सम्योग मात्र परेको होइन भारत प्रचन्ड र माधव नेपाल को नेपाल मा द्वन्द भडकाएर नेपाल लाई भारतीय सुरक्षा छाता मा पुर्याउने गुरु योजना हो . समरण  रहोस यो सुरक्षा योजना मा नेपाल को शेना सित सुझाब सल्लाह र सहयोग मागिएको छैन बरु भारत बाटै प्रहरी को नाम  मा अरबौ को हतियार लेराइ शेना को  तेजो बोध गर्ने काम हुँदैछ .

प्रचन्ड ले सता रोहण गरे पस्चात् वा गणतन्त्र घोषणा भएको आज सम्म  राजसस्था ढाल्नु को औचित्य अर्थ र आवश्यकता जनता  लाई महसुस गराउन सकेका छैनन . देश प्रत्यक दिन अराजकता , लूट , हत्या , बलात्कार , दन्डहिनता को जर्जर खाडल मा धकेलिदैछ . जातियता , छेत्रीयता , सघियता को बिबाद , मधेस , थारु , पहाडे , लिम्बुवान खम्बुवान को लडाईं ले देश रुवान्डा , इथोपिया को बाटो मा लाग्दैछ जस्को परिणाम् नेपाल को स्वतन्त्र  अस्तित्व र सिमा रहने छैन यो सफलता को लागि '' भारतीय शेना को सुरक्षा घेरा मा रमाउने सपना देखेका '' प्रचंड लाई अग्रिम बधाई . 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक