20091007

अमेरिकामा फेरी अर्का नेपालीको मृत्‍यु !


संयुक्त राज्य अमेरिकाको नर्थवेस्टन ओक्लोहामा स्टेट युनिभर्सिटी ओक्लोहामामा अध्ययरत बलराम गौतम वर्ष २३ को गत ३ तारिख शनिबार विहानीको सवा वाह्र बजेतिर स्थानीय सडकमा कार दुर्घटनामा परी निधन भएको छ । दूर्घटनामा उनको टाउकोमा दख्खल पुगेको स्थानीय अस्पतालले जनाएको छ । कार चालक गौतमले सिटबेल्ट समेत बाँधेको अवस्थामा भेटिएको अक्लोहामा हाइवे पेट्रोलले जनाएको स्थानीय समाचारमा उल्लेख छ । बुवा विष्णु प्रसाद तथा आमा लक्ष्मी गौतमका छोरा बलराम ओक्लोहामा स्टेट युनिभर्सिटीमा कम्प्युटर साइन्स तथा म्याथ विषय लिएर ग्रयाजुएट विद्यार्थी थिए । उनी स्थानीय उडवार्ड काउन्टीमा रहेका अस्पतालमा समेत सिस्सटम एडमिस्टे्रशनको काम गर्दै आएका थिए । मृतक गौतमको अन्तिम श्रद्धान्जलीको कार्यक्रम यही अक्टोबर १० तारिख नर्थवेस्टन ओक्लोहामा स्टेट युनिभर्सिटीको बालरुममा विहान साढे दश बजे गरिने भएको जानकारी स्थानीय अल्भा रिभ्यु कुरियर समाचारमा उल्लेख गरेको छ । मृतक गौतमको अन्तिम श्रद्धान्जलीका लागि दाजु तथा बहिनी कृष्ण र सरस्वतीका साथै साथीहरु कुन्दन राइ, सुजित श्रेष्ठ, भिनिसियस, रुमी कविर अन्य साथीहरुले आयोजना गरेका हुन् । गौतमको संझनामा ”बलराम गौतम लभ फण्ड”को स्थापना गर्दै सेन्टर नेशनल बैंक अल्भामा खोलिएको छ ।- Source Nepalipost

बस दुर्घटनामा ७ को मृत्यु, ४५ घाइते

कविराज नेपाल, (पाल्पा) बुटवलबाट पाल्पाको आर्यभन्ज्याङ हुँदै पाल्पाको रामपुर जाँदै गरेको यात्रुवाहक बस बुधबार दिउँसो चिदीपानी गाविसमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा ४५ जना घाइते भएका छन्। मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र दुई बालबालिका रहेका छन्।

दिउँसो करिब पौने दुई बजे भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि जिल्ला सदरमुकाम तानसेन ल्याउँदै गर्दा र एक जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमध्ये तीन जनाको मात्र सनाखत भएको छ।

घटनास्थल सदरमुकामभन्दा ३० किलोमिटर पूर्वमा रहेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा बौघापोखराथोक-२ का त्रिभुवन थापा, फोक्सिङकोट-९ का देव विश्वकर्मा र सिर्द्धार्थनगर रूपन्देहीका नारायण मगर छन्।

लु१ख ५२७१ नम्बरको सो बस चिदीपानीस्थित सौभाग्य माध्यमिक विद्यालयनजिक भुटुके भन्ज्याङनिर दुर्घटना भएको हो। बाटो चिप्लो भएकाले दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेमध्ये ४३ जनाको तानसेन मिसन अस्पतालमा र दुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

बसले यात्रु मात्र नभएर अत्यधिक मात्रामा सामानसमेत बोकेको थियो। बस दुर्घटना भएको ठाउँमा सडक चौडा र सजिलो भए पनि चालकले कालोपत्रेभन्दा छेउबाट लगेका कारण वर्षाले गलेको माटोमा पछाडिको टायर धसिएर बस उत्तानो परेर तल झरेको हुन सक्ने अनुमान प्रहरीको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक