20091016

यो कठपुतली सरकार छिट्टै ढल्छ : बाबुराम भट्टराई

ढल्ने आस माओवादीको दिवा सपना : प्रधानमन्त्री


प्रधानमन्त्री माधवकुमार नेपालले सरकार ढल्छ भन्नु दिवा सपना मात्र भएको टिप्पणी गरेका छन्। २२ दलको समर्थनमा बनेको सरकार ढल्ने आशमा नबस्न प्रधानमन्त्रीले माओवादीलाई आग्रह गरेका छन्। 'वर्तमान सरकार २२ दलको समर्थनले बनेका हुँदा यो ढल्ने आसमा बस्नु माओवादीको दिवा स्वप्न हो'- प्रधानमन्त्रीले भने, 'वर्तमान सरकार मजबुद छ।' सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएपछि नेपाली कांग्रेसमा देखिएको विवाद छिट्टै समाधान हुने विश्वास उनको थियो। प्रधानमन्त्रीले वर्तमान सरकार अब झन बलिय बनेको दावी गरे। 'यो सरकारले ७ महिनापछि संविधान बनाएर दिनेछ', उनले भने-'यसमा कसैले शंका नगरे हुन्छ।'संसदलाई बन्धक बनाएर, सडक अवरोध गरेर राष्ट्रलाई फाइदा हुँदैन' माओवादीतर्फ लक्षित गर्दै उनले भने- 'यस्तै हिसाबले अघि बढे सबै दोषको जिम्मेवारी माओवादीले लिनुपर्छ।'रौतहट सदरमुकाम गौरमा शुक्रबार आयोजित तिहार तथा छठपर्वको शुभकामना आदान-प्रदान कार्यक्रममा प्रधानमन्त्रीले सुन्दर भविष्यको कल्पनालेमात्र मुलुकले समृद्ध गर्ने बताए।


एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउँदैमा वर्तमान सरकार ढल्नबाट जोगिन नसक्ने बताएका छन्। सर्लाहीको हरिवनमा आयोजित आमसभालाई सम्वोधन गर्न जाने क्रममा शुक्रबार बिहान सिमरा आइपुगेका उनले नागरिक सर्वोच्चताको स्थापनासँगै नयाँ सरकार गठन हुने बताए। 'सरकार जोगाउन विभिन्न कसरत हुन थालेको छ ', उनले भने -' तर वर्तमान सरकार कुनै पनि बेला ढल्छ। ' वर्तमान सरकारको आधार मजवुत नभएकाले यसको औचित्य नरहेको उनको कथन थियो। ' यो कठपुतली सरकार हो ', उनले भने -' काठको खुट्टाले चलेको यो सरकार जसलाई जुन मन्त्री बनाएपनि छिट्टै ढल्छ।'


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक