20091011

अमेरिकामा दसैं तिहार मेला, देउसी भैलो र सास्कृतिक कार्यक्रममा रमाए नेपाली


अमेरिका नेपाल सोसाइटीको आयोजना, अध्यक्ष्य बिष्णु थापाको सभापतित्व, काबा नेपाली राजदुत् काली प्रशाद पोखरेलको प्रमुख आतिथ्यमा नयाँ मन्दिर निर्माणस्थल मेरिल्यान्ड को बेल्स्विल मा नेपाली हरुले भब्य रुपमा दशै तिहार मेला सम्पन्न गरेका छन । सचिब नेत्र घिसिङ को सन्चालन मा सम्पन्न औपचारिक कार्यक्रममा अध्यक्ष्य बिष्णु थापा, काबा नेपाली राजदुत् काली प्रशाद पोखरेल, पत्रकार गोपाल थपालिया, संगीतकार सम्भुजित बास्कोटा, ए एन ए का भुपु अध्यक्ष्य कृष्ण निरौला, कबिन्द्र सिटौला, खेम भट्टचन, माधबि बस्नेत, डा श्याम कार्की, प्रकाश नेपाल लगायत का बक्ता ले शुभकामना मन्तब्य दिनुभएको थियो ।

दोस्रो चरणको कार्यक्रममा टिका पुन को मिठो उध्घोसण् मा सुरु भएको थियो जसमा अनूपमा प्रसाइ को न्रित्य निर्देसन् मा थुप्रै साना ठुला कलाकारले न्रित्य प्रस्तुत गरेका थिए । लोक तथा दोहोरी गायक राम प्रसाद खनाल को सम्योजकत्वमा लोक गायक भगवान भण्डारी, मन्जु सङ्रौला , कमला खरेल, अनिता लामिछाने, मन्जु पुन, अम्बिका खरेल, नारायण खरेल लगायत का थुप्रै कलाकार ले देउसी भैलो लाइभ प्रस्तुत गर्दा मन्दिर निर्माण का लागि ९६० डलर सहयोग उठेको थियो । कार्यक्रममा राम प्रसाद खनाल, भगवान भण्डारी, अनिता लामिछाने, मन्जु पुन,   लगायत का अन्य कलाकार हरुले पनि गीत प्रस्तुत गर्नुभएको थियो । टिका पुन, खेम सङ्रौला, बिस्व थापा लगायत का बाद्यबादक कलाकार हरुले बाद्यबादन्मा सहयोग गर्नुभएको थियो ।


कार्यक्रममा ए एन एस् का अध्यक्ष्य बिष्णु थापा ले आफ्नो कार्यकालको विवरण प्रस्तुत गर्दै आज देखी आफुले बिदा लिएको र खेम भटचन् लाई जिम्मेवारी सुम्पेको बताउनुभयो । कार्यक्रम अत्यन्त रोचक, उत्साह बर्धक, र उपस्थिती पनि टन्नै थियो, सफलअता पूर्वक आफ्नो कार्यभार सम्हाल्दै एक बर्ष पुरा गर्ने अध्यक्ष्य बिष्णु थापाजी लाई हार्दिक धन्यवाद बधाई र नयाँ अध्यक्ष्य को जिम्मेवारी सम्हाल्ने खेम भट्टचनजि लाई पनि नेपाल मदर डट कम को तर्फ बाट हार्दिक बधाई ।
Video By Tilak Kharel/Gyanan Khanal/aayush Kharel









 
 
 
 
 
 






 


       

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक