20091027

१५ गते देखि गाउँदेखि सहर केन्द्रीत धर्ना, घेराउ, नाकाबन्दी, जुलुस र चक्काजाम, २३ गते स्वायत्त गणराज्य माओवादी आफैले घोषणा गर्ने रे !

'प्रचण्ड' को शान्ति प्रकृया भाड्ने  योजना भएको आरोप
अवरुद्ध हुदै आएको ब्यवस्थापिका संसदको बैठक मंगलवार  पनि  अवरुद्ध
रक्षामन्त्रीले दिएको अभिब्यक्ति सरकारको  आधिकारीक नभएको प्रस्ट
शेरबहादुर देउवालाई कालो झण्डा देखाई गाडीमा ढुङ्गा मुढा


आफ्ना माग पुरा गर्न कात्तिक १५ गतेको अल्टीमेटम दिएको एकीकृत नेकपा माओवादीले आन्दोलनका कार्यक्रम तय गरेको छ । राजधानीमा बसेको माओवादीको राष्ट्रिय जनआन्दोलन समितिको सचिवालय वैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । मंगलबार बिहान बसेको पदाधिकारीहरूको बैठकले आन्दोलनका कार्यक्रमहरू तय गरेको र राष्ट्रिय जनआन्दोलन समितिको बैठकले यसलाइ अन्तिम रूप दिने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । कांग्रेस र एमालेले माओवादी मागका विषयमा सहमति नजनाउने निणर्य गरेपछि माओवादीले आन्दोलन गर्ने निस्कर्ष निकालेको हो ।

अध्यक्ष प्रचण्डका अनुसार गाविस नगरपालिका जिल्ला प्रशासनदेखि सिंहदरबार घेराउसम्मका कार्यक्रम तय गरिएका छन ।
संयुक्त राष्ट्रिय जनआन्दोलन केन्द्रीय सचिवालयको बैठकले यही कात्तिक १५ गतेदेखि गाउँदेखि सहर केन्द्रीत धर्ना, घेराउ, नाकाबन्दी, जुलुस र चक्काजाम र अवज्ञाजस्ता सङ्घर्षको कार्यक्रम गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सो बैठकले १५ गतेसम्म सहमतिमा जोड दिनेसमेत निर्णय गरेको छ । सचिवालय वैठकले देशभरी विरोध सभादेखि बन्द सम्मका आन्दोलनका कार्यक्रम तय गर्ने जनआन्दोलन समिति सचिवालय सदस्य दिनानाथ शर्माले जानकारी दिए । उनले आजै आन्दोलनका कार्यक्रम बनाएपनि कात्तिक १५ गतेपछि मात्रै माओवादी आन्दोलनमा जाने बताए । जनआन्दोलन समितिले तय गरेका आन्दोलनका कार्यक्रम दिउसो बस्ने केन्द्रीय समितिको वैठकले अनुमोदन गर्नेछ । माओवादी केन्द्रीय समितिको वैठक दिउसो १२ बजेदेखि पार्टी कार्यालय पेरिस डाँडामा बस्नेछ । केन्द्रीय समिति वैठकमा आन्दोलनका कार्यक्रम सँगै महाधिवेसनको तयारीका विषयमा पनि छलफल हुनेछ । केन्द्रीय समितिको वैठकपछि समय भए आजै र नभए भोलि पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ ।


सञ्चारमन्त्री शंकर पोखरेलले राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउनुमा माओवादीको कुनै भुमिका नरहेको बताएका छन्। प्रेस चौतारी बाँकेले मंगलबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा मन्त्री पोखरेलले माओवादीले हतियार बिसाएर  शान्ति प्रकृयामा आएपछि मात्र राजतन्त्रको अन्त्य भएको बताए। मन्त्री पोखरेलले प्रधानसेनापति प्रकरणमा राष्ट्रपति गलत नभएको बरु एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को शान्ति प्रकृया भाड्ने  योजना भएको आरोप लगाए। माओवादी आन्दोलनतिर संकेत गर्दै मन्त्री पोखरेलले सरकार माओवादीको धम्कीबाट नडराउने र चुपचाप पनि नबस्ने कुरा व्यक्त गरे। राष्ट्रपतिको प्रतिष्ठामा आँच आउने कुनै काम सरकारबाट नहुने भन्दै उनले राष्ट्रपतिको कदम भन्ने शब्द नै सरकारलाई स्वीकार्य नहुने बताए। यदि माओवादी सरकार चाहन्छ भने संसदमा बहुमत ल्याएर देखाउन उनले माओवादीलाई चुनौती  दिएका छन्।


एकीकृत नेकपा माओबादीका सभासदहरुको नारावाजीका कारण गत साउन २२ गते देखि निरन्तर अवरुद्ध हुदै आएको ब्यवस्थापिका संसदको बैठक मंगलवार  पनि नियमित  कार्यसूचीमा प्रवेस नै गर्न नपाई स्थगित भएको छ। तिहार र छठको लामो विदा पछि पहिलो पटक  बोलाईएको बैठकको प्रारम्भमै माओबादी सभासदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गर्न थालेपछि बैठक स्थगीत हुन पुगेको हो। स्थगीत बैठक भोली अपरान्ह तीन बजेको लागि पुन बोलाईएको छ। राष्ट्रपतिले सेनापति प्रकरणमा चालको कदमले नागरिक सर्वोच्चतामाथि प्रहार गरेको भन्दै त्यसको कदमलाई सच्याउनु पर्ने अडान अगाडि सार्दै माओबादीले संसद बैठक अवरुद्ध गर्दै आएको छ।   माओबादी अवरोधका कारण संसद चल्न नसक्दा सरकारको चालु आर्थिक वर्षको बजेट समेत पारित हुन सकेको छैन। जसका कारण सरकारको खर्चमा समेत प्रतिकुल प्रभाव पर्न थालिसकेको छ। बजेट पारित नहुदा मन्त्रीहरुको तलब भत्ता रोकिसकेको छैन भने यस महिना देखि सभासदको तलव समेत रोकिदै  छ। अर्को महिनादेखि नि जामति कर्मचारीको तलबसमेत खुवाउन नसक्ने अवस्थामा सरकार पुगिसकेको छ ।

प्रधानमन्त्री माधवकुमार नेपालले सरकार बृहत  शान्ति सम्झौता विपरित नरहेको भन्दै रक्षामन्त्री विधादेवी भण्डारीले दिएको अभिब्यक्ति सरकारको  आधिकारीक नभएको प्रस्ट पारेका छन् । सेना समायोजन सम्बन्धी विषेश समितिको मंगलवार  सिहदरबारमा बसेको बैठकमा माओबादी नेता तथा डेपुटि कमाण्डर जनार्दन शर्माले त्यस विषयप्रति ध्यान आर्कषित गराएपछि प्रधानमन्त्रीले त्यस्तो स्पष्टिकरण दिएका हुन्। डेपुटि कमाण्डर शर्माले प्रधानमन्त्रीले शान्ति सम्झौत प्रतिको आफ्नो प्रतिवद्धता दोहर्‍याउदै सहमति बाटै यी विषयमा आगाडी बढने समेत जानकारी गराएका थिए । भण्डारीले केहि दिन अगाडि बृहत शान्ति सम्झौतालाई पुर्नबिचार गर्नुपर्ने धारणा राखेपछि माओबादीले बिरोध गर्दै आ एको थियो।  समितिको बैठकले सेनासमायोजन प्राविधिक समितिले पेस गरेको माओबादी लडाकुको रेखदेख , सञ्चालन र नियन्त्रण , चेन अफकमाण्ड र आचारसंहिता संबन्धी प्रतिवेदनमा छलफल गरी आगामी आईतवार बस्ने समितिको बैठक बाट टुङग्याउने निर्णय गरेको मुख्य सचिव माधव घिमिरेले जानकारी दिए। त्यसैगरि  बैठकले अव समितिको बैठक प्रत्येक आइतवार बस्ने निर्णस समेत गरेको छ।

नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादीले सञ्चालन गरेको आन्दोलनको कुनै औचित्य नभएको दाबी गरेका छन्। मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग  कुरा गर्दै देउवाले माओवादीले अब आन्दोलन वा विद्रोह जे गरेपनि सहमतिको विकल्प नभएको धारणा व्यक्त गरेका छन्। नेपाल तरुण दल चितवनले दलको ५६ औं स्थापना दिवसमा सहभागि हुन देउवा चितवन आईपुगेका हुन्। यसैबीच चितवनको नारायणी कला मन्दिर अगाडी एकीकृत नेकपा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। सिंचाई मन्त्री बालकृष्ण खाँड र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाई गाडीमा ढुङ्गा मुढा गर्ने क्रममा  भएको झडपमा दुबै तर्फका करीव एक दर्जन कार्यकर्ता घाइते भएका छन्। माओवादी कार्यकर्ताले मन्त्री खाँड चढेको बा ६ च १०२५ नंबरको गाडीमा समेत तोडफोड गरेका छन्।

1 comment:

  1. yo mayo badile k garna ateko ho ta nepali gantalai?jo gaha je sukai garos fari pani andolon garera teo dhukha kaslai ho ta?tehi dukhi jantalai hoina ta kasaile pani ans dina sakanu hun6.prachanda ko face herda nai ganta ko lagi bhalo huni kam gardainan pakkai ho.yaniharu ko ghamanda afaima churna hun6 aaba kehi dinma.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक