20091006

अविरल वर्षाका कारण २६ जनाको मृत्यु , सुदूरपश्चिमका राजमार्ग अवरुद्ध, अधिकांश भूभाग जलमग्न

तीन दिनदेखिको अविरल वर्षाले सुदुरपश्चिममा २६ जनाको मृत्यु भएको छ भने सयौं परिवार विस्थापित भएका छन्। मृत्यु हुनेमा डडेल्धुराका १२, अछामका ११, वझाङका २ र डोटीका एक छन्। डेल्धुराका मास्टमान्डोको गोर्खा गाउँमा दुई परिवारको १२ को मृत्यु भएको हो। वर्षा नरोकिएका कारण १७ घर अझै जोखिममा छन्। पहिरोमा परी मृत्यु हुनेमा डम्बरबहादुर भुल, श्रीमती ममतादेवी भुल, सुनाकुमारी भुल, ठगु भुल, हेमा भुल छन्। यसैगरी विजय भुल, पद्मा भुल, लालीदेवी भुल, रमेश भुल, महादेव भुल, विनोद भुलले समेत ज्यान गुमाएका छन्। अछामको पातालकोट गाविस - ९ मा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। उद्वारकर्मीहरु घटनास्थलमा गएर उद्वारका कार्य जारी राखेका छन्। वझाङको पहिरोमा परी २ को मृत्यु भएका छन् भने अन्य २ घाइते भएका छन्। गोर्खा गाउँका १७ घर अझै पहिरोको खतरामा छन्। गएको पहिरोमा परेकाहरुलाई उद्दार गर्न सुरक्षाकर्मी परिचालन गरिए पनि वर्षाका कारण उद्दार कार्य प्रभावकारी हुन सकेको छैन। बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका २ जनाको मृत्यु भएको छ। बझाङ माझीगाउँ गाविस-३ नुवाकोट बस्ने धनराज उपाध्यायको घर बुधबार बिहान पहिरोले पुरिँदा उनकी २ छोरीको मृत्यु भएको हो।

बझाङका प्रहरी नायव उपरीक्षक वसन्त पन्तका अनुसार सदरमुकामबाट करिव १ दिनको दूरीमा रहेको नुवाकोट बस्ने उपाध्यायको घर पुरिँदा उनका १८ बर्षीय छोरी जुनाकुमारी र अढाई वर्षीय छोरी पञ्चकला उपाध्यायको मृत्यु भएको हो।
करिव ५० मिटर माथिबाट आएको पहिरोले उनको घर पुरिएको थियो। बुधबार बिहान साढे ७ बजे पहिरोले घर पुरिएको थियो। २ घण्टाको दूरीमा रहेको छान्नाबाट गएका प्रहरी र स्थानीय बासिन्दा उद्दार गरेको डिएसपी पन्तले बताए।
गोठमा रहेका २ गाई र १ गोरु पनि पहिरोमा परेर मरेका जनाइएको छ।डोटीमा पहिरोबाट एकको मृत्यु भएको छ। पहिरोले घर पुरिदाँ दिपायल सिलगढी नगरपालिका वानं १४ पागरि बस्ने ५ बर्षिय पुर्ण बिष्टको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अबिरल बर्षाका कारण मंगलवार बिहान पहिरोले पागरी निवासी तिलक बिष्टको घर पुरिदाँ उनका ५ बर्षिय छोरा पुर्णको मृत्यु भएको हो। घर पुरिदाँ एक हल गोरु, ४ गाई र ६ बाख्रा समेत मरेको प्रहरीले जनाएको छ। ३ दिनदेखिको लगातार पानी नरोकिएकोले क्षतीहुने क्रम जारी रहेको प्रहरीले जनाएको छ। यसैगरी अविरल वर्षाका कारण कैलालीको अधिकांश भूभाग जलमग्न भएको छ। वर्षाका कारण विभिन्न गाविसका सयौं परिवार डुवानमा परेका छन् भने घर डुवानमा परेपछि ५ सयभन्दा बढी परिवार ज्यान बचाउनका लागि विस्थापित भएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक