20091025

कांग्रेस र एमालेले नै आफूलाई दोषी देखाउने कोसीस गरेर धोका दिएको राष्ट्रपति डा रामवरण यादवको गुनासो


राष्ट्रपति डा रामवरण यादवले आफ्नै नेतृत्वमा १८ दलको सहमति लिएर सेनापतिको बारेमा प्रधानमन्त्रीको गलत कदम सच्याउन सुझाव दिने दलहरु कांग्रेस र एमालेले नै आफूलाई दोषी देखाउने कोसीस गरेर धोका दिएको गुनासो गरेका छन्।
सेनापति प्रकरणका बारेमा माओवादीले जारी राखेको संसदको अवरोध हटाउन सहमति गर्ने क्रममा कांग्रेस र एमालेले राष्ट्रपतिको कदम गलत थियो भनेर कुनै न कुनै रुपमा सम्बोधन गर्न लागेको भन्ने विषयमा राष्ट्रपतिले असन्तुष्टि पोखेका हुन्।
शनिबार राष्ट्रपति निवासमा निम्त्याइएका भीमार्जुन आचार्य, कुमार रेग्मी, टीकाराम भट्टराई, दिनेश त्रिपाठी, विपिव अधिकारी, कुमार रेग्मी र परशुराम उपाध्यायलगायतका कानुनविदहरुसँगको छलफलमा राष्ट्रपतिले उक्त असन्तुष्टि व्यक्त गरेका हुन्। मैले कुनै गैर कानुनी र गैर संवैधानिक काम नगरी १८ दलले जे गर्न प्रस्ताव मसँग ल्याएका थिए त्यति कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई फिर्ता पठाइदिएको मात्र हु भेटमा राष्ट्रपतिको भनाई थियो। तत्कालीन प्रधानमन्त्रीले गल्ती गरेर सच्याइदिनु पर्‍यो भनेर प्रस्ताव ल्याउने दलहरु नै मलाई नै त्यहि कामलाई गलत गर्‍यो भनेर मलाई आक्षेप लगाउने काम गरे उहाँको गुनासो थियो।
कानुनविद्हरुले सोधको केपी आली वा सुजातालाई प्रधानमन्त्री बनाएर सैनिक शासन लगाइदै छ भन्ने हल्लामा राष्ट्रपतिले आफूलाई उत्तेजित पार्ने कोसीस त बारम्बार भइरहेको बताउँदै आफ्नो स्वविवेकबाट बाहिर नजाने बताए।
राष्ट्रपतिको चिन्ता भने समयमा संविधान नआउला भन्ने नै थियो। एक भेटमा सहभागिका अनुसार उहाँलाई समयमा सविधान नआए संविधान सभाको औचित्य समाप्त हुनुका साथै दलहरुको आन्दोलनबाट पाएको उपलब्धीसमेतलाई बचाउन गाह्रो हुनेमा चिन्ता र चाल्नु पर्ने कदमका बारेमा चिन्ता प्रकट गरेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक