20091022

वाग्मती नदीलाई तीन महिनाभित्र सफा र स्वच्छ बनाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दियो

 पवित्र मानिएको वाग्मती नदीलाई तीन महिनाभित्र सफा र स्वच्छ बनाउन बुधबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ। प्रधान न्यायाधीश मीनबहादुर रायमाझी र न्यायाधीश कल्याण श्रेष्ठको संयुक्त इजलासले तीन महिनाभित्र सफा भएको देखिने गरी वाग्मती नदीलाई स्वच्छ बनाउन आदेश दिएको हो। यसअघि वाग्मती नदी सफा गर्न न्यायालयले पटक-पटक आदेश दिएको भए पनि सरकारले त्यसप्रति वास्ता गरिरहेको थिएन। यस पटक भने तीन महिनाको अवधि तोकी ‘सफा भएको देखिने गरी’ भन्ने वाक्यांशसमेत प्रयोग गरी अदालतले सरकारलाई आदेश दिएको छ। ....बाँकी समाचार हेर्न तलको  Read More मा क्लिक गर्नुस्  
सर्वोच्च अदालतले वाग्मती नदीका सम्बन्धमा पहिले दिएको आदेश कार्यान्वयन नहुनुको कारण पेस गर्न सरकारका सात जना सचिवलाई उपस्थित हुन आदेश दिएबमोजिम बुधबार उनीहरू सर्वोच्च पुगेका थिए।

सर्वोच्च अदालत पुग्ने सात सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, स्थानीय विकास मन्त्रालय, वातावरण मन्त्रालयलगायतका थिए। ती सचिवहरूले तीन महिनाभित्र वाग्मती नदी सफा गर्ने सर्वोच्च अदालतसमक्ष प्रतिज्ञा गरेपछि न्यायालयले सो अवधिभित्र सफा गरी सक्न आदेश दिएको अदालतबाट थाहा भएको छ। वाग्मती नदीमा फोहोर फाली र ढल मिर्साई पवित्र मानिएको पानीलाई दूषित तुल्याइएको उल्लेख गरी प्रोः पब्लिकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो।-विकास भट्टराई (नेस)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक