20091026

खकुरी हानाहान हुँदा सात युवती सहति १४ घाइते, गाईघाट बजार तनावग्रस्त

त्रियुगा नगरपालिका-२ को शिवालय मन्दिर परिसर ढिम्कीमा सोमबार दिउँसो पिकनिक खाने समूहबीच खकुरी हानाहान हुँदा सात युवती सहति १४ घाइते भएका छन्।घाइतेमध्ये २२ वर्षीय पुष्प अधिकारी र १७ वर्षीया उषा अधिकारीको स्थिति गम्भीर छ। उनीहरु दाजुबहिनी हुन्। बेहोस अवस्थामा उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। ढिम्कीमा छुट्टाछुट्टै तीन समूह पिकनिकमा नाचगान गर्दै रमाइलो गरिरहेका बेला एक्कासि अर्को समूहले खुकुरी, रड र ढुङ्गाले प्रहार गरेको पीडितले आरोप लगाएका छन्। उनीहरुबीचमै झगडा परेपछि आफूहरुलाई आक्रमण गरेको लालपत्ताका सन्तोष कार्कीले बताए। 'हामी पारिवारिक पीक्नीक खान आएकाले संयमित थियौं, आमा र दिदीबहिनीसँग रमाईलो गर्दागर्दै उनीहरुले हामीमाथि आक्रमण गरे' सूर्योदयमा उपचाररत घाईतेमध्येका एक सञ्जीव कार्कीले भने, -'पहिले आफू-आफू झगडा गरे, अनि हामीमाथि खुकुरी र ढुङ्गामुडा गर्न थाले। हामी भाग्यौं तर भाग्दाभाग्दै घाइते बनाईछाडे।'पीडितहरुले बैदे सहनी नाम गरेको युवकको समूहले आक्रमण गरेको दावी गरेका छन्। झडप सुरु भएपछि पिकनिकका भागभाग भएको थियो। प्रहरीले आक्रमणकारी समूहको खोजी भइरहेको जनाएको छ। प्रहरी निरीक्षक महेन्द्र थापाले आक्रमणकारीको खोजी भइरहेको बताए। लालपत्ता, गाईघाट र जलजले गरी तीन समूह सो ठाउँमा पकनिकमा गएको थाहा भएको छ तर कसले आक्रमण थाल्यो भन्ने खुल्न नसकेको थापाले बताए। युवा समूहबीचको झडपपछि गाईघाट बजार तनावग्रस्त बनेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक