20091017

तिहारको अन्तिम दिन भाइटीका मनाइँदै









काठमाडौँ। हिन्दुको महान् चाड तिहारको अन्तिम दिन सोमबार  देशभरि परम्पराअनुसार दिदीबहिनीबाट आफ्ना दाजुभाइको सुख, समृद्धि तथा दीर्घायुको कामनाका साथ टीका लगाई भाइटीका मनाइँदैछ। भाइटीकाका लागि  सोमबार बिहान ११.५३ बजेसम्मको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले  जनाएको छ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिँदा धार्मिक विधिअनुसार मण्डप  बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला लगाइदिएर चिरायुको कामना गर्छन्।   सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई निम्ता गरी पूजाआजाका साथ विभिन्न प्रकारका खानेकुरा खुवाएकाले खुसी भई बहिनीको इच्छानुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छासिद्धि गर्न पाऊन् भनी यमराजले वरदान दिएकाले त्यसैबेलादेखि कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका गर्ने परम्परा बसेको धार्मिक विश्वास छ।

एकपटक भाइटीकाकै दिन आयु समाप्त भइसकेको आफ्नो भाइलाई यमराजसहित उनका दूतले लिन आउँदा दिदीले भाइपूजा गरी तेल नसुकुन्जेल र मखमलीको माला नओइलाउन्जेल नलैजान यमराजलाई वाचा गराएअनुरूप भाइले दीर्घजीवन पाएको पौराणिक किंवदन्तीअनुसार पनि दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले भाइटीका लगाउने परम्परा चल्दै आएको बताइन्छ।   दिदीबहिनीले आफ्ना दाजुभाइलाई सात रङका टीका लगाई सगुन, मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने चलन छ।  दिदीबहिनीले टीका लगाइदिएपछि दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने गर्छन्।   दिदीबहिनी नभएका दाजुभाइले टीकाका दिन निधार खाली नराख्न तुलसीको डाँठले आफैँ टीका लगाउने पनि चलन छ भने कसैकसैले धर्म दिदीबहिनी बनाई तिनीहरूबाट टीका लगाउने पनि गर्दछन्।   दाजुभाइ नहुने दिदीबहिनी तथा अरूले काठमाडौँस्थित रानीपोखरीको बीचमा अवस्थित मन्दिर गई दर्शन गर्छन्।


दीपावली (तिहार) २०६६  को  हार्दिक मंगलमय शुभकामना

दीपावली (तिहार) २०६६ को पावन अबसरमा तपाईं र तपाईंको परिवारलाई सुख शान्ति एबम उत्तरोत्तर् प्रगतीका लागि हार्दिक मंगलमय शुभकामना


  * रामप्रसाद खनाल - अध्यक्ष्य
           अन्तराष्ट्रिय कलाकार मँच, अमेरिका
              प्रधान सम्पादक - नेपाल मदर डट कम 
       www.nepalmother.com
   एबम समस्त परिवार जन

Address: 9726 Loudoun Ave Manassas Virginia USA
Email: rampdkhanal@gmail.com
Websites: www.nepalmother.com
www.ramprasadkhanal.blogspot.com
www.youtube.com/rampdkhanal
www.iafusa.blogspot.com


आहै भनभन भाईहो - देउसी रे ! आहा भन भन बहिनी हो - देउसी रे ! आहै राम्ररी भन - देउसी रे !










हे भगवान तिहार को मुखमा यो के सुन्नु परेको ? पुजारीको हत्या, ५० घाइते, लाखौँ लुटियो !!!

रुकुम र बागलुङ जिल्लाको सिमाना पर्ने ढोरपाटन वन्यजन्तु आरक्षण केन्द्रभित्र रहेको गुम्बामा सशस्त्र समूहले आक्रमण गरी पुजारीको हत्या गरेको छ। उनीहरुले गुम्बाभित्र रहेको लाखौँ रुपैयाँ मूल्यबराबरको चल तथ अचल सम्पत्ति लुटेर लगेको प्रहरीले बताएको छ। हत्या भएका पुजारीको सनाखत हुन सकेको छैन। घटनामा गुम्बामा रहेका ५० जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय, रुकुमका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुकले जानकारी दिए। हत्यामा संलग्न समूहको खोजीका लागि इलाका प्रहरी कार्यालय, टक्सेराबाट प्रहरीको ठूलो समूह खटाइएको उपरीक्षक धानुकले बताए। आक्रमणमा संलग्न समूहको अहिलेसम्म पहिचान हुन सकेको छैन। - रासस

अन्तराष्ट्रिय कलाकार मंच पोल्याण्ड शाखा गठन


अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाको मातहतमा रहने गरी मन्चको बिधान अनुसार पोल्यान्डमा नेपाली कला, साहित्य, गीत संगीत एब कल्चरका बिभिन्न बिधामा कार्यरत कलाकारहरुको एक भेलाले अन्तराष्ट्रिय कलाकार मन्च पोल्यान्ड शाखा गठन गरिएको छ। जस मा अध्यक्ष मित्र लाल पार्दे, उपाध्यक्ष श्री टोप बहादुर गैरे क्षेत्री, श्रीमती किर्ती पोख्रेल्, महासचिब्
श्री इन्द्र कुमार हिराचन, सचिब् श्री सुभाश घिसिङ्, कोषाध्यक्ष श्री अजय लामा, सदस्य श्री श्रीधर कार्की रहनु भएको कुरा अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाले जनाएको छ ।
यसै बिच अन्तराष्ट्रिय कलाकार मन्च अमेरिकाका अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै मन्चको पोल्यान्ड शाखा लाई हार्दिक बधाई र संलग्न सबैलाई नेपाली कला, गीत संगीत, संस्क्रिती, साहित्यलाई अन्तरराष्ट्रियकरण गर्ने मन्च को महान पवित्र उद्देस्य परिपुर्तीका लागि काम गर्न शुभकामना दिनुभएको छ।

अध्यक्ष्य खनाल ले प्रेस रिलिजमा अगाडि भन्नु भएको छ "हामी छिट्टै अब संसारका बिभिन्न देस हरुमा पनि मन्चका शाखा बिस्तार गर्दै छौं त्यसैले इच्छुक सबै कलाकार साहित्यकार गीत संगीत का क्षेत्र मा काम गर्न चाहने सबैलाई हाम्रो ईमेल internationalartistsforum@gmail.com मा अथवा www.iafusa.blogspot.com मा संपर्क गर्न अनुरोध गर्दछौं"

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक